दुइटा वाइडबडी विमान खरिदमा भ्रष्टाचार गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ । अख्तियारले पूर्व पर्यटनमन्त्री जीवनबहादुर शाही, नेपाल वायुसेवा निगमका पूर्व महाप्रबन्धक सुगत कंसाकार, पूर्व पर्यटन सचिव शंकरप्रसाद अधिकारीसहित ३२ जनालाई प्रतिवादी बनाएको छ । अख्तियारले वाइडबडी खरिदमा १ अर्ब ४७ करोड रुपैयाँ भ्रष्टाचार भएको दाबी गरेको छ ।
शिशिर ढुङ्गाना, बुद्धिसागर लामिछाने, टेकनाथ आचार्य, निमानुरु शेर्पा, मुक्तिराम पाण्डे, जीवन सिटौला र अच्युतराज पहाडीलाई पनि अख्तियारले प्रतिवादी बनाएको छ ।
शाही कर्णाली कांग्रेस संसदीय दलका नेता हुन् । तत्कालीन पर्यटनमन्त्री शाही संघीयता कार्यान्वयनपछि मुख्यमन्त्री समेत भएका थिए । कंसाकार भने अहिले सार्वजनिक जिम्मेवारीमा छैनन् ।
प्रतिवादी शिशिर ढुंगाना पूर्व अर्थसचिव हुन् । उनी तत्कालीन समयमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सचिव रहेका बेला वाइडबडी विमान खरिदमा समझदारीपत्र स्वीकृत गर्न गठित समितिका संयोजक थिए ।
त्यसैगरी बुद्धिसागर लामिछाने पर्यटन मन्त्रालयका सहसचिव हुन् । त्यसबेला पनि सहसचिव नै थिए । अहिले उनी पर्यटन मन्त्रालयका तर्फबाट नेपाल नागरिक उड्डयन प्राधिकरण सञ्चालक समिति सदस्य छन् ।
अन्य प्रतिवादीहरू टेकनाथ आचार्य, निमानुरु शेर्पा, मुक्तिराम पाण्डे र अच्युतराज पहाडी त्यसबेला नेपाल वायुसेवा निगम सञ्चालक समिति सदस्य थिए । पहाडी निगमको इन्जिनियरिङ निर्देशकबाट अवकास प्राप्त हुन् । उनी अहिले नेपाल नागरिक उड्डयन प्राधिकरण सञ्चालक समिति सदस्य छन् ।
त्यसैगरी सम्पत्ति शुद्धीकरण विभागका तत्कालीन महानिर्देशक जीवनप्रकाश सिटौला त्यसबेला सरकारका तर्फबाट निगम सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने सदस्य थिए ।
के हो प्रकरण ?
नेपाल वायुसेवा निगमले बजार विस्तारका लागि भन्दै दुइटा वाइडबडी विमान खरिद गर्ने निर्णय गरेको थियो । त्यसक्रममा निगमले अमेरिकाको एएआर इन्टरनेसनल नामक कम्पनी छनाेट गरेको थियो । एउटा कम्पनी छनाेट भएकोमा पछि खरिद समझदारी (एमओयू) गर्ने क्रममा एएआरका साथै जर्मन एभिएसन क्यापिटल र हाइफ्लाई एरोज पोर्चुगल कम्पनी मिसिए ।
तीनवटा कम्पनीको कन्सोर्टियम बनाएर विमान खरिद-बिक्री सम्झौता भएको थियो । यी तीनवटै कम्पनीले आयरल्यान्डमा हाइफ्लाई एक्स नामक कम्पनी स्थापना गरे । निगमले विमान खरिदका लागि उसैसँग सम्झौता गरेको थियो ।
विमान तयार भएपछि रकम भुक्तानी गर्न जर्मनीकै नटर्न रोज फुलब्राइट नामक कम्पनीसँग सम्झौता भएको थियो । दुइटा पक्षले विश्वास गरेको तेस्रो पक्षको खाता, जसलाई एस्क्रो खाता भनिन्छ, मा रकम राखी सम्झौता अनुसार काम भएको भनी भुक्तानी गरिएको थियो । वायुसेवा निगमले कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषबाट ऋण लिएर करिब २४ अर्ब रुपैयाँमा दुइटा वाइडबडी विमान खरिद गरेको थियो ।
