विभिन्न व्यवसाय सञ्चालन गर्दै आएका उद्योगी तथा त्यसका सञ्चालकबाट जनतासंग मुल्यअभिबृद्धि कर (भ्याट) असुली गर्ने तर सरकारी ढुकुटीमा नबुझाउने दर्जनौ कम्पनीमाथी सरकारले कारबाही गर्ने भएको छ । यसैक्रममा यसरी कर, राजश्व र भ्याट सेवाग्राहीबाट असुली गरि सरकारी ढुकुटीमा नबुझानेमाथी आन्तरिक राजश्व बिभाग, आन्तरिक राजश्व कार्यालय, नयाँ बानेश्वरले कारबाही सुरु गरेको छ ।
सो कार्यालयले भ्याट तथा आयकर बक्यौता रकम समयमा दाखिला नगर्ने कारदाताहरूको नामावली समेत सार्वजनिक गरेको छ । कार्यालयले कर दाखिलाका लागि पटक–पटक ताकेता गर्दा पनि अटेर गर्दै बसेपछि पहिलो चरणको कारबाही सुरु गरेको जनाएको छ । कार्यालयले २०७९ असार १ गते सूचना प्रकाशन गर्दै १५ दिन भित्र भ्याट तथा आयकर बक्यौता तिर्न निर्देशन गरेको छ ।
सो समयसिमाभित्र करदाताले तिर्नुपर्ने बाँकी बक्यौता रकम दाखिला नगरेमा वा दाखिला गरिसकेको भए प्रमाण पेश नगरे विद्यमान ऐन अनुसार कारबाही गर्ने चेताबनी सेमत दिएको छ । तोकिएको समयमा वक्यौता रकम दाखिला नगरे मूल्य अभिवृद्धि कर ऐन २०५२ को दफा २१ को उपदफा (१) तथा आयकर ऐन २०५८ को दफा १०३ देखि १११ मा उल्लेखित प्रक्रिया अपनाई उक्त मूल्य अभिवृद्धि कर तथा आयकर बक्यौता रकम असुल उपर गर्न कानूनी कारवाही अगाडि बढाउने चेतावनी कार्यालयले दिएको हो ।
सो कार्यालयले दिएको विवरण अनुसार अग्नी एयर प्रालिले ५८ करोड १६ लाख ४३ हजार ९ सय १ रुपैयाँ आयकर बुझाउन बाँकी रहेको छ । ह्याण्डस इन्टरनेशनल प्रालिले १७ करोड ११ लाख २७ हजार १ सय ८१, रोजवर्ड बोडिङ स्कूल प्रालिले ४ करोड ८१ लाख ६७ हजार ५० रुपैयाँ एआर ट्रेडर्सले ९७ लाख ९३ हजार ३ सय ५ रुपैयाँ आयकर र १ करोड ८० लाख १४ हजार ७ सय ४५ भ्याट गरि कुल २ करोड ८ लाख ८ हजार ५० रुपैयाँ भुक्तानी गर्न बाँकी रहेको छ ।
पिएस मार्केटिङ प्रालिले १२ लाख ५७ हजार ५३ आयकर र ५२ हजार ५१ भ्याट गरी जम्मा १३ लाख ९ हजार १ सय ४ रहेको । फर्मा सेल्स हाउसको नाममा १२ लाख १७ हजार ३ सय ९७ आयकर र ८ हजार भ्याट गरी १२ लाख २५ हजार ३ सय ९७ रुपैयाँ बुझाउन बाँकी रहेको सो कार्यालयले जनाएको छ ।
नयाँबानेश्वरमा रहेको कृष्ण टावर प्रालिले २ करोड २ लाख ६३ हजार २ सय २९ रुपैयाँ आयकर बुझाउन बाँकी छ । शुभलक्ष्मी मार्केटिङ प्रालिले १ करोड ७७ लाख २३ हजार ९०, जलजला निर्माण सेवा प्रालिले १ करोड ३० लाख ५ हजार २ सय ५२ आयकर र ३८ लाख ५७ हजार ८ सय ६४ मूल्य अभिबृद्धि कर गरी जम्मा १ करोड ६८ लाख ६३ हजार १ सय १६ रुपैयाँ भुक्तानी गर्न बाँकी रहेको छ ।
