घुम्नको लागि नेपाल आउने ठूलो संख्यामा पर्यटक नेपालबाट नफर्कने गरेको पाइएको छ । यसरि नफर्कने हरु धर्म परिबर्तन कार्यमा संलग्न रहेको हुन् सक्ने अनुमान गरिएको छ l महालेखापरीक्षकको कार्यालयले गत साता सार्वजनिक गरेको आफ्नो ५९औं वार्षिक प्रतिवेदनमा नेपाल घुम्न आएका ठूलो संख्यामा पर्यटक समयमै नफर्कने गरेको औंल्याएको हो ।
महालेखाका अनुसार सन् २०१८ देखि २०२१ सम्मको अवधिमा नेपाल प्रवेश गरेकामध्ये १० हजार ९५३ जना विदेशी नेपालमा रहेको देखिन्छ । उनीहरु भीसा अवधि सकिएपछि पनि स्वदेश फर्केको रेकर्ड अध्यागमन विभागमा भेटिदैन ।
विभागले २०७६ माघ १३ गते देखि नेपाल भित्रने विदेशीको आगमन, प्रस्थान र भिसासम्बन्धी अभिलेखीकरण गर्ने उदेश्यले एक सफ्टवेयर प्रयोगमा ल्याएको थियो ।
अध्यागमन विभागले नेपालमा अवैध तरिकाले बस्ने पर्यटकको विवरण तयार गर्ने र कारवाही गर्ने प्रणाली तयार नगरेको महालेखाले जनाएको छ ।
तर सफ्टवेयरमा विदेशी पर्यटकहरुको बसाई अवधि, सुरु प्रस्थान र गन्तव्य देश तथा भीसाअनुसारको विवरण उल्लेख गरेको नपाइएको महालेखाले जनाएको छ ।
‘सन् २०१८ देखि २०२१ सम्मको तथ्याङ्कअनुसार नेपालमा आगमन गरेका विदेशी नागरिकमध्ये १० हजार ९५३ जना विदेशी नेपालमा रहेको देखिन्छ,’ महालेखाले भनेको छ, ‘यो वर्ष (आव २०७७/७८) भीसा अवधि समाप्ति पश्चात बढी अवधि बसेका २३२ जना, भीसा विपरीत कार्य गरेको र गैरकानुनी कार्यालगायतमा संलग्नसमेत २७७ जना विदेश नागरिक निष्काशन गरेको देखिन्छ ।’
अध्यागमन विभागले नेपालमा अवैध तरिकाले बस्ने पर्यटकको विवरण तयार गर्ने र कारवाही गर्ने प्रणाली तयार नगरेको महालेखाले जनाएको छ ।
‘नेपालमा रहेकामध्ये भीसा अवधि सकिएका पर्यटकको विवरण तयार गरी अनुगमन तथा कारबाहीको लागि आन्तरिक नियन्त्रण प्रणाली तयार गरेको छैन । पर्यटक आगमन पश्चात आवश्यक सूचना संकलन तथा अन्तर निकाय समन्वय गरी अनुगमन प्रणालीलाई प्रभावकारी बनाउनुपर्दछ,’ प्रतिवेदनमा महालेखाले भनेको छ ।
यसरि धर्म परिबर्तन मा बिदेशी रहेको र यो अध्यागमन संग को सेटिंग मा रहेको आरोप अहिले धार्मिक अभियन्ता अरुले लगाएका छन् l