२१ फेब्रुअरी २०१७ (१० फागुन २०७३) मा स्थापित उक्त कम्पनीले युराेपकाे एयरबस कम्पनीबाट दुई वाइडवडी विमान खरिद गरी २४ अर्ब रुपैयाँमा निगमलाई बेचेको थियाे ।
१ मार्च २०१७ (१८ फागुन २०७३) मा बैना स्वरूप १० लाख अमेरिकी डलर भुक्तानी गरेको निगमले १९ जुन २०१७ (५ असार २०७४) मा थप ७ करोड ९० लाख भुक्तानी गरेको थियो । २८ जुन २०१८ (१४ असार २०७५) र २६ जुलाई (१० साउन २०७५) मा नेपालमा दुइटा वाइडबडी विमान ल्याइएको थियो ।
एउटा कम्पनीलाई टेन्डरमा छनाेट गर्ने, थप दुई कम्पनी जोडिएको कन्सोर्टियमसँग समझदारी मार्फत अर्कै खातामा रकम भुक्तानी गरेपछि वाइडबडी विमान खरिद प्रक्रिया विवादमा परेको थियो । प्रश्न उठेपछि यसबारे अध्ययन गर्न प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिले उपसमिति नै गठन गरेको थियो ।
सांसद राजन केसीको संयोजकत्वमा गठित उपसमितिले २०७५ पुस तेस्रो साता बुझाएको प्रतिवेदनमा दुइटा वाइडबडी विमान खरिदमा ४ अर्ब ३५ करोड ५६ लाख रुपैयाँ अनियमितता भएको निष्कर्ष छ । उसले एयरबस र नेपाल वायुसेवा निगमको बीचमा खडा गरिएको हाइफ्लाई एक्स नामक कम्पनीबीचको अपारदर्शी कारोबार भएकाले त्यो खुलेमा अनियमितताको अंक थप स्पष्ट हुने औंल्याएको थियो ।
लेखा समितिले उडान भर्दाको अधिकतम तौल, मूल्यवृद्धिको अनुपात, गलत लागत अनुमान तयार गरिएको लगायत आधार देखाइ अनियमितता भएको दाबी गरेको थियो । सोझै उत्पादकसँग खरिद नभएको, आशयपत्रका सर्तहरू दुराशययुक्त रहेको औंल्याएको थियो ।
विमानको क्षमता घटाइएको, बिचौलिया कम्पनी खडा गरिएको, शंकास्पद कारोबार भएको, उत्पादन नम्बर फेरिएको, खरिद कानुन उल्लंघन भएको अनि कबोल गरिएको मूल्यमा वृद्धि भएको भन्दै अनियमितता भएको निष्कर्ष निकालेको थियो ।
त्यतिबेला सार्वजनिक लेखा समितिले शीर्षक नै तोकेर अनियमितताको ग्राफ सार्वजनिक गरेको थियो । समितिको दाबी अनुसार तोकिएभन्दा कम तौल क्षमताको विमान खरिद गर्दा निगमलाई करिब ९२ करोड रुपैयाँ क्षति पुगेको थियो । कम तौल लगायत कारण अस्ट्रेलियाको सिड्नी लगायत गन्तव्यमा सोझो उडान भर्न सम्भव नहुने भन्दै उपसमितिले त्यसले निगमलाई दीर्घकालीन नोक्सानी हुने ठम्याएको थियो ।
नेपाल वायुसेवा निगमका महाप्रबन्धकसमेतको मिलेमतोमा A330-200 विमान खरिदमा भएको अनियमितताको छानबिन गरी पाउँ भन्ने उजुरी निवेदन सम्बन्धमा अनुसन्धान हुँदा विमान बिक्रेता/आपूर्तिकर्ताको तर्फबाट Consortium Partner हरु AAR International INC., German Aviation Capital GMBM र Hi Fly-Transporte Aereos SA (Hi Fly Airlines); Consortium ले Special Purpose Company (SPC) को रुपमा नियुक्त गरेको Hifly X Ireland Limited; उल्लिखित Consortium तथा Special Purpose Company ले नेपाल वायुसेवा निगमबाट विमानको रकम प्राप्त गरी Fund Management गर्न Escrow Agent को रुपमा नियुक्त गरेको Norton Rose Fulbright LLP तथा ऐ.