सिन्स इन्टरनेशनलले ५१ लाख १० हजार ३ सय ७५ आयकर र १ करोड १७ लाख ३४ हजार २ सय ४७ रुपैयाँ मुल्य अभिबृद्धि कर गरी जम्मा १ करोड ६८ लाख ४४ हजार ६ सय २२ रुपैयाँ बुझाउन बाँकी रहेको छ । श्री साझा भण्डार सहकारी संस्था लिमिटेडले १ करोड ९४ लाख ८० हजार ६ सय ८४ रुपैयाँ, मास ट्रेड लिङक प्रालिले १ करोड ३४ लाख १५ हजार ५ सय ८५ आयकर र ४३ लाख ८८ हजार २ सय ६५ भ्याट गरी जम्मा १ करोड ७८ लाख ३ हजार ८ सय ५० रुपैयाँ बक्यौता रकम भुक्तानी गर्न बाँकी रहेको छ ।
समर्पण समाजले १ करोड ४९ लाख ३२ हजार ३ सय ९९ रुपैयाँ आयकर भुक्तानी गर्न बाँकी रहेको कार्यालयले जनाएको छ । श्री इशान्त ट्रेड कन्सर्नले १ करोड ३९ लाख ६८ हजार ८ सय ८१ रुपैयाँ आयकर र ३९ हजार ६ सय ६८ मुल्य अभिबृद्धि कर गरी जम्मा १ करोड ४० लाख ८ हजार ५ सय ४९ रकम भुक्तानी गर्न बाँकी छ ।
श्री रिद्धिसिद्धि ट्रेडिङ कन्सर्नले १ करोड ३१ लाख ४१ हजार ८ सय ६२ आयकर र १ हजार मूल्य अभिबृद्धि कर गरी १ करोड ३१ लाख ४२ हजार ८ सय ६२ रुपैयाँ राजश्व तिर्न बाँकी रहेको छ । एन बि कन्स्ट्रक्सन प्रालिले ९२ लाख १३ हजार २ सय २० आयकर र ११ लाख ९९ मुल्य अभिबृद्धि कर गरी जम्मा १ करोड ३ लाख १३ हजार ३१९ तिर्न बाँकी रहेको सो कार्यालयले जनाएको छ ।
बल्र्ड भिजन मिडिया वाइङ हाउस प्रालिले १ करोड १ लाख २४ हजार १ सय २८ आयकर र १ लाख ३९ हजार २ सय २८ भ्याट गरी जम्मा १ करोड २ लाख ६३ हजार ३ सय ५६ बक्यौता रहेको छ । नेपाल जालपादेवी कन्स्ट्रक्सन प्रालिले ८ करोड ९९ लाख २ हजार ५१ रुपैयाँ आयकर बक्यौता बाँकी रहेको कर कार्यालयले जनाएको छ ।
स्टार एफएमले ८९ लाख २६ हजार ९ सय ७० भ्याट बुझाएको छैन । प्रोपर इन्टरनेशनल प्रालिले ६४ हजार ३ सय ६४ आयकर र १ करोड २५ लाख १८ हजार १७ मुल्य अभिबृद्धि कर गरी जम्मा १ करोड २५ लाख ८२ हजार ३ सय ८१ तिर्न बाँकी छ । क्लासिक क्याजुवल प्रालिले ४० लाख ३२ हजार ६ सय ५६ आयकर र ८३ लाख ४२ हजार ६ सय ६७ मुल्य अभिबृद्धि कर गरी जम्मा १ करोड २३ लाख ७५ हजार ३ सय २३ तिर्न बाँकी रहेको छ ।
सक्षम इन्टरप्राइजेजले २ लाख ११ हजार ८ सय ७ आयकर र ८५ लाख ८३ हजार ५ सय ७४ मुल्य अभिबृद्धि कर गरी जम्मा १ करोड ७ लाख २ हजार ४ सय ८१ तिर्न बाँकी रहेको छ । बिएन इम्पेक्सले १६ लाख २५ हजार ८ सय ७६ आयकर र ६७ सय ६८ हजार ३ सय ८९ भ्याट गरी जम्मा ८३ लाख ९४ हजार २ सय ६५ बुझाएको छैन ।
संकिता जनरल सप्लाययर्स प्रालिले २३ लाख ८३ हजार ३ सय २१ आयकर र ५५ लाख ३४ हजार २ सय ३८ भ्याट गरी जम्मा ७९ लाख १७ हजार ५ सय ५९ बुझाउन बाँकी रहेको छ । सावरिया कन्स्स्ट्रक्सन कम्पनी प्रालिले भ्याट ६५ लाख ६२ हजार ८ सय ९० रहेको छ । एभरग्रीन एपरल्सस प्रालिले ५१ लाख ३७ हजार ९१६ आयकर र ११ लाख ७३ हजार ४० भ्याट गरी जम्मा ६३ लाख १० हजार ९ सय ५६ रकम बक्यौता रहेको छ ।
