कृषि

अनुदानको नाममा ठगिय कृषक

कृषकका नाममा राज्यले अरबौ अनुदान दिँदै आएको कुरा सर्बबिदितै छ । यसरि कृषकले पाउने अनुदानमा कर्मचारीले कसरि ठग्छन त् ??? यहाँ बिभिन्न उपाय लगाएर कानुन अनुसार र कानुन बिपरित पनि कृषकलाई ठगिरहेका छन् । ठगिएका केहि कृषकको अनुभब सहित सिरहाको ठगि बिषय यहाँ उल्लेख गरिएको छ । कृषि नेपालको अर्थतन्त्रको मुख्य आधार हो, जसले लगभग ६० प्रतिशत जनसंख्यालाई जीविकोपार्जन प्रदान गर्दछ र यसले कुल गार्हस्थ्य उत्पादनमा लगभग २३ प्रतिशत योगदान पुर्याउँदछ। तथापि, कृषि क्षेत्रले कम उत्पादकत्व, आयातमा उच्च निर्भरता, जलवायु… पुरा पढौ

ढुवानी खर्च दोब्बर तिर्न बाध्य कृषक

तनहुँको कर्णालीका रुपमा देवघाटका ग्रामीण भेगलाई चिनिन्छ । यो सुन्तला उत्पादनको पकेट क्षेत्र पनि हो । यहाँ उत्पादित करोडौँको सुन्तला बाटो अभावका कारण बजारसम्म पुर्‍याउन सकस हुने गरेको छ । अहिलेको समयमा यहाँको मुख्य उत्पादन भनेकै सुन्तला रहेको स्थानीय बताउँछन् । देवघाट गाउँपालिकाका विभिन्न वडामा यस वर्ष करोडौँको सुन्तला उत्पादन भएको छ । देवघाट सुन्तला उत्पादनका लागि नेपालकै प्रख्यात ठाउँ भए पनि यहाँका ग्रामीण क्षेत्रमा पूर्वाधार विकास नहुँदा उत्पादित सुन्तला बजारसम्म पुर्‍याउन नै गाह्रो हुने गरेको स्थानीयको भनाइ थियो ।… पुरा पढौ

हरियालि कृषि सहकारी सस्थाको १८ औं वार्सिक साधारणसभा साथै संमान कार्यक्रम सम्पन्न

झापाको हल्दिबारी गाउँपालिका वडा नम्बर -४ मा रहेको हरियाली कृषि सहकारी सस्थाको १८ औं वार्षिक साधारणसभा आज एक कार्यक्रमका बिच्च सम्पन्न भएको छ। वडा नम्बर -४ मा रहेको पाथीभरा कालिका सामुदायिक वनको सभाहलमा उक्त साधारणसभा सम्पन्न भएको हरियाली कृषि सहकारी सस्थाका संचालक समिति सदस्य योगेश कार्कीले बताउनु भयो ।हरियाली कृषि सहकारी सस्थाका अध्यक्ष खिबराज भट्टराईको अध्यक्षत्तामा भएको कार्यक्रमको प्रमुख अथिती हल्दिबारि गाउँपालिका अध्यक्ष रबिद्र प्रसाद लिङदेनले गर्नु भएको थियो।यसैगरी विशेष अथितीमा क्रमशः हाल्दिबारी गाउँपालिका उपाध्यक्ष लक्ष्मी देवि मैनाली , वडा नम्बर… पुरा पढौ

सयपत्री फूलबाट बाह्रै महिना आम्दानी

 घरका आँगन वरिपरि, बगैँचाभरि तिहारमा मात्र फुलाइने सयपत्री फूलको व्यावसायिक खेतीसँगै बाह्रै महिना फुल्न थालेको छ ।  यसका कारण सयत्रपी फूलले सौन्दर्यता मात्र नभई आम्दानीसमेत दिने गरेको मेचीनगर नगरपालिका–९ का डीएन्डडी बायोप्लान्टेक नामक कम्पनी सञ्चालक डिल्लीराम उप्रेतीले बताए ।  विगत १० वर्षदेखि नर्सरी व्यवसायमा लागेका उप्रेतीले तीन कठ्ठा जमिनमा यतिबेला सयपत्री फूल ढकमक्क फुलाएका छन् । उनले मेचीनगर नगरपालिका–९ मा तीन कठ्ठा र विर्तामोड नगरपालिका–६ बुट्टाबारीमा १५ कठ्ठा जमिनमा सयपत्री फूलको व्यावसायिक खेती गर्दै आएका छन् । तीमध्ये मेचीनगरमा लगाइएको… पुरा पढौ

ज्येष्ठ नागरिकको स्याउ बगैंचा रित्तै

बागलुङको निसीखोला गाउँपालिका–५ मसगाउँका ७३ वर्षका जुमबहादुर बुढाथोकी मगरले स्याउ बगानमा इटालियन प्रजातिका तीन सय र स्थानीय प्रजातिका दुई सय गरी पाँच सय स्याउका बिरुवा छन् । उहाँले दुवै प्रजातिका स्याउबाट गत वर्षमात्रै १५ क्विन्टल उत्पादन गरेर बिक्री गर्नुभयो । तर यसपटक भने उहाँको स्याउ बगान रित्तै छ । गत चैत र वैशाखमा परेको असिनाका कारण उहाँको स्याउ बगानको उत्पादनमा कमी आएको छ । उहाँले विसं २०४८ देखि  परम्परागत तरिकाले स्याउखेती गर्दै आउनुभएको छ ।   उहाँको मसगाउँमा रहेको १५… पुरा पढौ

