विद्वान हरु नेताको झोले बन्दै देश डुबाउदै

- प्रज्ञामा प्राज्ञहरूद्वारा अख्तियारको चरम दुरुपयोग गरेकाे आराेप !

-


     सुचनाको हक     
     वैशाख ६ गते २०८० मा प्रकाशित


नेपाल प्रज्ञा–प्रतिष्ठानका नवनियुक्त कुलपति भूपाल राईको अध्यक्षतामा बैठक बसी अख्तियारको चरम दुरुपयोग गरी विभिन्न गलत निर्णयहरु गरेको आरोप लागेको छ । नेपाल प्रज्ञाप्रतिष्ठानका विभिन्न ११ ओटा विभागमा आफूखुसी भाग पु¥याउन र कार्यकर्ता र भजनमण्डलीलाई भत्ता खुवाउने दुरासयपूर्ण निर्णय गरी झन्डै दुई तिहाई सदस्य सल्लाहकारको मनोनयन गरेको पाइएको छ । यसबाट प्रतिष्ठानलाई ठुलो आर्थिक व्ययभार पर्ने देखिन्छ ।

यसअघि प्रतिष्ठानको विभागमा प्रमुख बाहेक बढीमा ५ जना सदस्य १ जना सल्लाहबार मनोनयन  गर्ने परम्परा र नियम रहे पनि यस परिषद्ले राज्य स्रोतको रकम सक्ने दुरासययुक्त मनसायले १५÷१६ जनासम्मको विभाग गठन गरेको छ भने सल्लाहकार समेत १ भन्दा बढी मनोनयन गरेको छ ।


 यो अख्तियारको चरम दुरुपयोग गरिएको आरोप लागेको छ । लोकवार्ता स्वयम् मौखिक इतिहास हो यतिसम्म नबुझ्ने कुलपतिले विभागको नाममै अलमल पर्ने खालको राखेको देखिन्छ । प्रतिष्ठानको उद्देश्यअनुसार संस्कृति पृथक् विषय हुनुपर्नेमा साहित्य जोडेर यसको गलत व्याख्या गरेको छ । उपकुलपतिले लिएको बालसाहित्य विभागमा बालसाहित्यमा आजसम्म कलम नलचाएका कथित बाल साहित्यकारहरू राखेको देखिन्छ ।

समालोचना विभागमा ५ जनाको संख्याबाट बढाएर ७ जनाको मनोनयन गरिएको छ भने सल्लाहकारका रुपमा ३ जना राखेको छ, यसको संख्या १० हुन पुग्छ । दर्शनशास्त्र विभागमा ८ जना सदस्य र १ जना सल्लाहकार राखेको छ । यसबाट दर्शनका बारेमा केही थाहा नभएका कृष्णराजले निमानन्द रिजाल, नारायणप्रसाद गौतमजस्ता दर्शन नबुझेको मान्छेलाई भर्ती गरेको आरोप छ ।


स्रोत भन्छ, अझ चरम दुरुपयोग त साहित्य (मातृभाषा) विभागमा देखिन्छ । मातृभाषा साहित्यका कुनै कलम नचलाएका व्यक्ति यसमा समेटिएका छन् । जनयुद्धमा लागेका कारण योग्यता पुगेको भनी अनावश्यक मान्छेको झुन्ड त्यहाँ राखिएको छ । १५ जनाको जम्बो टोली यस विभागमा समेटिएको छ ।

साहित्य (पद्य/काव्य) विभागका पनि छनोट समितिमा रहेर आफैँलाई मनोनयन गर्न सिफारिस गर्ने केशव सिलवाल समेत अटेका छन् । यसमा पनि ८ जनाको जम्बो टोली छ र १ जना सल्लाहकार समेत छ ।


