महोत्सवमय बन्यो गण्डकी प्रदेश 

-


     सुचनाको हक     
     पौष १२ गते २०८० मा प्रकाशित


cGgk"0f{ -sf:sL_, !@ k';M zf]ef ofqf kf]v/fdf laxLaf/b]lv ;'? ePsf] @%cf}F kf]v/f ;8s dxf]T;j sfo{qmd pb3f6g cl3 lgsflnPsf] zf]ef ofqf . tl:a/M wgaxfb'/ u'?ª÷/f;;

 ‘महोत्सवको पनि महोत्सव’ भनिने लेखनाथ महोत्सव आठ दिनदेखि पोखरामा जारी छ । लेखनाथ उद्योग वाणिज्य सङ्घद्वारा आयोजित उक्त महोत्सव १९औँ संस्करणसम्म आइपुगेको हो । सातौँ बागलुङ महोत्सव बुधबारदेखि सुरु भएको छ । बागलुङ उद्योग वाणिज्य सङ्घले चार वर्षपछि सो महोत्सव आयोजना गरेको हो ।

अङ्ग्रेजी नयाँ वर्ष २०२४ को छेकोमा पोखरास्थित फेवा किनारमा आजदेखि सडक महोत्सव सुरु हुँदैछ । रेष्टुराँ एण्ड बार एसोसिएसन नेपाल (रेवान) पोखराले आयोजना गरेको २५औँ संस्करणको उक्त महोत्सव पाँच दिनसम्म चल्नेछ । पोखरा उद्योग वाणिज्य सङ्घद्वारा आयोजित राष्ट्रिय औद्योगिक व्यापार मेलाले आफ्नो ३२औँ संस्करण हालै पूरा गरेको छ ।

युनाइटेड युवा क्लब १२औँ संस्करणको पोखरा महोत्सव आयोजनाको सङ्घारमा जुटेको छ । पोखरा महोत्सव यही पुस २६ गतेदेखि माघ ८ गतेसम्म सञ्चालन हुनेछ । यही पुस १९ गतेदेखि स्याङ्जा आँधीखोला महोत्सव सुरु हुँदैछ । स्याङ्जा चेम्बर अफ कमर्सले आयोजना गर्ने उक्त महोत्सव आगामी माघ २ गतेसम्म चल्नेछ ।