जिएन इम्पेक्सले १२ लाख ४४ हजार ४ सय ६२ आयकर र ४८ लाख ९३ हजार ५ सय ३६ मुल्य अभिबृद्धि कर गरी जम्मा ६१ लाख ३७ हजार ९ सय ९८ राजश्व भुक्तानी गर्न बाँकी रहेको छ । ओम साई फेसनले ५६ लाख ८० हजार ४ सय ४० आयकर र ४८ लाख ९३ हजार ५ सय ३६ मूल्य अभिबृद्धि कर गरी ५८ लाख ४३ हजार ७६ बक्यौता रहेको छ ।
आयुषा डेभलपर्स प्रालि को ५६ लाख ४३ हजार ९ सय ५६ आयकर बाँकी रहेको छ । दीपज्योति ट्रेडिङले २ लाख २८ हजार ४ सय ३७ आयकर र ४० लाख ६४ हजार १ सय ५५ मूल्य अभिबृद्धि कर गरी ४२ लाख ९२ हजार ५ सय ९२ रहेको छ । कृचल अर्डर सप्लायर्सले ३७ लाख ९० हजार ५ सय २५ आयकर र ३ लाख ६१ हजार ८ सय ५० मूल्य अभिबृद्धि कर गरी जम्मा ४१ लाख ५२ हजार ३ सय ७५ रहेको छ ।
ब्लु वर्ड गार्मेन्ट प्रालिले ३५ लाख ८६ हजार ६९३ आयकर र २ हजार २ सय ५९ भ्याट गरी जम्मा ३५ लाख ८८ हजार ९ लाख ५२ रहेको छ । सूर्य पश्मिनाले ३४ लाख ९३ हजार ८ सय ७४ आयकर रहेको छ । मिरियड प्रालिले ३३ लाख २५ हजार ३ सय ९ आयकर र ५५ हजार ८ सय ३९ भ्याट गरी जम्मा ३३ लाख ८१ हजार १ सय ४८ रहेको छ ।
इआरएमसि जियोटेक सर्भिसेज प्रालिले ३३ लाख ९४ हजार ९ सय ७६ भ्याट बुझाउन बाँकी रहेको छ । शिव लोजिस्टिक्स प्रालिले २७ लाख ८३ हजार ९६ भ्याट बाँकी रहेको छ । इलाइट मल्टिटास्क २४ लाख ५२ हजार ९ सय ८९ आयकर र ३ लाख २४ हजार ९ सय ६८ भ्याट गरी २७ लाख ७७ हजार ९ सय ५७ रहेको छ ।
न्यू रवि सप्लार्यसले २४ लाख ५० हजार ३ सय ७६ आयकर बक्यौता रहेको छ । गतिशील प्रेस, आलेख प्रकाशनले १३ लाख ५० हजार ६ सय २१ आयकर ६ लाख ८ हजार ६५ भ्याट गरी १९ लाख ५१ हजार ४ सय ८६ बक्यौता रहेको छ । ड्रिम इन्टेरियर्स प्रालिले १४ लाख ७५ हजार १ सय ५८ आयकर र ३३ हजार भ्याट गरी जम्मा १५ लाख ८ हजार १ सय ५८ तिर्न बाँकी छ ।
सिटिजन अफसेट प्रेस प्रालिले १३ लाख २३ हजार ७ सय ८ आयकर र ५७ हजार भ्याट गरी जम्मा १३ लाख ८० हजार ७ सय ८ रहेको छ । अनामिका ट्रेडर्सले ४ हजार ६ सय ६९ आयकर रहेको छ ५३ लाख ५८ हजार ५ सय ६९ भ्याट गरी ५३ लाख ६३ हजार २ सय ३८ रहेको छ । रुपेश इन्टरनेशनलले ३७ लाख ७१ हजार ८ सय ७० आयकर र १५ लाख ८९ हजार ३ सय ९१ भ्याट गरी जम्मा ५३ लाख ६१ हजार २ सय ६१ रहेको छ ।
समृद्धि ट्रेड लिङ्कले ५० लाख ३७ हजार ६ सय १७ आयकर बक्यौता रहेको छ । श्री ॐ सत्य साई बाबा खाद्य सप्लार्यसले ४७ लाख ५९ हजार १६ आयकर बाँकी रहेको छ । कोष व्यवस्थापन कम्पनीले को ४५ लाख ३४ हजार ५ सय ६ आयकर बुझाउन बाँकी रहेको सो कार्यालयले जनाएको छ ।