आशा र आशंका को बिचमा स्थानीय सरकार

कागती र सुन्तला निर्यात गर्ने सपना राखेर गुल्मीको धुर्कोट गाउँपालिकाले यस वर्षको संविधान दिवस मनाएको छ । ‘खाद्यान्नमा आत्मनिर्भर र फलफूल निर्यात गर्न बाँझो जमिन जोत्ने गाउँपालिकाको योजना सुरु भएपछि रोपिएका कागती फल्न थालेका छन्, यसै वर्ष बजारमा जान्छ । अर्को वर्षदेखि सुन्तला फल्छ’ गाउँपालिका अध्यक्ष भुपाल पोखरेल भन्छन्, ‘ब्रान्डिङ र बजारीकरण अबको योजना हो ।’ बालेन ले काठामाण्डु बनाउन सकिन्छ भनेर एउटा आशा जगाए धरान मा हर्कको कारण कतै देश धार्मिक द्वन्द मा त जादैन भनि आशंका समेत जागेको… पुरा पढौ

नक्कली सर्टिफिकेट देखाएर जागिर खाएका अधिकृतविरुद्ध भ्रष्टाचार मुद्दा

खानेपानी तथा सरसफाई डिभिजन कार्यालय बाँकेका अधिकृत (छैठौं तह) हीमकुमारी सुनार भ्रष्टाचारमा मुछिएकी छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो ।  सुनारले नक्कली शैक्षिक प्रमाणपत्रको आधारमा नियुक्ति लिई नियम विपरीत सरकारी सेवामा कार्यरत रहेको अख्तियारको दावी छ । माध्यमिक शिक्षा परिषद् क्षेत्रीय कार्यालय वाराणसी भारतबाट हाइस्कुल उत्तीर्ण गरेको भनी नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेश गरी जागिर खाएकी उनले सरकारी लाभ र सुविधा प्राप्त गरेको अख्तियारको अनुसन्धानबाट खुलेको छ ।  अख्तियारले भ्रष्टाचार निवारण ऐन,… पुरा पढौ

सकारात्मक कदम : जंगललाई फलफूल बगैँचा बनाउँदै सामुदायिक वन उपभोक्ता समिति

रामेछापको खाँडादेवी गाउँपालिका–४ पकरबासको ठूलो सामुदायिक वनले वन क्षेत्रको नाङ्गो पाखालाई फलफूल बगैँचा बनाउन सुर कसेको छ । गाउँपालिका र वन कार्यालय रामेछापसँगको सहकार्यमा सामुदायिक वनले वन क्षेत्रमा फलफूलका बिरुवा लगाएर जंगललाई नै बगैँचा बनाएको छ ।   सामुदायिक वनमा तार बार गरेर आँप, लिची, कटहर, बेल, चिउरी, कागती, ओखर, लप्सी, फँडिल, जामुनो लगायतका फलफूलका बिरुवा लगाइएको सामुदायिक वनका अध्यक्ष युवबहादुर मानन्धरले बताए । बिरुवामा सिँचाइको लागि भटौली खोलाको पानी लिफ्ट गरेर तानिएको छ । जङ्गलको बिचमा ठुलो ट्याङ्की निर्माण… पुरा पढौ

बाँदर र नीलगाईले बालीमा क्षति पुर्‍याए राहत पाइने

अब बाँदर र नीलगाईले बालीमा क्षति पुर्‍याए राहत पाइने भएको छ। वन्यजन्तुबाट भएको क्षतिको राहत वितरण निर्देशिका, २०८० ले यो व्यवस्था गरेको हो।  यो सँगै बालीमा क्षति पुर्‍याउँदा राहत पाइने वन्यजन्तुको संख्या सात पुगेको छ।  बाँदर, नीलगाई, हात्ति, गैँडा, भालु, जंगली बदेल र अर्ना भैँसीले बालीमा क्षति पुर्‍याए राहत पाइने भएको हो।   वन्यजन्तुबाट हुने विभिन्न किसिमको क्षतिको राहत वितरण निर्देशिका सूचीमा वन्यजन्तुको संख्या पनि १६ पुगेको छ। यस्तै, बाँदर र नीलगाई थपिएसँगै वन्यजन्तुको सूचीमा १६ पुगेको छ।  यसअघि १४… पुरा पढौ

रिब्दिकोट गाउँपालिकाले ल्यायो किसानलाई प्रोत्साहन भत्ता

गाउँमा खेतीयोग्य जमिन बाँझिन थालेपछि गोरुपालन गर्ने किसानलाई प्रोत्साहनमुलक कार्यक्रम ल्याइएको छ । पाल्पाको रिब्दिकोट गाउँपालिका-१ को कार्यालयले आगामी आर्थिक वर्षदेखि लागू हुने गरी गाउँमा बसेर गोरुपालन गर्ने किसानलाई प्रोत्साहन भत्ता दिने भएको छ । गाउँका खेतबारी विभिन्न खेतीपातीले हराभरा बनोस् भन्दै नयाँ हलगोरु किनेर पाल्ने किसानलाई एक हल गोरु बराबर पाँच हजार भत्ता दिने कार्यक्रम ल्याएको वडाध्यक्ष चिरञ्जीवी पोखरेलले बताए । उनका अनुसार नयाँ किन्नेलाई पाँच हजार, घरमा नियमित पालिरहने किसानलाई वार्षिकरुपमा दुई हजार पाँच सय भत्ता दिइनेछ ।… पुरा पढौ