सल्लाहकार भएको व्यक्ति भाषा आयोगको सदस्य रहेको पाइएको छ । भाषा आयोगको सदस्य भएर प्रतिष्ठानको विभागमा सल्लाहकार सदस्य हुनु कुनै नैतिकताको कुरो हो ? यसमा गम्भीर प्रश्न उठेको छ । सामाजिक शास्त्र विभागमा देखाउन दिनेशराज पन्तलाई सल्लाहकार बनाइए पनि सामाजिक शास्त्रका क्षेत्रमा सिन्को नभाँचेका विष्णुकुमार सिन्जाली, भागवत आचार्य, धर्मेश पोखरेल, टी.पी. धमला, विश्वेश्वर कट्टेललाई के आधारमा राखिएको भन्ने प्रश्न उठेको छ ।


भागवत आचार्य राष्ट्रबैँकको कर्मचारी भएर बैँकको स्वीकृति बेगर विभागको सदस्य र प्राज्ञ सभाको सदस्य बन्नु आफैँमा गलत रहेको बताइन्छ छ । साहित्य (अनुवाद) विभागमा समेत ८ जनाको जम्बो टोली मनोनयन गरिएको छ । साहित्य (गद्य) विभागमा प्रकाश तिवारीजस्ता विना योग्यताका मान्छेलाई मनोनयन गरिएको छ ।

यो पनि ७ जनाको टोली छ । भाषा (मातृभाषा, कोश तथा व्याकरण) भन्ने विभागमा दुई जना सल्लाहकार राखेर १२ जनाको जम्बो विभाग गठन गरेको छ भने सल्लाहकार भएको व्यक्ति भाषा आयोगको सदस्य रहेको पाइएको छ ।


 भाषा आयोगको सदस्य भएर प्रतिष्ठानको विभागमा सल्लाहकार सदस्य हुनु कुनै नैतिकताको कुरो हो ? भाषा (नेपाली भाषा, कोश तथा व्याकरण) विभागमा त झन् पदीय दुरुपयोगको चरम अनुभूति पाइन्छ । एकातिर भाषा आयोगका अध्यक्षलाई सल्लाहकार बनाइएको छ भने अर्कोतिर बौद्धिक चोरी गरेका व्यक्तिलाई अर्को सल्लाहकार बनाइएको छ ।

प्रज्ञा–प्रतिष्ठानको बैठक सङ्ख्या ४८÷०७९ को निर्णय नं. १९ बाट दोषी करार गरी कारबाही गरिएका व्यक्तिलाई विभागको सल्लाहकार बनाउने निर्णय पदीय दुरुपयोगको चरम अभिव्यक्ति भएको आरोप छ । खगेन्द्र लुइटेलसँग सम्बन्धित निर्णय यस प्रकार छ :

प्रस्ताव नं. १९ : छानबिन समितिको प्रतिवेदन सम्बन्धमा ।
निर्णय नं. १९ :


डा. खगेन्द्रप्रसाद लुइटेलद्वारा लिखित एवम् नेपाल प्रज्ञा–प्रतिष्ठानद्वारा प्रकाशित पुस्तकहरूमा नेपाल प्रज्ञा–प्रतिष्ठानसमेतको मिलेमतोमा लेखक लुइटेलद्वारा बौद्धिक चोरी गरिएको भनी २०७७ असोज १६ गते शुक्रवारका दिन ‘लोकसंवाद’ अनलाइन समाचार पत्रिकामा छापिएको समाचारबारे सत्यतथ्य छानबिन गरी प्रतिवेदन प्रस्तुत गर्न मिति २०७७ असोज १८ गते बसेको नेपाल प्रज्ञा–प्रतिष्ठान, प्राज्ञ परिषद्को बैठक सङ्ख्या–२१/०७७ को निर्णय नं. ३० अनुसार प्राज्ञ परिषद् सदस्य प्रा. दिनेशराज पन्तको संयोजकत्वमा प्राज्ञ परिषद् सदस्यद्वय प्रा.डा. हेमनाथ पौडेल र प्रा.डा. गोपीन्द्र पौडेल सदस्य रहनुभएको समिति गठन गरिएकोमा उक्त समितिले कुलपतिज्यूलाई सम्बोधन गरी मिति २०७९ श्रावण ३१ गते मङ्गलवार प्रतिवेदन प्रस्तुत गरेको बेहोरा बैठकले अवगत ग¥यो ।


