सूचनाको हकका अभियन्ता धर्मेन्द्र झा राष्ट्रिय समाचार समिति (रासस) को अध्यक्ष नियुक्त भएका छन् । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले झालाई राससको अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो ।
झा नेपाल पत्रकार महासंघका पूर्व अध्यक्षसमेत हुन् । धनुषाका झा लामो समयदेखि पत्रकारिता क्षेत्रमा क्रियाशील छन् ।