पर्सा जिल्ला प्रशासन कार्यालयमा दोहोरो नागरिकता सम्बन्धी छानबिनका लागि निवेदन परेको छ।
बिरगंज महानगरपालिका-१६, ईनर्वाका एक नागरिकले झुठो विवरण पेश गरी नेपालको वंशज नागरिकता लिएको आरोप लागेको छ। निवेदकले आफ्नो नाम नभन्ने शर्तमा जिल्ला प्रशासन कार्यालय पर्सामा समेत उजुरी दिएकोमा प्रशासनले छानबिन नगरेको आरोप लगाएका छन् ।
निबेदकका अनुसार, भारतीय पहिचानपत्रमा थाना आदापुर, ग्राम ईनर्वा, पूर्वी चम्पारण, बिहारका निवासी अबुल हसनले पर्सा गा.वि.स. भिस्वा-५ (हाल छिपहरमाई गाउँपालिका भिस्वा-५) का अजिज मिया तेलिको नक्कली छोरा बनेर शेख महमद मिया तेलिको नाममा नेपाली वंशज नागरिकता लिएका हुन्।
घटनाको बिषयमा सहायक प्रमुख जिल्ला अधिकारी/सूचना अधिकारी संग टेलिफोन गरि बुझ्दा आफुलाई यो बिषय थाहा नभएको हुँदा बिस्तृत विवरण चाहिएमा अफिस मा आउन भन्ने जानकारी दिनुभयो त्यसपछि प्रमुख जिल्ला अधिकारि गणेश अर्याललाइ प्रश्न गर्दा सर दैनिक २/३ वटा उजुरी आइरहेका हुन्छन र गोपनियताको हिसाबले पनि सबै कुरा भन्न नसकिने भाव सहित उजुरी परेका सबैको हकमा छानबिन भइरहेको बताउनुभयो । घटनाको अनुसन्धान जिल्ला प्रशासन कार्यालय पर्साले सुरु गरेको जनाउनुभयो । प्रक्रिया अनुसार अगाडी बढिने र भारत संग समेत प्रमाण मागिने उहाले जानकारी दिनुभयो । नक्कली छोरा बनेर नागरिकता लिएको हकमा भने अनुसन्धान अल्ली असहज हुने गरेको अन्य अनुभब बताउदै स्थानीय मुचुल्का गरिने र भारतको मतदाता हो वा होइन भारत बाट नागरिकता लिएको हो वा होइन भन्ने समेत अनुसन्धान गरिने जानकारी सहित आधार कार्ड भारतको भएकै आधारमा भारतीय नागरिक भनेर उजुरी समेत पर्ने गरेको र कहिँ कतै त्यो बुझाई समेत रहेको भन्दै आधार कार्ड हुनु भनेको भारतीय नागरिक हुनु होइन भन्ने बुझाइको अभाब नेपालि समाजमा रहेको बताउनुभयो
हामीलाई प्राप्त निवेदकको विवरण यस प्रकार रहेको छ
भारतीय विवरण अनुसार:
नाम: अबुल हसन
बुवाको नाम: नईमुद्दिन मिया
ठेगाना: थाना आदापुर, ग्राम ईनर्वा, अनुमण्डल रक्सौल, पूर्वी चम्पारण, बिहार
नेपाली नागरिकताको विवरण अनुसार:
नाम: शेख महमद मिया तेलि
बुवाको नाम: अजिज मिया तेलि
ठेगाना: पर्सा गा.वि.स. भिस्वा-५ (हाल छिपहरमाई गाउँपालिका भिस्वा-५)
सराइबसाइ ठेगाना:
बिरगंज-१९ ईनर्वा (हाल बिरगंज महानगरपालिका-१६, ईनर्वा)
हामिलाइ भारतीय विवरण र नेपालि विवरण प्राप्त भएको छ तर हामि पनि यो प्राप्त सूचना को पुस्टि गर्ने प्रयास मा रहेको कारण सबै कुरा नलेखिएको बताउदै सूचना को पुस्टि पछी नाम विवरण र फोटो समेत प्रकाशन गरिने जानकारी गराउदछौ