उक्त प्रतिवेदनमा लेखक लुइटेलद्वारा लिखित र नेपाल प्रज्ञा–प्रतिष्ठानद्वारा प्रकाशित विभिन्न पुस्तकहरूमा नेपालको प्रतिलिपि अधिकार ऐन/नियमको प्रतिकूल हुने गरी तथा प्रचलित शोधविधिको अवलम्बन नगरी लेखकले आफ्नै पूर्व प्रकाशित पुस्तकहरूबाट समेत अनेकौँ पृष्ठ हुबहु उतार गरेको पाइएको भनी औँल्याइएकाले निजबाट उक्त पुस्तकहरूमा विधिसम्मत हुने गरी परिमार्जन नभएसम्म उक्त पुस्तकहरू पुनः प्रकाशन नगर्ने र साबिकका पुस्तकहरूको समेत बिक्री–वितरण नगर्ने निर्णय गरियो ।


 साथै यस प्रतिवेदनलाई नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति, उपकुलपति र सदस्य सचिवको निजी सचिवालय एवम् प्रज्ञा पुस्तकालयमा अभिलेखका रूपमा सुरक्षित राख्ने र कसैले प्रतिलिपि लिन चाहेमा सूचनाको हकसम्बन्धी प्रचलित विधि÷व्यवस्थाअनुसार निर्धारित शुल्क तिरी प्रज्ञा पुस्तकालयबाट लिन पाउने व्यवस्था मिलाउने समेत निर्णय गरियो ।


आगामी दिनमा नेपाल प्रज्ञा–प्रतिष्ठानका केन्द्रीय र विभागीय योजनाअन्तर्गत सञ्चालन हुने अनुसन्धान परियोजना र प्रकाशन हुने ग्रन्थहरूका सम्बन्धमा अनुसन्धाता र लेखकहरूबाट आफ्ना अनुसन्धान र ग्रन्थहरूमा प्रचलित शोधविधिलाई पूर्णतः अवलम्बन गरिएको र प्रतिलिपि अधिकार ऐन÷नियमको अक्षरशः पालना गरिएको प्रतिबद्धता–पत्र लिएर मात्र अनुसन्धान प्रतिवेदन स्वीकृतिसहित प्रकाशन गर्ने निर्णय गरियो ।  

मनोनयनमा यसरी भयो मनोमानी

पत्रपत्रिको सम्पादक मण्डल गठनमा समेत मनोमानी निर्णय गरेको देखिएको छ । कुलपति प्रधान सम्पादक रहेको जर्नल अफ नेप्लिज स्टडिज्को सम्पादक र कार्यकारी सम्पादकमा खाली राखिएको छ । प्रज्ञा पत्रिकाको सम्पादक मण्डलमा ६ जना राखिएको छ । समकालीन साहित्यको सम्पादक ५ जना राखिएको छ । कविता पत्रिकाको सम्पादकमा ६ जना राखिएको छ । सयपत्री पत्रिकामा ६ जना सम्पादक राखिएको छ ।


बालप्रज्ञाको तयारी ५ अंक छाप्न रोक्नुका साथै त्यसको लालपाते नामकरण गर्ने पनि अख्यिारको दुरुपयोग हो । बालप्रज्ञा ५ को कार्यकारी सम्पादक, लेखकहरूले पैसा खाइसकेका छन् प्लेट बनिसकेको बुझिएको छ तर त्यो छाप्न रोक लगाइएको छ । अवेषण भन्ने नयाँ पत्रिकामा ६ जना सम्पादक राखेको छ । दवङरा नामको नयाँ पत्रिकामा पनि सल्लाहकार समेत गरी ७ जना सम्पादक राखेको छ । प्रज्ञा–गतिविधिको त झन वितण्डा छ ।