ऐ कम्पनीका प्रतिनिधिहरु र खरिदकर्ता नेपाल वायुसेवा निगमका कर्मचारी/पदाधिकारीहरुको प्रत्यक्ष संलग्नता र मिलेमतोमा बदनियत राखी कार्य गरी/गराई सार्वजनिक संस्था नेपाल वायुसेवा निगमलाई प्रत्यक्ष रुपमा अमेरिकी डलर १,३३,८८,१०९.६० (एक करोड तेत्तीस लाख अठासी हजार एक सय नौ दशमलव साठी) अर्थात अन्तिम भुक्तानी दिएको मितिको सटही दरको आधारमा रु. १,४७,१०,८५,४८२।८५ (एक अर्व सत्चालीस करोड दश लाख पचासी हजार चार सय बयासी रुपैयाँ पचासी पैसा) प्रतिवादीहरुले गैरकानूनी रुपमा सार्वजनिक संस्थालाई हानिनोक्सानी पुर्याउने र आफूहरुलाई गैरकानूनी लाभ पुर्याउने कार्य गरे/गराएको पुष्टि भएको हुँदा उल्लिखित भ्रष्टाचारजन्य कसुरमा संलग्न देहायका प्रतिवादीहरू उपर देहाय बमोजिमको सजाय हुन मागदाबी लिई आज विशेष अदालत, काठमाडौँमा आरोप पत्र दायर गरिएको छ।
देहाय:-
- संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका तत्कालीन मन्त्री तथा हाल कर्णाली प्रदेशका प्रदेशसभा सदस्य जीवन बहादुर शाहीले विमान खरिद कार्य प्रचलित सार्वजनिक खरिद ऐन, २०६३ र सो अन्तर्गत बनेको सार्वजनिक खरिद नियमावली, 2064 समेतको विपरीत रहेको तथ्यलाई अनदेखा गरी नेपाल वायुसेवा निगमलाई गैरकानूनी हानी पुर्याउने बद्नियतसाथ MoU मा कानून विपरीतको Price Escalation को सर्त र विमानको Major Technical Specification भारवहन क्षमता (MTOW) लाई 242 tons बाट 230 tons मा कायम गर्ने तर भुक्तानी भने 242 tons कै गर्नेगरी राखेका प्रावधानलाई बदर गराउन/सँच्याउन विभागीय मन्त्रीको हैसियतमा निर्देशन दिनुपर्नेमा सोसमेत नगरी/नगराई प्रस्तावदाता र निगमका कर्मचारी/पदाधिकारीसँगको मिलेमतोमा नियमानुसारको बैंक जमानत/सुरक्षण बिना नै Commitment Fee भुक्तानीको लागि डलर सटही सुविधाको सिफारिस गरेको, कानुन विपरीतको MoU लाई बैधानिकता प्रदान गरेको, बैंक जमानत/सुरक्षण बिना नै Commitment Fee भुक्तानी गर्नेगरी निजबाट भएको निर्णयले निजको उत्तराधिकारीको रुपमा आउने कुनैपनि पदाधिकारी वा निकायले सो MoU बदर गर्दा नेपाल वायुसेवा निगमले Commitment Fee पनि गुमाउनुपर्ने र विमान पनि प्राप्त नहुने जस्ता दोहोरो जोखिममा पार्ने अवस्था सिर्जना गरे/गराएको; निजले गरेको उक्त कार्यबाट Price Escalation वापत आपूर्तिकर्तालाई भुक्तानी गरेको अमेरिकी डलर ६,७८८,१०९.६०(सतसठ्ठी लाख अठासी हजार एक सय नौ दशमलव साठी अमेरिकी डलर) अर्थात रु.७४,५८,७७,४८२।८५(चौरहत्तर करोड अन्ठाउन्न लाख सतहत्तर हजार चार सय बयासी रुपैया पचासी पैसा) र MTOW 230 tons आपूर्ति गरेता पनि आपूर्तिकर्तालाई MTOW 242 tons कै मूल्य भुक्तानी गरेको अमेरिकी डलर ६६,००,०००.00(छैसठ्ठी लाख अमेरिकी डलर) अर्थात रु.७२,५२,०८,०००।