शुक्रबारसम्मको तथ्यांक अनुसार सामाजिक सुरक्षा कोषमा २० हजार ८ सय ७६ रोजगारदाता आबद्ध छन् । जसमा आबद्ध योगदानकर्ताको संख्या २३ लाख ५१ हजार ५ सय ६१ पुगेको छ ।
२० असार, काठमाडौं । अब सरकारी कर्मचारी पनि सामाजिक सुरक्षा कोषमा आबद्ध हुनुपर्ने भएको छ ।
अर्थ मन्त्रालयले शुक्रबार सबै मन्त्रालय, राष्ट्र बैंक, नेपाल बीमा प्राधिकरण, धितोपत्र बोर्ड, सबै सार्वजनिक संस्थान र बोर्ड/समिति तथा प्रतिष्ठानका नाममा पत्र लेख्दै योगदानमा आधारित सामाजिक सुरक्षा प्रणाली लागु हुनेबारे जानकारी गराएको हो ।