यो नितान्त प्रतिष्ठानको आन्तरिक गतिविधियुक्त पत्रिका हो । यसमा अनावश्यक र असम्बन्धित मान्छेहरूको झुन्ड राखिएको छ । जसमा डा. खेमराज खना, रामहरि श्रेष्ठ, शशीराम कार्की, ईश्वर बुढाथोकी, सुमित्रा बाङ्देल चेली छन् । यी कुनै प्रतिष्ठानसँग सम्बन्धित व्यक्ति होइनन् ।


यसरी प्रतिष्ठानमा राज्य दोहन गरिएको देखिन्छ । विभागमा अधितम ५ जना र पत्रिकाका सम्पादकमा अधिकतम ४ जना हुनुपर्नेपर्नेमा व्ययभार थप्ने र पैसा खाने÷खुवाउने हिसाबले जम्बो विभाग र सम्पादक मण्डल बनाएर अख्तियारको दुरुपयोग गरेको पाइएको छ ।


विभागको वा सम्पादक मण्डलको बैठकमा उपस्थिति भएबापत प्रत्येक व्यक्तिलाई १२०० भत्ता दिने नियम छ भने खाजासमेत खुवाउने प्रचलन रहेको बुझिन्छ । यसरी हेर्दा ३०० को खाजा १२०० सय भत्ता हुँदा प्रतिव्यक्ति १५०० सय खर्च हुन्छ । यो बैठक महिनाको १ पटक मात्र बस्दा प्रतिव्यक्ति १८००० खर्च हुन्छ ।

सम्पूर्ण विभाग र सम्पादक गरी अहिलेसम्म १३० जनालाई मनोनयन गरिएको छ । यसबाट नेपाल प्रज्ञा–प्रतिष्ठानलाई वार्षिक २३,४०,००० (तेइस लाख चालिस हजार) व्ययभार पर्ने देखिन्छ । यसबाट कार्यकर्तालाई सोझै पैसा खुवाउने रणनीति हो भन्ने बुझिन्छ ।

यो अख्तियारको चरम दुरुपयोग हो । यसै गरी विभाग र सम्पादकमा रहेका व्यक्तिको योग्यता र क्षमता पुगेको छ छैन भनी कुनै व्यक्तिगत विवरण समेत खोजी गरिएको छैन । चिनजानका नाममा असम्बन्धित मान्छेलाई भत्ता खुवाउने उद्देश्यले गरिएको यस प्रकारको अनैतिक र गैरकानुनी कार्य रोक्न माग गर्दछु । अगिल्लो परिषद्ले गठन गरेको विभाग र हाल परिषद्ले गरेको विभाग तुलना गरी हेरौँ । यसैबाट अख्तियारको चरम दुरुपयोग भन्ने बुझ्न सकिन्छ :

नेपाल प्रज्ञा–प्रतिष्ठानको मिति २०७९ फागुन ८ गते बसेको प्राज्ञ परिषद्को पहिलो बैठकद्वारा प्रज्ञा–प्रतिष्ठान अन्तर्गत क्रियाशील प्राज्ञिक विभागहरू देहायअनुसार गठन गरिएको छः

(लिंक क्लिक गराैं)

अगिल्लो परिषद्को निर्णय


नेपाल प्रज्ञा–प्रतिष्ठानलाई सल्लाह सुझाब र विज्ञता प्रदान गर्नका लागि अन्तर्गतका विभागहरूमा निम्नानुसार प्रमुख, सदस्य र सल्लाहकार रहने गरी विभागीय समितिहरू गठन गरिएको छ ।


क)    भाषा(नेपाली भाषा, कोश र  व्याकरण)विभाग


कुलपति गङ्गाप्रसाद उप्रेती    प्रमुख
प्राडा चूडामणि बन्धु    सदस्य
प्राडा माधवप्रसाद पोखरेल    सदस्य
डा तुलसीप्रसाद भट्टरार्ई    सदस्य\