–(बहत्तर करोड बाउन्न लाख आठ हजार रुपैया) गरी जम्मा अमेरिकी डलर १,३३,८८,१०९.६०(एक करोड तेत्तीस लाख अठासी हजार एक सय नौ दशमलव साठी अमेरिकी डलर) अर्थात रु. १,४७,१०,८५,४८२।८५ बढी भुक्तानी दिई लिई MTOW बढाउँदा लाग्ने थप रकमको दायित्व सिर्जना गरी/गराई निज जीवन वहादुर शाहीले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा 8 को उपदफा (१) को देहाय (क), (घ) र (ञ) बमोजिमको कसुरजन्य कार्य गरेको पुष्टि भएको हुँदा निजलाई जम्मा बिगो अमेरिकी डलर १,३३,८८,१०९.६०(एक करोड तेत्तीस लाख अठासी हजार एक सय नौ दशमलव साठी अमेरिकी डलर) अर्थात अन्तिम भुक्तानी दिएको मितिको सटही दरको आधारमा रु. १,४७,१०,८५,४८२।८५ (एक अर्व सत्चालीस करोड दश लाख पचासी हजार चार सय बयासी रुपैयाँ पचासी पैसा) कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा 8 को उपदफा (१) बमोजिम कैद र बिगो बमोजिम जरिवाना सजाय गरी बिगो असुल उपर हुन साथै निज जीवन बहादुर शाहीले राष्ट्रपतिबाट नियुक्ती लिई संघिय मन्त्री पदमा रही भ्रष्टाचार निवारण ऐन, २०५९ को परिच्छेद २ (भ्रष्टाचारको कसुर र सजाय सम्बन्धी व्यवस्था) अन्तर्गतका माथि उल्लेखित मागदाबी बमोजिमको कसुर गरेको हुँदा निजलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २४ बमोजिम थप सजाय हुन मागदाबी लिइएको छ।
- नेपाल वायुसेवा निगमका कार्यकारी प्रमुखको भूमिकामा रहेका तत्कालीन महाप्रवन्धक एवं संचालक समिति सदस्य सुगतरत्न कंसाकारले सार्वजनिक खरिद ऐन, २०६३ को दफा ३ बमोजिम सो ऐनले व्यवस्थित गरेकo कार्यविधि विपरीत रहेको नेपाल वायुसेवा निगम आर्थिक विनियमावली, २०६५ को विनियम २३६ संशोधन नगरी नगराई; सार्वजनिक खरिद ऐन, २०६३ ले निर्धारण गरेका कार्यविधि र सो अनुरुपको Standard Bidding Document विपरीतको Request for Proposal Document तयार गरी/स्वीकृत गरी गराई; Request for Proposal Document मा विमानको प्राविधिक स्पेसिफिकेशन र सोलाई मापन गर्ने स्पष्ट नर्म्स/मापदण्ड नखुलाई, सार्वजनिक खरिद ऐन, २०६३ ले निर्धारण गरेका कार्यविधि विपरीत र पुष्ट्याईँको आधार बिना/मनासिव कारण बिना लागत इष्टिमेट अस्वभाविक रुपमा बढाएर बढी लागत अनुमान तयार गरे गराएको, त्यसैगरी Request for Proposal Document विपरीत Price Escalation को सर्त समावेश AAR Corp को Conditional प्रस्तावलाई अपारदर्शी रुपमा स्वीकार गरी; सार्वजनिक खरिद ऐन, २०६३ को दफा 25 अनुसार Non-responsive रहेको AAR Corp को प्रस्तावलाई प्रस्तावदातासँगको मिलेमतोमा Responsive ठहर गरी; सार्वजनिक खरिद ऐन, २०६३ ले मालसामान खरिदमा परिकल्पनामा नै नगरेको Negotiation(वार्ता) को माध्यमबाट प्रस्तावदाताको स्वार्थ अनुकुल सम्झौताका सम्पूर्ण सर्तहरु तय गरी/गराई त्यस्ता सर्तहरुलाई MOU र Sales and Purchases Agreement मा समावेश गरी/गराई; प्रस्तावदाताका प्रतिनिधिसँगको