दुइ वटा कन्स्ट्रक्सनका प्रोप्राइटर लाइ भ्रस्टाचार मुद्धा

-


     सुचनाको हक     
     जेठ १३ गते २०८१ मा प्रकाशित


अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुर्खेतको भेरीगंगा नगरपालिकाका तत्कालिन प्रमुख प्रशासकीय अधिकृत कमलप्रसाद पौडेलसहित १३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

आर्थिक वर्ष २०७६/०७७ मा भेरी नदी गोछेखोला, छिन्चुखोला र डुंगीखोलाका नदीजन्य पदार्थको उत्खनन, संकलन तथा बिक्रीका क्रममा बदनियतपूर्ण तबरले फर्महरुसँग मिलेमतो गरेको आरोपमा उनीहरुविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको अख्तियारको भनाइ छ ।

फर्महरुसँग मिलोमतो गरी धेरै रकमको ठेक्का साटफेर गर्दै अधिकतम कबोल मूल्य घटाउने र सम्झौता गर्न नआएको फर्मको धरौटी जफत नगरी अन्य ठेक्काको अवसर दिने, सम्झौता नगर्ने फर्मलाई कालोसूचीमा राख्नको लागि पत्राचार नगर्नेजस्ता कामबाट ३६ लाख ७८ हजार ५४३ रुपैयाँ राजस्व हानीनोक्सानी गराएकाले भ्रष्टाचार मुद्दा दायर गरेको अख्तियारका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए ।

अख्तियारले तत्कालिन प्रमुख प्रशासकीय अधिकृत पौडेलसँगै तत्कालिन लेखा अधिकृत मानबहादुर ठाडा,  इन्जिनियर बिजयकुमार खत्री, सब इन्जिनियर मोतिलाल प्रसाद, योजना अधिकृत शिशिर कुमार खड्का, प्रशासकीय अधिकृत पिताम्बर पौडेल, प्राविधिक सहायक उज्जवल रावत, खरिदार सन्तोष तिवारी, लेखापाल जीवन सोमै  र सह लेखापाल छविलाल सुनारविरुद्ध पनि भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

त्यस्तै न्यू हरि निर्माण सेवा सुर्खेतका प्रोपाइटर हरिबहादुर बुढा क्षेत्री, नवराज कन्सट्रक्सनका प्रोपाइटर नवराज ढकालविरुद्ध पनि भ्रष्टाचार मुद्दा दायर गरेको अख्तियारले जनाएको छ । अख्तियारले एञ्जल कन्सट्रक्सन, वीरेन्द्रनगर, सुर्खेतका प्रोपाइटर भीमबहादुर बुढा क्षेत्री विरुद्ध पनि भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

बिस्तृत विवरण

जिल्ला सुर्खेत, भेरीगंगा नगरपालिका, नगर कार्यपालिकाको कार्यालयले आ.व. 2०७६/०७७ मा नदीजन्य पदार्थहरु ढुङ्गा/बालुवा ठेक्का दिंदा कानून मिची आर्थिक अनियमितता गरेको भन्ने उजुरी निवेदन सम्बन्धमा अनुसन्धान हुँदा भेरीगंगा नगरपालिका, नगर कार्यपालिकाको आ.व. २०७६/०७७ मा बिभिन्न ठेक्काहरुमध्ये भेरीनदी गोछेखोलाको नदीजन्य पदार्थहरु उत्खन्न तथा संकलन र विक्री वितरण कार्य ठेक्का नं. ४ र छिन्चुखोला र डुङ्गिखोलाबाट नदीजन्य पदार्थहरु उत्खन्न तथा संकलन र बिक्री वितरण कार्यको लागि ठेक्का नं. ५ मा बदनियतपूर्ण तवरले फर्महरुसँग एकआपसमा मिलोमतो गरी धेरै रकमको ठेक्का साटफेर गर्दै अधिकतम कबोल मूल्य घटाउने र सम्झौता गर्न नआउने तथा कार्यालयले पनि सार्वजनिक खरिद ऐन र सार्वजनिक खरिद नियमावलीको व्यवस्थाबमोजिम छनोट भएको सफल बोलपत्रदाताले समयमा सम्झौता गर्न ईन्कार गरेपनि धरौटी समयमा जफत नगर्ने र अन्य ठेक्का साटफेर गर्न अवसर दिने, सम्झौता नगर्ने फर्मलाई कालोसूचीमा राख्नको लागि पत्राचार नगर्ने एवं खरिद कानूनले निर्देश गरेको प्रक्रिया विपरीत पहिलोबाट एकैचोटी चौथो योग्य बोलपत्रदातासँग सम्झौता गर्ने जस्ता कानून विपरीतका कार्य गरी रु.३६,७८,५४३।२४ बराबरको राजश्व रकम हानिनोक्सानी गरेको पुष्टि हुन आएको हुँदा उक्त कार्यमा संलग्न देहायबमोजिमका व्यक्तिहरु उपर देहायबमोजिमको सजाय हुन मागदाबी लिई आज विशेष अदालत, काठमाडौंमा आरोप-पत्र दायर गरिएको छ।

देहाय:

सि.नंनामथर, पद र कार्यालयबिगो रु.कसुर तथा सजायको मागदाबी
 भेरीगंगा नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत कमल प्रसाद पौडेलरु.36,78,543।24भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिम कसूरमा सोही ऐनको दफा 17 ले निर्देश गरेबमोजिम सोही ऐनको दफा ३ को उपदफा (१) को देहाय (छ) बमोजिम कैद र सोही ऐनको दफा 3 को उपदफा (1) अनुसार बिगोबमोजिम जरिवाना गरी सोही ऐनको दफा 17 बमोजिम हानिनोक्सानी भएको विगोसमेत असुल उपर हुन मागदाबी लिइएको छ।
 भेरीगंगा नगरपालिका तत्कालीन लेखा अधिकृत मान बहादुर ठाडारु.36,78,543।24भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिम कसुरमा सोही ऐनको दफा 17 ले निर्देश गरेबमोजिम सोही ऐनको दफा ३ को उपदफा (१) को देहाय (छ) बमोजिम कैद र सोही ऐनको दफा 3 को उपदफा (1) अनुसार बिगोबमोजिम जरिवाना गरी सोही ऐनको दफा 17 बमोजिम हानिनोक्सानी भएको विगोसमेत असुल उपर हुन तथा गलत लिखतसमेत तयार गरेको हुँदा निजलाई भ्रष्टाचार निवारण ऐन, 2059 को दफा 9 बमोजिमको कसुरमा सोही ऐनको दफा 9 वमोजिम कैद र जरिवाना सजायसमेत हुन एवं गलत मूल्यांकन प्रतिवेदनसमेत दिएको हुँदा निजलाई भ्रष्टाचार निवारण ऐन, 2059 को दफा १९ को उपदफा (२) बमोजिमको कसुरमा भ्रष्टाचार निवारण ऐन, 2059 को दफा १९ को उपदफा (२) बमोजिम कैद र जरिवानाको सजाय हुन समेत मागदाबी लिइएको छ।
 भेरीगंगा नगरपालिका सुर्खेतका तत्कालीन न्जिनियर बिजय कुमार खत्री, सब न्जिनियर मोतिलाल प्रसाद, योजना अधिकृत शिशिर कुमार खडका, प्रशासकीय अधिकृत पिताम्बर पौडेल, प्राविधिक सहायक उज्जवल रावत, खरिदार सन्तोष तिवारी, लेखापाल जीवन सोमै  र सह लेखापाल छविलाल सुनारमुल्याङकन समिति सदस्यको रुपमा सहभागी भई गलत मूल्याङ्‍कन प्रतिवेदन दिएकोले भ्रष्टाचार निवारण ऐन, 2059 को दफा १९ को उपदफा (२) बमोजिम सोही ऐनको दफा १९ को उपदफा (२) बमोजिम कैद र जरिवाना हुन  मागदाबी लिइएको छ।  
 न्यू हरि निर्माण सेवा सुर्खेतका प्रोपाइटर हरि बहादुर बुढा क्षेत्री र नवराज कन्सट्रक्सनका प्रोपाइटर नवराज ढकालरु.36,78,543/24भ्रष्टाचार निवारण ऐन, 2059 को दफा १७ बमोजिमको कसुरजन्य कार्यको लाभ प्राप्त गर्ने गराउने मतियार भई सोही ऐनको दफा २२ बमोजिमको कसुर भएको हुँदा भ्रष्टाचार निवारण ऐन, 2059 को दफा 17 ले निर्देश गरेबमोजिम सोही ऐनको दफा ३ को उपदफा (१) को देहाय (छ) बमोजिम कैद र सोही ऐनको दफा 3 को उपदफा (1) अनुसार बिगो बमोजिम जरिवाना गरी ऐ.ऐ. ऐनको दफा १७ बमोजिम बिगो असुल उपर हुने सजायलाई आधार मानी सोही ऐनको दफा 22 को प्रतिबन्धात्मक वाक्यांश बमोजिम मुख्य कसुरदारलाई हुने सजाय सरह सजाय गरी विगोसमेत असूल उपर हुन मागदाबी लिइएको छ।
 एञ्जल कन्सट्रक्सन, वीरेन्द्रनगर, सुर्खेतका प्रोपाइटर भिम बहादुर बुढा क्षेत्रीरु.२१,०१,६९६।०४भ्रष्टाचार निवारण ऐन, 2059 को दफा १७ बमोजिमको कसुरजन्य कार्यको मतियार भई सोही ऐनको दफा २२ बमोजिमको कसुर भएको हुँदा भ्रष्टाचार निवारण ऐन, 2059 को दफा 17 ले निर्देश गरेवमोजिम सोही ऐनको दफा ३ को उपदफा (१) को देहाय (च) बमोजिम कैद र सोही ऐनको दफा 3 को उपदफा (1) अनुसार बिगो बमोजिम जरिवाना गरी ऐ.ऐ ऐनको दफा १७ बमोजिम बिगो असुल उपर हुने सजायलाई आधारमानी सोही ऐनको दफा 22 बमोजिम मुख्य कसुरदारलाई हुने सजाय बराबर सजाय गरी विगोसमेत असूल उपर हुन मागदाबी लिइएको छ।