पूर्वीय दर्शनले भनेको रामराज्य नै सूचनाको कानुन : सचिब भट्टराइ

-


     सुचनाको हक     
     असाेज १८ गते २०८१ मा प्रकाशित


सूचनाको हक सम्बन्धि पहिलो योगदान सन् १७६६ मा स्विडेनले शुरु गर्यो भनेर पढ्दै आएकोमा आयोगका सचिब कमला प्रसाद भट्टराइले नया खुलासा गर्नुभएको छ l उहाका अनुसार हिजो त्रेता युगमा हामीले जुन राम राज्य को कुरा गर्थ्यौ त्यो सूचनाको हकमा आधारित कानुनि ब्यबस्था रहेको खुलासा गर्नुभएको छ l पुर्बिय दर्शनमा राजा भएपनि उनीहरुले नागरिकको थाहा पाउने अधिकार कुण्ठित गरेमा राजगुरुहरुले खबरदारी गर्दथे आज आयोग त्यो खबरदारी गर्ने राजगुरु हो यसले खबरदारी मात्र होइन दण्डित पनि गर्न सक्छ l

राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहाल उपस्थित कार्यक्रममा सूचनाको हकको कानुनलाई त्रेता युगमा लगेर सचिबले व्याख्या गरेपछि अब स्विडेनलाई पहिलो योगदान दिदा रामराज्यको कुरा समेत जोड्न अरुलाई प्रेरणा मिलेको छ l

राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले पनि सूचनाको हकसम्बन्धी कानुन कार्यान्वयनका लागि सरोकार भएका निकायको एकीकृत प्रयास जरुरी रहेको बताएका छन् । 

सूचनामा सर्वव्यापी पहुँचसम्बन्धी अन्तर्राष्ट्रिय दिवसका अवसरमा शनिबार काठमाडौंमा राष्ट्रिय सूचना आयोगले आयोजना गरेको ‘सार्वजनिक क्षेत्रमा सूचनाको हक मूलप्रवाहीकरण विषयक राष्ट्रिय गोष्ठी’ उद्घाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले लोकतान्त्रिक व्यवस्थाको सुदृढीकरणमा सूचनाको हक महत्वपूर्ण हुने भएकाले यसको कार्यान्वयनमा सबै निकायको एकीकृतमा प्रयासमा जोड दिएका हुन् ।

पारदर्शिता, सुशासन र जवाफदेहिताका लागि सूचनाको हकको व्यवस्था भएकाले यसको कार्यान्वयन हुनुपर्ने र त्यसका लागि राष्ट्रियसभाले सहयोग गर्ने अध्यक्ष दाहालको प्रतिबद्धता छ । ‘संयुक्त राष्ट्रसंघले घोषणा गरेको दिगो विकास लक्ष्यमा सूचनाको हक पनि छ, यसैले यसको कार्यान्वयनमा सार्वजनिक निकायको ध्यान जानुपर्छ, सूचना नदिए उन्मुक्ति पाइँदैन भन्ने आयोगले स्थापित गरेको छ, सूचना माग गरेको र सूचना दिएकै आधारमा असुरक्षा हुने वातावरण बन्नुहुन्न,’ उनले भने ।

लोकतान्त्रिक व्यवस्थामा नागरिकले गरेको फैसला महत्वपूर्ण हुने भएकाले सूचनाको हक सत्ता वा सार्वजनिक निकायलाई जिम्मेवार बनाउन फलदायी हुने अध्यक्ष दाहालले बताए । अझै सार्वजनिक निकायले सूचनाको हकलाई गम्भीर रुपमा नलिएकाले यसतर्फ सरोकार भएका निकायको ध्यान जानु जरुरी रहेकामा उनको जोड छ ।

आयोगका प्रमुख आयुक्त महेन्द्रमान गुरुङले नागरिकलाई प्रश्न सोध्नसक्ने बनाउन सूचनाको हक एउटा औजार हुनसक्ने बताए । कानुनले प्रदान गरेको सूचनाको हकले सार्वजनिक निकायलाई जिम्मेवार बनाउन सहयोग गर्ने उनको भनाइ थियो । सूचनाको हकको महत्व भएरै संयुक्त राष्ट्र संघको सन् २०१९ को साधारणसभाले पारित गरेपछि प्रत्येक वर्ष सेप्टेम्बर २८ मा सूचनामा सर्वव्यापी पहुँचसम्बन्धी अन्तर्राष्ट्रिय दिवस मनाउन थालिएको प्रमुख आयुक्त गुरुङले उल्लेख गरेका थिए ।

राष्ट्रिय समावेशी आयोगका पूर्व अध्यक्ष रामकृष्ण तिमल्सेनाले कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै सूचनाको हकको कानुन र व्यवहारमा ठूलो अन्तर भएको बताए । कानुनअनुसार कुनै कुरा गोप्य हुने भन्ने छैन तर, व्यवहारमा अझै सूचना पाउन कठिन रहेको उनको भनाइ थियो ।

आयोगका सचिव कमलप्रसाद भट्टराईले पूर्वीय दर्शनले भनेको रामराज्य सुशासन भएको र त्यो सूचनाको हक प्रयोग गरेर कार्यान्वयनमा लैजान सकिने बताए । तीनै तहका सरकारअन्तर्गतका सबै सार्वजनिक निकायले स्वतः प्रकाशन गरेर त्यसलाई कार्यान्वयनमा लैजान सकिने उनको भनाइ थियो ।