मिलेमतोमा विमानको Major Technical Specification भारवहन क्षमता (MTOW ) लाई 242 tons बाट 230 tons मा घटाई; विमानलाई Long Range Non Stop Flight गर्न असक्षम बनाई रकम भुक्तानी भने प्रस्तावदाताले प्रस्ताव गरेको MTOW 242 tons को मूल्य नै भुक्तानी गरी/गराई तथा आपूर्तिकर्ताका प्रतिनिधिसँगको मिलेमतोमा सार्वजनिक खरिद ऐन, 2063 र Request for Proposal(RFP) Document विपरीतको Price Escalation को रकम समेत आपुर्तिकर्तालाई भुक्तानी गरी/गराई Price Escalation वापत आपूर्तिकर्तालाई भुक्तानी गरेको अमेरिकी डलर ६७,८८,१०९.६० अर्थात रु.७४,५८,७७,४८२।८५ र MTOW 230 tons आपूर्ति गरेता पनि आपूर्तिकर्तालाई MTOW 242 tons कै मूल्य भुक्तानी गरेको अमेरिकी डलर ६६,००,०००.00 अर्थात रु.७२,५२,०८,०००।- गरी जम्मा अमेरिकी डलर १,३३,८८,१०९.६० अर्थात रु. १,४७,१०,८५,४८२।८५ बढी भुक्तानी दिई लिई; MTOW बढाउँदा लाग्ने थप रकमको दायित्व सिर्जना गरी/गराई निज सुगतरत्न कंसाकारले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा 8 को उपदफा (१) को देहाय (क), (घ) र (ञ) बमोजिमको कसुरजन्य कार्य गरेको पुष्टि भएको हुँदा निजलाई जम्मा बिगो अमेरिकी डलर १,३३,८८,१०९.६० (एक करोड तेत्तीस लाख अठासी हजार एक सय नौ दशमलव साठी अमेरिकी डलर) अर्थात अन्तिम भुक्तानी दिएको मितिको सटही दरको आधारमा रु.१,४७,१०,८५,४८२।८५ (एक अर्व सत्चालीस करोड दश लाख पचासी हजार चारसय बयासी रुपैयाँ पचासी पैसा) कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा 8 को उपदफा (१) बमोजिम कैद र बिगो बमोजिम जरिवाना सजाय गरी बिगो असुल उपर हुन त्यसैगरी निज सुगतरत्न कंसाकारले आफ्नै संयोजकत्वको उपसमितिबाट बद्नियत पूर्वक सार्वजनिक खरिद ऐन, 2063, सार्वजनिक खरिद नियमावली, 2064 सहितको प्रचलित खरिद सम्वन्धि कानुनहरु विपरीतको Request For Proposal Document सहित गलत लिखत तयार गरी/गराई सोही बमोजिम खरिद कार्य गरी गराई नेपाल वायुसेवा निगमलाई हानी नोक्सानीसमेत पुर्याएको पुष्टि भएकोबाट निज सुगतरत्न कंसाकारको उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ९ बमोजिमको कसुर जन्य कार्य भएको हुँदा निजलाई सोही ऐनको दफा 9 बमोजिमसमेत कैद र जरिवाना सजाय हुन मागदाबी लिइएको छ।
साथै प्रतिवादी सुगतरत्न कंसाकारले नेपाल वायुसेवा निगमको तत्कालीन महाप्रवन्धक (कार्यकारी प्रमुख) एवं संचालक सदस्यको पदमा रही भ्रष्टाचार निवारण ऐन, २०५९ को परिच्छेद २ (भ्रष्टाचारको कसुर र सजाय सम्बन्धी व्यवस्था) अन्तर्गतका माथि उल्लेखित मागदाबी बमोजिमको कसुर गरेको हुँदा निजलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २४ बमोजिम थप सजाय हुन मागदाबीसमेत लिइएको छ। - सँस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका तत्कालीन सचिव एवं नेपाल वायुसेवा निगमका तत्कालीन संचालक