आमाछोदिङ्मो गाउँपालिकामा सूचनाको हकसम्बन्धी अन्तरिकृयात्मक कार्यक्रम सम्पन्न

-


     सुचनाको हक     
     मंसिर १२ गते २०८१ मा प्रकाशित


रसुवा जिल्लाको आमाछोदिङ्मो गाउँपालिकामा सूचनाको हकसम्बन्धी अन्तरिकृयात्मक कार्यक्रम २०८१ मङ्सिर ११ गते सम्पन्न भएको छ । राष्ट्रिय सूचना आयोगले स्थानीय तह सम्म जानकारी दिने तरिकाले स्थानीय तह र जिल्ला जिल्लामा आयुक्त हरु पुगेर तालिम दिने र सिकाउने र बुझाउने गरिरहनु भएको छ । सोहि शिलसिला अन्तर्गत सूचना आयुक्त रत्न प्रसाद मैनालीको अध्यक्षतामा रसुवा जिल्लाको आमाछोदिङ्मो गाउँपालिकामा सूचनाको हकसम्बन्धी अन्तरिकृयात्मक कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रमको प्रमुख अतिथि पालिका अध्यक्ष बुचुङ लामा रहनुभएको कार्यक्रम मा ७० जनाभन्दा बढी जनप्रतिनिधि, कर्मचारी, विद्यालय तथा सहकारी लगायतका कार्यालय प्रमुख र सूचना अधिकारी, नागरिक समाज, अभियन्ता, संचारकर्मीको सहभागिता रहेको थियो । कार्यक्रममा आयोगका उपसचिव सुदर्शन ढकालले प्रस्तुतिकरण राख्नुभएको थियो भने अधिकृत दिनेश भट्टराईले कार्यक्रम संचालन गर्नु भएको थियो ।