हरियालि कृषि सहकारी सस्थाको १८ औं वार्सिक साधारणसभा साथै संमान कार्यक्रम सम्पन्न

-


     इस्वरा तिवारी कंडेल     
     असाेज ८ गते २०८० मा प्रकाशित


झापाको हल्दिबारी गाउँपालिका वडा नम्बर -४ मा रहेको हरियाली कृषि सहकारी सस्थाको १८ औं वार्षिक साधारणसभा आज एक कार्यक्रमका बिच्च सम्पन्न भएको छ।

वडा नम्बर -४ मा रहेको पाथीभरा कालिका सामुदायिक वनको सभाहलमा उक्त साधारणसभा सम्पन्न भएको हरियाली कृषि सहकारी सस्थाका संचालक समिति सदस्य योगेश कार्कीले बताउनु भयो ।हरियाली कृषि सहकारी सस्थाका अध्यक्ष खिबराज भट्टराईको अध्यक्षत्तामा भएको कार्यक्रमको प्रमुख अथिती हल्दिबारि गाउँपालिका अध्यक्ष रबिद्र प्रसाद लिङदेनले गर्नु भएको थियो।यसैगरी विशेष अथितीमा क्रमशः हाल्दिबारी गाउँपालिका उपाध्यक्ष लक्ष्मी देवि मैनाली , वडा नम्बर -३ का वडा अध्यक्ष बिष्णु प्रसाद ओलि , वडा नम्बर -४ का वडा सदस्य भगिरथा दाहाल,सुरेन्द्र बाह्रकोटि र शान्ता विश्वकर्माको रहेको थियो। अथितीहरुमा क्रमशः पाथीभरा कालिका सामुदायिक वन समितिका उपाध्यक्ष सर्मिला लामिछाने र जेष्ठ नागरिक कृषि सहकारी सस्थाका अध्यक्ष ओम कृष्ण सेलुवाल को रहेको थियो।

“यो हाल्दिबारी गाउँपालिकामा रहेको हरियाली कृषि सहकारी सस्थाले राम्रो गतिविधि गर्दै आइरहेको प्रमुख् अथिती अध्यक्ष रबिद्र प्रसाद लिङदेनले बताउनु भएको छ।” सदस्य दिपक मैनाली साबित्रा बारकोटी , उपाध्यक्ष केदार उप्रेती रहेको संस्थाको लेखा प्रतिबेदन ईश्वरा तिवारीले प्रस्तुत गर्नु भएको थियो भने लेखा संयोजक बोदकृष्ण पौडेल रहनु भएको थियो

हरियाली कृषि सहकारी सस्थाले असल बचत कर्ताको रुपमा रोहित खबास र सर्मिला राजवंशी लाई सम्मान गरेको छ। असल ऋणी तर्फ समिक्षा राई र महन सिंह तामाङ लाई सम्मेत संमान गरेको थियो ।

जेष्ठ नागरिक शेयर सदस्यहरु कुस्माखर आचार्य र इन्द्रमाया प्रधानलाई सम्मेत संमान गरेको छ।

हरियाली कार्य समिति सदस्य प्रलाद सिलवालले स्वागत गरेको कार्यक्रममा कृष्णसागर अंग्रेजी़ विद्यालयका विद्यार्थीहरु द्वारा रास्ट्रीय भक्ती गितमा नृत्य प्रस्तुत गरेर स्वागत गरेका थिए भने कार्यक्रमको सन्चालन कार्य समिति सदस्य योगेश कार्कीले गरेका थिए।