![](https://suchanakohak.com/wp-content/uploads/2024/09/udhghatan-1024x576.jpg)
गण्डकी प्रदेश बेलाबखत बदनाम भइरहेको छ । नेपालका सात प्रदेश मध्ये सबै भन्दा बिबादित गण्डकी प्रदेश फेरी बिबादमा आएको छ । मुख्य मन्त्रीले उद्घाटन गरेको बसपार्क बाट बस नचलेपछि अभियन्ताले यदि बस चल्दैन भने त्यो उद्घाटन को अर्थ छैन फोरेर फाल्दिए हुन्छ म फोरेर फालिदिन्छु भन्ने अभिव्यक्ति दिएपछि नगरपालिकाले साइबर क्राइममा मुद्धा दिएको र अभियन्तालाइ पक्राउ पुर्जी जारि भएको बिषयले लोकतन्त्रको हिमायती कांग्रेसले नै लोकतन्त्रको घांटी थिच्यो भन्दै बहस शुरु भएको छ यो बिषयमा बिभिन्न संचारमाध्यमले समाचार प्रकाशन गरेका छन्
अनलाइनखबरको लागि अमृत सुवेदीले लेखेको समाचार जस्ताको तस्तै
बागलुङ नगरपालिकामा निर्माण सुरु भएको २३ वर्षपछि उद्घाटन भएको बसपार्क पनि भोलिपल्टै बन्द भएको छ । १८ भदौमा गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले उद्घाटन गरेको बागलुङ बसपार्क भोलिपल्टै बन्द भएको हो ।
उद्घाटन कार्यक्रमको फोहोरले बसपार्क कुरुप देखिएको थियो बसपार्कसम्म पुग्ने बाटो, टिकट काट्ने काउन्टरसमेत सञ्चालनमा आएको छैन । बसपार्क बने पनि बस पुरानै चिप्लेटी बसपार्कबाटै छुटिरहेका छन् भने असुविधाको कारण देखाउँदै वस व्यवसायी बसपार्कबाट गाडी छुटाउनसमेत मानिरहेका छैनन् ।
उपमेयर राजु खड्काले सडक, जग्गा व्यवस्थापनजस्ता विषयमा केही प्राविधिक समस्या देखिएको, बस व्यवसायीसँग छलफल भइरहेको बताए ।
‘नगरपालिकाले दिएको जाहेरीका विषयमा नगर प्रमुखलाई नै सोध्नुहोला । यो विषयमा मसँग छलफल पनि भएको होइन’, खड्काले भने, ‘बसपार्क नियमित सञ्चालनमा कसरी ल्याउन सकिन्छ भनेर लागिरहेका भने छौं ।’
![](https://www.onlinekhabar.com/wp-content/uploads/2024/09/udhghatan.jpg)
नगरपालिकाका प्रशासन अधिकृत भीमसेन पन्तले अनलाइन टिकेटिङ भएका कारण बसपार्कमा भीड नदेखिएको हुनसक्ने र सुरक्षाका लागि सुरक्षा पोस्ट पनि बनाउने काम रहेको बताए । उनले जाहेरीका विषयमा आफूलाई जानकारी नभएको बतए ।
पूर्व मेयर जनक पौडेलले बसपार्क निर्माण सकिएर पनि बिनातयारी उद्घाटन गर्दा समस्या देखिएको बताए ।
२०७८ सालको असारमा बसपार्क सम्पन्न भएको तर बसपार्ककै विषय अख्तियार हुँदै विशेष अदालतसम्म पुगेपछि आफ्नो कार्यकाल सकिएको उनको भनाइ छ ।
‘बसपार्क निर्माण सकिएको सकिएको चौतर्फी दबाबपछि उद्घाटन त भयो । बिना तयारी उद्घाटन त गरियो तर भोलिपल्टै बन्द भयो’, पूर्वमेयर पौडेलले भने, ‘तलको बसपार्क सार्ने, काउण्टर राख्ने, लामो र छोटो दूरीका गाडी कहाँ कहाँबाट गर्ने भन्ने सहमति र तयारी नै भइसकेको थिएन ।’ ३५ लाख रुपैयाँ खर्च गरेर अस्थायी बाटो बनाइएको भए पनि चल्न सक्ने अवस्था नरहेको पौडेलले बताए ।
‘हाम्रै कार्यकालमा सम्झौताअनुसार निर्माण कार्य सम्पन्न भएको हो । यही बसपार्कको जग्गा व्यवस्थापनमाथि प्रश्न उठाउँदै अख्तियार हुँदै अदालतसम्म मुद्धा पर्दा उद्घाटन गर्न सकिएन,’ पूर्व मेयर पौडेलले भने, ‘हाम्रो कार्यकाल सकिएपछि पनि निर्माण सकिएको २ वर्षपछि मात्रै उद्घाटन भयो । तर, बिनातयारी उद्घाटन गर्दा सञ्चालनमै नआइ बन्द छ । त्यहाँबाट गाडी छुटाउन नसकिने व्यवसायीले बताइरहेका छन् । बाटो, काउन्टर केही छैन ।’
पटकपटक म्याद थपेर तेस्रो भेरिएसनपछि ९ करोड २१ लाख ३५ हजारमा बसपार्क निर्माण सकिएको हो । तर, अझै पनि बसपार्कमा विभिन्न पूर्वाधार निर्माण गर्नुपर्ने काम नगरपालिकाले नगरेको स्थानीयको पनि आरोप छ ।