समिति अध्यक्ष शंकर प्रसाद अधिकारीले सार्वजनिक खरिद ऐन, २०६३ को दफा ३ बमोजिम सो ऐनले व्यवस्थित गरेका कार्यविधि विपरीत रहेको नेपाल वायुसेवा निगम आर्थिक विनियमावली, २०६५ को विनियम २३६ संशोधन नगरी नगराई; सार्वजनिक खरिद ऐन, २०६३ ले निर्धारण गरेका कार्यविधि र सो अनुरुपको Standard Bidding Document विपरीतको Request for Proposal Document स्वीकृत गरी गराई; Request for Proposal Document मा विमानको प्राविधिक स्पेसिफिकेशन र सोलाई मापन गर्ने स्पष्ट नर्म्स/मापदण्ड नखुलाई, सार्वजनिक खरिद ऐन, २०६३ ले निर्धारण गरेका कार्यविधि विपरीत र पुष्ट्याईँको आधार बिना/मनासिव कारण बिना अस्वभाविक रुपमा बढाएको लागत इष्टिमेटलाई स्वीकृति दिई; Request for Proposal Document विपरीत Price Escalation को सर्त समावेश AAR Corp को Conditional प्रस्तावलाई अपारदर्शी रुपमा स्वीकार गरी; सार्वजनिक खरिद ऐन, २०६३ अनुसार Non-responsive रहेको AAR Corp को प्रस्तावलाई प्रस्तावदातासंगको मिलेमतोमा Responsive ठहर गरी; सार्वजनिक खरिद ऐन, २०६३ विपरीत Negotiation(वार्ता) को माध्यमबाट प्रस्तावदाताको स्वार्थ अनुकुल सम्झौताका सम्पूर्ण सर्तहरुलाई MoU र Sales and Purchases Agreement मा समावेश गरी गराई; प्रस्तावदाताका प्रतिनिधिसंगको मिलेमतोमा विमानको Major Technical Specification भारवहन क्षमता (MTOW ) लाई 242 tons बाट 230 tons मा घटाई; विमानलाई Long Range Non Stop Flight गर्न असक्षम बनाई रकम भुक्तानी भने प्रस्तावदाताले प्रस्ताव गरेको MTOW 242 tons विमान कै रकम MTOW 230 tons को विमान वापत भुक्तानी गरी गराई तथा आपूर्तिकर्ताका प्रतिनिधिसंगको मिलेमतोमा कानुन विपरीतको Price Escalation को रकम समेत आपुर्तिकर्तालाई भुक्तानी गरी/गराई; Price Escalation वापत आपूर्तिकर्तालाई भुक्तानी गरेको अमेरिकी डलर ६७,८८,१०९.६० अर्थात रु.७४,५८,७७,४८२।८५ र MTOW 230 tons आपूर्ति गरेता पनि आपूर्तिकर्तालाई MTOW 242 tons कै मूल्य भुक्तानी गरेको अमेरिकी डलर ६६,००,०००.00 अर्थात रु. ७२,५२,०८,०००।–गरी जम्मा अमेरिकी डलर १,३३,८८,१०९.६० अर्थात रु. १,४७,१०,८५,४८२।८५ बढी भुक्तानी दिई लिई; MTOW बढाउँदा लाग्ने थप रकमको दायित्व सिर्जना गरी/गराई निज शंकर प्रसाद अधिकारीले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा 8 को उपदफा (१) को देहाय (क), (घ) र (ञ) बमोजिमको कसुरजन्य कार्य गरेको पुष्टि भएको हुँदा निजलाई जम्मा बिगो अमेरिकी डलर १,३३,८८,१०९.६०(एक करोड तेत्तीस लाख अठासी हजार एक सय नौ दशमलव साठी अमेरिकी डलर) अर्थात अन्तिम भुक्तानी दिएको मितिको सटही दरको आधारमा रु. १,४७,१०,८५,४८२।