सगरमाथाको १० थरी उचाइ

-


     सुचनाको हक     
     चैत्र १० गते २०८० मा प्रकाशित


सर्वे अफ इन्डियाका सर जर्ज एभरेष्ठ, राधानाथ सिकन्दर र जेतवीर बुढाथोकीका अनुसार ८८४०.०७ मिटर छ, जुन सन् १८५२ को नापी हो ।

सर्वे अफ इन्डियाका सर बर्राडको सन् १९०७ को नापी अनुसार सगरमाथाको उचाई ८८८३.३६ मीटर छ ।

सर्वे अफ इन्डियाका डी ग्राफ हन्टरको नापी अनुसार ८८६३.८५ मिटर उचाई छ, यो सन् १९७२ को नापी अनुसार हो ।

सर्वे अफ इन्डियाका बीएल गलाँटीको सन् १९५४ को नामी अनुसार सगरमाथाको उचाई ८८४८ मिटर छ ।

चीनका बाङ वाङचुकको सन् १९७५ को नापी अनुसार सगरमाथाको उचाई ८८४८.१३ मिटर छ ।

इटालीका मिलन यूनिभर्सिटीका प्राध्यपक ए देसिओको सन् १९८७ को नापी अनुसार सगरमाथाको उचाई ८८७२ मिटर छ ।

इटालीका मिलन यूनिभर्सिटीका प्राध्यपक ए देसिओकै सन् १९९३ को नापी अनुसार सगरमाथाको उचाई ८८४६ मिटर छ ।

अमेरिकाको नेशनल जिओग्राफिक सोसाइटीका ब्राडफोर्ड बासवर्नको सन् १९९९ को नापी अनुसार सगरमाथाको उचाई ८८५० मिटर छ ।

चीनको व्यूरो अफ सर्वेइङ एन्ड म्यापिङका बाई चेन र छेन वाङ झको सन् २००५ को नापी अनुसार सगरमाथाको उचाई ८८४८.४३ मिटर छ ।

र, डेनमार्कको नेशनल स्पेश इन्स्टिच्यूटका रेने फर्सबर्गको सन् २०११ को नापी अनुसार सगरमाथाको उचाई ८८४८.९० मिटर छ ।