उपल्लाचौरको दापगरामा बसपार्क निर्माण गर्ने निर्णय भएपछि २०५७/५८ सालदेखि त्यहाँका स्थानीय जग्गा लिन सुरु भएको थियो । आधुनिक बागलुङ बसपार्क निर्माण गर्ने २० औं वर्ष पुरानो योजना २०७५ साल कात्तिकबाट सुरु भएको हो । २०६१ सालमा बागलुङका तत्कालीन प्रमुख जिल्ला अधिकारी प्रेमनारायण शर्माले शिलान्यास गरेको बसपार्क २०७५ फागुन १४ गते शहरी विकास मन्त्री मोहम्मत इस्तियाकले फेरि शिलान्यास गरेपछि यो बसपार्क चर्चामा आएको थियो ।
निर्माण सम्झौतादेखि सम्पन्न गर्ने बेलासम्म सधैं विवाद र चर्चाको केन्द्रमा रह्यो बागलुङ बसपार्क । बागलुङमा बसपार्क बनाउँन २०५९ सालमा ५२ जना स्थानीयले निशुल्क उपलब्ध गराएको ५९ रोपनी जग्गाबाट साढे १८ रोपनी जग्गामा बसपार्क निर्माण हुँदै थियो ।
बागलुङ नगरपालिका वडा नम्बर ४ मा उपल्लाचौर दाबगह्रा भन्ने ठाउँमा बसपार्कका लागि जग्ग दिने स्थानीयको जग्गा व्यवस्थापन पनि गरिदिनुपर्ने सम्झौता थियो । जग्गाको प्लानिङ गरेर स्थानीयलाई फिर्ता गर्ने सर्तमा सुरु भएको बागलुङ बसपार्कको निर्माण सम्झौता नै बिवादित बन्यो । करिब ७ करोड रुपैयाँ निर्माण ठेक्का दिइएकोमा डीपीआर नै गलत भएको भन्दै रिडिजाइन गरिएको थियो भने सेटिङमा ठेक्का सम्झौता गरिएको आरोप लागेको लाग्यो ।
बसपार्कको रिडिजाइन गर्दा निर्माण खर्च ७ करोडबाट करिब ११ करोड रुपैयाँ पुग्यो । बसपार्क निर्माणको जिम्मा फेवा जेभी पोखराले पाएको थियो । बोलपत्र मूल्यांकन र सिफारिस नै गलत भएको भन्दै आवाज उठ्यो ।
बसपार्क निर्माणमा जग्गा व्यवस्थापन गर्न जमिन सम्याउने, माटो पुर्ने, स्टिमेट गर्ने, मूल्यांकन र भुक्तानी गर्ने काममा मिलेमतो भएको विषय अख्तियारसम्म पुग्यो । अख्तियारले ५ लाख ९० हजार रुपैयाँ भ्रष्टाचार गरेको आरोपमा अघिल्लो कार्यकालका उपमेयरसहित ८ जनाविरुद्ध विशेष अदालतमा मुद्धा दायर गरेको थियो । अहिले उनीहरुले सफाइ पाइसकेका छन् ।
बसपार्क सञ्चालनमा नआएकामा नागरिक अभियन्ता एकबहादुर केसी (संगम) ले विरोध जनाएका थिए । उनले बसपार्कको फोहोर सफा गर्ने क्रममा उनले एक युट्युब च्यानललाई अन्तर्वार्ता दिने क्रममा शिलालेखमा फटाएर फाल्ने चेतावनी दिएका थिए । अहिले उनीविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।
![](https://www.onlinekhabar.com/wp-content/uploads/2024/09/Ek-bahadur.jpg)
बागलुङ नगरपालिकाकाकै नाममा संस्थागत जाहेरी परेको र सरकारी वकिल, नगरपालिका र प्रहरी प्रशासनकै सहमतिमा जाहेरीको कानुनी प्रक्रिया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रवक्ता तथा इन्स्पेक्टर प्रताप पौडेलले जानकारी दिए ।
‘मंगलबार उजुरी परेको हो । सामाजिक सञ्जालहरुमा नगरपालिकाको भ्रम फैलाउने गरी विभिन्न कामहरुप्रति टिप्पणी गरेको, नयाँ बसपार्कप्रति टार्गेट गरेर तोडफोड गर्छु भन्ने कुरा गरेको भन्ने निवेदन छ । सामाजिक सञ्जालमा भ्रम फैलाउने काम गरेको भन्ने छ’, पौडेलले भने, ‘सरकारी वकिल, प्रशासनको सल्लाहमा नै प्रक्रिया अगाडि बढाएका हौं । उहाँलाई सम्पर्कमा आउन भनेका छौं । कानुनलाई सहयोग गर्नुस् भनेका छौं ।’
जिल्ला प्रशासन कार्यालय बागलुङका सहायक प्रमुख जिल्ला अधिकारी चित्रांगत बरालले सुरक्षा समितिको बैठक गरेर कसैमाथि पक्राउ पुर्जी जारी गर्ने काम नभएको बताए ।
‘चित्त नबुझेका कुरा राख्न पाइन्छ, राज्यको स्रोत साधनको रक्षा होस् भन्न पाउँछ । अवाज उठाउन पाइन्छ । लोकतन्त्र भनेकै त्यही हो,’ बरालले भने, ‘शान्ति सुरक्षामा खलल पर्यो भनेर पक्राउ पुर्जी जारी गर्न हामीले कहीँ सहमति वा आदेश दिएका छैनौं ।’
पोखरा टेलिभिजनको समाचार लिंक
https://www.facebook.com/reel/9128881413794484
गण्डकी छड्के विथ अपिल कार्यक्रमको लिंक यसमा यो सहित अन्य बिषय पनि समाबेश रहेको छ