८५ (एक अर्व सत्चालीस करोड दश लाख पचासी हजार चारसय बयासी रुपैयाँ पचासी पैसा) कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा 8 को उपदफा (१) बमोजिम कैद र बिगो बमोजिम जरिवाना सजाय गरी बिगो असुल उपर हुन साथै निज शंकर प्रसाद अधिकारीले नेपाल वायुसेवा निगमको सर्वोच्च निकाय संचालक समितिको अध्यक्ष एवं नेपाल सरकारको विशिष्ट श्रेणीको सचिव पदमा रही भ्रष्टाचार निवारण ऐन, २०५९ को परिच्छेद २ (भ्रष्टाचारको कसुर र सजाय सम्बन्धी व्यवस्था) अन्तर्गतका माथि उल्लेखित मागदाबी बमोजिमको कसुर गरेको हुँदा निजलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २४ बमोजिम थप सजाय हुनसमेत मागदाबी लिइएको छ।
- भन्सार विभागका तत्कालीन महानिर्देशक एवं नेपाल वायुसेवा निगमका तत्कालीन संचालक समिति सदस्य शिशिर कुमार ढुङ्गाना, सँस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव एवं नेपाल वायुसेवा निगमका तत्कालीन संचालक समितिका सदस्य बुद्धिसागर लामिछाने, नेपाल वायुसेवा निगमका तत्कालीन संचालक समिति सदस्य टेकनाथ आचार्य, नेपाल वायुसेवा निगमका तत्कालीन संचालक समिति सदस्य निमा नुरु शेर्पा, नेपाल वायुसेवा निगमका तत्कालीन संचालक समिति सदस्य मुक्तिराम पाण्डेले सार्वजनिक खरिद ऐन, २०६३ को दफा ३ बमोजिम सो ऐनले व्यवस्थित गरेका कार्यविधि विपरीत रहेको नेपाल वायुसेवा निगम आर्थिक विनियमावली, २०६५ को विनियम २३६ संशोधन नगरी नगराई; सार्वजनिक खरिद ऐन, २०६३ ले निर्धारण गरेका कार्यविधि र सो अनुरुपको Standard Bidding Document विपरीतको Request for Proposal Document स्वीकृत गरी गराई; Request for Proposal Document मा विमानको प्राविधिक स्पेसिफिकेशन र सोलाई मापन गर्ने स्पष्ट नर्म्स/मापदण्ड नखुलाई, सार्वजनिक खरिद ऐन, २०६३ ले निर्धारण गरेका कार्यविधि विपरीत र पुष्ट्याईँको आधार बिना/मनासिव कारण बिना अस्वभाविक रुपमा बढाएको लागत इष्टिमेटलाई स्वीकृति दिई; Request for Proposal Document विपरीत Price Escalation को सर्त समावेश AAR Corp को Conditional प्रस्तावलाई अपारदर्शी रुपमा स्वीकार गरी गराई; सार्वजनिक खरिद ऐन, २०६३ अनुसार Non-responsive रहेको AAR Corp को प्रस्तावलाई प्रस्तावदातासंगको मिलेमतोमा Responsive ठहर गरी; सार्वजनिक खरिद ऐन, २०६३ विपरीत Negotiation को माध्यमबाट प्रस्तावदाताको स्वार्थ अनुकुल सम्झौताका सम्पूर्ण सर्तहरुलाई MOU र Sales and Purchases Agreement मा समावेश गरी गराई; प्रस्तावदाताका प्रतिनिधिसंगको मिलेमतोमा विमानको Major Technical Specification भारवहन क्षमता (MTOW ) लाई 242 tons बाट 230 tons मा घटाई; विमानलाई Long Range Non Stop Flight गर्न असक्षम बनाई रकम भुक्तानी भने प्रस्तावदाताले प्रस्ताव गरेको MTOW 242 tons कै मूल्य MTOW 230 tons वापतको रकम आपुर्तिकर्तालाई भुक्तानी गरी/गर्ने दायित्व सिर्जना गरी गराई; सोही बमोजिम Price Escalation वापत आपूर्तिकर्तालाई भुक्तानी गरेको अमेरिकी डलर ६७,८८,१०९.६० अर्थात रु.७४,५८,७७,४८२।