ख)    संस्कृति विभाग


उपकुलपति डा जगमान गुरुङ    प्रमुख
प्राडा डिल्ली ओली    सदस्य
डा कविता श्रेष्ठ    सदस्य
फुपूछिरी शेर्पा    सदस्य
रेहाना बानु सैयद    सदस्य
अशोक थारू    आमन्त्रित सदस्य
प्राडा पेशल दाहाल    सल्लाहकार

ग)    दर्शनशास्त्र विभाग


प्रा जगत्प्रसाद उपाध्याय    प्रमुख
विष्णु प्रभात    सदस्य
 गोपीरमण उपाध्याय    सदस्य
प्रा पद्मप्रसाद भट्टराई    सदस्य

घ)    सामाजिक शास्त्र विभाग


प्रा. दिनेशराज पन्त    प्रमुख
प्रा.डा. त्रिरत्ननारायण मानन्धर    सदस्य
    
प्रा.डा. प्रेमकुमार खत्री    सदस्य
हिरण्यलाल श्रेष्ठ    सदस्य
 तुलसीप्रसाद उप्रेती    आमन्त्रित सदस्य
 मोदनाथ प्रश्रित    सल्लाहकार

ङ)  भाषा(मातृभाषा, कोश र व्याकरण)  विभाग


प्राडा. योगेन्द्रप्रसाद यादव    प्रमुख
प्रा.डा.नोबलकिशोर राई    सदस्य
सह प्राडा.दुविनन्द ढकाल    सदस्य
अमृत योञ्जन    सदस्य
हंसावती कुर्मी    सदस्य
 बैरागी काइला    सल्लाहकार

च)   साहित्य(पद्य) विभाग


डा. हेमनाथ पौडेल    प्रमुख
शशी लुमुम्बू    सदस्य
डा. गीता त्रिपाठी    सदस्य
वासुदेव अधिकारी    सदस्य
बिन्दा मैनाली    सदस्य
डा. अमर गिरी    सल्लाहकार

छ)    साहित्य (अनुवाद) विभाग


प्रा.डा. उषा ठाकुर    प्रमुख
प्राडा. कृष्णचन्द्र शर्मा    सदस्य
प्रा. रुद्रप्रसाद पौडेल    सदस्य
लेखनाथ गुरागाईं    सदस्य
नवीन चित्रकार    सदस्य
प्रा.ड. ।गोविन्दराज भट्टराई    सल्लाहकार

ज)    साहित्य (गद्यरआख्यान) विभाग


माया ठकुरी    प्रमुख
मञ्जु काँचुली    सदस्य
डा. रजनी ढकाल    सदस्य
डा. धनप्रसाद सुवेदी    सदस्य
बिना थिङ    सदस्य
भागीरथी श्रेष्ठ    सल्लाहकार

झ)    साहित्य (समालोचना र निबन्ध)  विभाग

प्राडा. गोपीन्द्र पौडेल    प्रमुख
प्राडा. रमेश भट्टराई    सदस्य
डा.दुर्गाबहादुर घर्ती    सदस्य
डा.  बिन्दु शर्मा    सदस्य
पुरुषोत्तम रिजाल    सदस्य
निनु चापागाईं    सल्लाहकार

ञ० साहित्य ९मातृभाषा० विभाग
श्री लक्ष्मी माली    प्रमुख
डा। रामदयाल राकेश    सदस्य
श्री कृष्णभक्त बोडे    सदस्य
श्री भोगीराज चाम्लिङ    सदस्य
श्री कृष्णराज सर्वहारी    सदस्य

ट)    साहित्य (लोकवार्ता र बाल साहित्य) विभाग


डा. देवी नेपाल    प्रमुख
नर्मदेश्वरी सत्याल    सदस्य
डा.ध्रुव घिमिरे    सदस्य
नन्दकृष्ण जोशी    सदस्य
प्रेमनाथ अधिकारी    सदस्य
प्राडा. जीवेन्द्र देव गिरी    सल्लाहकार
(स्रोत : प्रतिष्ठानको बेवसाइटबाट)

साँघु निउज