पर्यटन

सूचनाको हक प्रयोगले १ अर्ब ठगीमा श्रममन्त्री शरदसिंह भण्डारीको संलग्नता रहेको थाहा भयो

सूचनाको हक प्रयोग गरेर उकेराका पत्रकार प्रजु पन्तले १ अर्ब ठगीमा श्रममन्त्री शरदसिंह भण्डारीको संलग्नता रहेको प्रमाण फेला पारेका हुन् उनै पराजु पन्तले उकेरामा प्रमाण सहित लेखेको यो समाचार हेरौ तत्कालीन श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरदसिंह भण्डारीको तोकको भरमा वैदेशिक रोजगार विभागले कोरिया जाने नेपालीलाई युनिभर्सल टुर्स एन्ड ट्राभल्स मार्फत महँगोमा टिकट किन्न बाध्य बनाएको खुलेको छ। यो प्रकरणमा वार्षिक एक अर्बको ठगीमा भइरहेको उकेराले सोमबार सार्वजनिक गरेको थियो। सार्वजनिक रूपमा बोलपत्र गरेर आएका प्रस्तावहरूमध्ये सस्तो प्रस्तावकर्तासँग सम्झौता… पुरा पढौ

सगरमाथाको १० थरी उचाइ

सर्वे अफ इन्डियाका सर जर्ज एभरेष्ठ, राधानाथ सिकन्दर र जेतवीर बुढाथोकीका अनुसार ८८४०.०७ मिटर छ, जुन सन् १८५२ को नापी हो । सर्वे अफ इन्डियाका सर बर्राडको सन् १९०७ को नापी अनुसार सगरमाथाको उचाई ८८८३.३६ मीटर छ । सर्वे अफ इन्डियाका डी ग्राफ हन्टरको नापी अनुसार ८८६३.८५ मिटर उचाई छ, यो सन् १९७२ को नापी अनुसार हो । सर्वे अफ इन्डियाका बीएल गलाँटीको सन् १९५४ को नामी अनुसार सगरमाथाको उचाई ८८४८ मिटर छ । चीनका बाङ वाङचुकको सन् १९७५ को… पुरा पढौ

महोत्सवमय बन्यो गण्डकी प्रदेश 

 ‘महोत्सवको पनि महोत्सव’ भनिने लेखनाथ महोत्सव आठ दिनदेखि पोखरामा जारी छ । लेखनाथ उद्योग वाणिज्य सङ्घद्वारा आयोजित उक्त महोत्सव १९औँ संस्करणसम्म आइपुगेको हो । सातौँ बागलुङ महोत्सव बुधबारदेखि सुरु भएको छ । बागलुङ उद्योग वाणिज्य सङ्घले चार वर्षपछि सो महोत्सव आयोजना गरेको हो । अङ्ग्रेजी नयाँ वर्ष २०२४ को छेकोमा पोखरास्थित फेवा किनारमा आजदेखि सडक महोत्सव सुरु हुँदैछ । रेष्टुराँ एण्ड बार एसोसिएसन नेपाल (रेवान) पोखराले आयोजना गरेको २५औँ संस्करणको उक्त महोत्सव पाँच दिनसम्म चल्नेछ । पोखरा उद्योग वाणिज्य सङ्घद्वारा… पुरा पढौ

नारायणीमा भेटियो डल्फिन

नारायणी नदीमा डल्फिन भेटिएको छ । चितवन राष्ट्रिय निकुञ्जको टोलीले राप्ती नदीमा अनुगमन सकेर पाँचौँ दिन नारायणी नदीमा अनुगमन गर्दा डल्फिन भेटेको हो । निकुञ्जका सहायक संरक्षण अधिकृत सुजिता श्रेष्ठका अनुसार मङ्गलबार गोलाघाटबाट बागवान पोष्ट आउँदै गर्दा नारायणी नदीको भुताहा पोष्टमा डल्फिन देखिएको थियो । गएको वर्ष पनि गोलाघाटमा डल्फिन देखिएको थियो । गोलाघाटबाट र्या।फ्टिङमा दुई घण्टा दूरी पार गरेपछि देखिएको डल्फिन नयाँ हो वा गत वर्ष देखिएकै डल्फिन फरक ठाउँमा देखिएको हो भन्नेबारे यकिन नभएको उनको भनाइ छ ।… पुरा पढौ

खेल–पर्यटनको विकास गर्न सरकारले कुनै कसर छाड्ने छैनः प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले खेल पर्यटनको विकास गर्न सरकारले कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।सरकार एक वर्ष पूरा भएको अवसरमा देशबासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले भन्नुुभयो– ‘सुविधासम्पन्न खेल मैदान बिना नै नेपाली क्रिकेट खेलाडीहरुले विश्वकपको यात्रा तय गरे। विश्वकपको तयारीमा कुनै कसर बाँकी राखिने छैन। यो सफलतासँगै अब देशमा खेल पर्यटनको ठूलो आधार तयार भएको छ। त्यसका लागि हामीले पूर्वाधारमा ध्यान केन्द्रित गरेका छौं।’कीर्तिपुर रंगशालालाई पिपिपी मोडलमा विस्तार गरिने र मूलपानी, विराटनगर र कैलालीको फाप्ला क्रिकेट… पुरा पढौ

यःमरी जोगाउन पोखरामा महोत्सव

 नेवारी समुदायको निकै लोकप्रिय परिकार हो, यःमरी । नयाँ धानको चामलको पीठोबाट माथिल्लो भाग गजुरजस्तै चुच्चो बनाई खाली भागमा चाकु, खुवा, गुँदपाक, मास, मुँगीलगायत सामग्री राखेर बनाइने योःमरी पछिल्लो समय लोप हुने अवस्थामा छ । नेवारी भाषामा ‘य’ को अर्थ ‘मन’ परेको र ‘मरी’को अर्थ ‘रोटी’ हो । आधुनिकतासँगै नयाँ पुस्ताले मन परेको रोटी अर्थात् यःमरी बनाउन थोरैले जान्दछन् । त्यसैले पुस्तान्तरण र अन्य समुदायलाई जानकारी दिन नेवा मिसा पुचः कास्की लागिपरेको छ । पुचःले सोमबार पोखरा महानगरपालिका–४ सँगको सहकार्यमा… पुरा पढौ

सयपत्री फूलबाट बाह्रै महिना आम्दानी

 घरका आँगन वरिपरि, बगैँचाभरि तिहारमा मात्र फुलाइने सयपत्री फूलको व्यावसायिक खेतीसँगै बाह्रै महिना फुल्न थालेको छ ।  यसका कारण सयत्रपी फूलले सौन्दर्यता मात्र नभई आम्दानीसमेत दिने गरेको मेचीनगर नगरपालिका–९ का डीएन्डडी बायोप्लान्टेक नामक कम्पनी सञ्चालक डिल्लीराम उप्रेतीले बताए ।  विगत १० वर्षदेखि नर्सरी व्यवसायमा लागेका उप्रेतीले तीन कठ्ठा जमिनमा यतिबेला सयपत्री फूल ढकमक्क फुलाएका छन् । उनले मेचीनगर नगरपालिका–९ मा तीन कठ्ठा र विर्तामोड नगरपालिका–६ बुट्टाबारीमा १५ कठ्ठा जमिनमा सयपत्री फूलको व्यावसायिक खेती गर्दै आएका छन् । तीमध्ये मेचीनगरमा लगाइएको… पुरा पढौ

घुस खान सुब्बा हुन् नपर्ने ठग्न जाने ओउगने

पछिल्लो समय नेपालबाट वैदेशिक रोजगारीका लागि अन्य मुलुक जानेको संख्या हवात्तै बढेको छ । मुलुकमा एकातिर बेरोजगारी र अर्कातिर आर्थिक संकट निम्तिँदा वैदेशिक रोजगारीका लागि विदेशिनेको क्रम बढ्दै गएको छ ।  वैदेशिक रोजगारीका लागि विदेशिनु अहिलेका युवाहरुको रहर नभई बाध्यता हो । तर, सीमित व्यक्तिहरुले यसको फाइदा उठाएर आकर्षक तलबको प्रलोभनमा वैदेशिक रोजगारीको लागि विभिन्न मुलुक पठाइदिने नाममा ठगी गर्दै आएका छन् ।  यसरी बाध्यतामा वैदेशिक रोजगारीका लागि विदेश जान बैंक तथा वित्तीय संस्था वा व्यक्तिहरुबाटै मिटरब्याजमा ऋण लिएकाहरु प्रलोभनमा… पुरा पढौ

रमेश शेर्पा र सुनिल गोयलको सेटिङमा तातोपानीबाट मल तस्करी : बालुवाटारकै संरक्षण

सरकारले रासायनिक मल उपलब्ध गराउन नसकेपछि कृषकहरु तस्करीको मल बढी मूल्य तिरेर खरिद गर्न बाध्य हुँदैआएका छन् । ३ बर्षदेखि सरकारले मल खरिद गर्नसकेको छैन । ३ बर्षअघि तत्कालीन कृषि मन्त्री घनश्याम भुसालले मल खरिदको टेण्डर पाएको शारदाप्रसाद अधिकारीको कम्पनी शैलुङ इन्टरप्राइजेजले ल्याउन नसकेपछि कालोसूचीमा राखेका थिए । उनले बंगलादेशबाट जीटुजी प्रक्रियाबाट मल ल्याउन खोज्दा पनि भारतको असहयोगका कारण सम्भव भएको थिएन ।  भुसाल मन्त्रीबाट बिदा भएपछि ४ जना कृषि मन्त्री फेरिइसकेका छन्, तर मल खरिद गर्न सकेका छैनन् । सरकारले… पुरा पढौ

पर्यटनलाई प्राथमिकता राख्दै विकासको गतिमा लम्किँदै छ इलाम नगरपालिका

इलाम भन्ने बित्तिकै धेरैलाई मन्त्रमुग्ध बनाउँछ । सुन्दर पर्यटकीय क्षेत्र इलाम नपुग्ने सायदै कमै होलान् । समशीतोष्ण हावापानी, पहाडी भू–भाग, महाभारत पर्वत शृङ्खलामा अवस्थित इलाम नगरपालिका इलाम जिल्लाको सदरमुकाममा अवस्थित पालिका हो । वि.सं. १८७५ मा इलाम गौडाको मुख्यालयको रूपमा स्थापना भई विक्रम संवत् २०१५ सालमा नेपाल सरकारले इलाम नगरपालिकाको घोषणा गरेको थियो । राज्य पुनर्संरचना हुनुअघि २७ वर्ग किलोमिटर क्षेत्रफलमा रहेको नगरपालिकामा ९ वटा वडाहरू रहेका थिए । विक्रम संवत् २०७३ मा भएको पुनसंरचनापछि नगरको क्षेत्रफल १७२ दशमलव ६५… पुरा पढौ