८५ र MTOW 230 tons आपूर्ति गरेता पनि आपूर्तिकर्तालाई MTOW 242 tons कै मूल्य भुक्तानी गरेको अमेरिकी डलर ६६,००,०००.00 अर्थात रु. ७२,५२,०८,०००।- गरी जम्मा अमेरिकी डलर १,३३,८८,१०९.६० अर्थात रु.१,४७,१०,८५,४८२।८५ बढी भुक्तानी दिई लिई; MTOW बढाउँदा लाग्ने थप रकमको दायित्व सिर्जना गरी/गराई निजहरु शिशिर कुमार ढुङ्गाना, बुद्धिसागर लामिछाने, टेकनाथ आचार्य, निमा नुरु शेर्पा र मुक्तिराम पाण्डेले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा 8 को उपदफा (१) को देहाय (क), (घ) र (ञ) बमोजिमको कसुरजन्य कार्य गरेको पुष्टि भएको हुँदा निजहरुलाई जम्मा बिगो अमेरिकी डलर १,३३,८८,१०९.६०(एक करोड तेत्तीस लाख अठासी हजार एक सय नौ दशमलव साठी अमेरिकी डलर) अर्थात अन्तिम भुक्तानी दिएको मितिको सटही दरको आधारमा रु. १,४७,१०,८५,४८२।८५ (एक अर्व सत्चालीस करोड दश लाख पचासी हजार चारसय बयासी रुपैयाँ पचासी पैसा) कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा 8 को उपदफा (१) बमोजिम कैद र बिगो बमोजिम जरिवाना सजाय गरी बिगो असुल उपर हुन मागदाबी लिइएको छ।
- सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागका तत्कालीन महानिर्देशक एवं नेपाल वायुसेवा निगमका तत्कालीन संचालक समिति सदस्य जीवन प्रकाश सिटौला र नेपाल वायुसेवा निगमका तत्कालीन संचालक समिति सदस्य भई हाल नेपाल नागरिक उड्डयन प्राधिकरणका संचालक समिति सदस्य अच्युतराज पहाडीले सार्वजनिक खरिद ऐन, २०६३ को दफा ३ बमोजिम सो ऐनले व्यवस्थित गरेका कार्यविधि विपरीत रहेको नेपाल वायुसेवा निगम आर्थिक विनियमावली, २०६५ को विनियम २३६ अनुरुप भएको विमान खरिद प्रक्रियालाई समर्थन गरी/सहमती जनाई; सार्वजनिक खरिद ऐन, २०६३ विपरीत र Request for Proposal Document विपरीत प्रस्तावदाताको Price Escalation को सर्तलाई समर्थन गरी/सहमती जनाई; सार्वजनिक खरिद ऐन, २०६३ विपरीत Negotiation(वार्ता) को माध्यमबाट प्रस्तावदाताको स्वार्थ अनुकुल सम्झौताका सम्पूर्ण सर्तहरु तय गरी गराई आफू तथा प्रस्तावदातालाई गैरकानूनी लाभ र नेपाल वायुसेवा निगमलाई हानी पुर्याउने बद्नियतसाथ त्यस्ता सर्तहरुलाई Sales and Purchases Agreement मा समावेश गरी/गराई; प्रस्तावदाताका प्रतिनिधिसंगको मिलेमतोमा विमानको Major Technical Specification भारवहन क्षमता (MTOW ) लाई 242 tons बाट 230 tons मा घटाएको कार्यलाई समर्थन गरी/सहमती जनाई; विमानलाई Long Range Non Stop Flight गर्न असक्षम बनाएको कार्यलाई समर्थन गरी/सहमती जनाई; आपूर्तिकर्ताका प्रतिनिधिसंगको मिलेमतोमा कानुन विपरीतको Price Escalation को रकम र प्रस्तावदाताले प्रस्ताव गरेको MTOW 242 tons कै मूल्य MTOW 230 tons वापतको रकम आपुर्तिकर्तालाई भुक्तानी गरी/गर्ने दायित्व सिर्जना गराई; सोही बमोजिम Price Escalation वापत आपूर्तिकर्तालाई भुक्तानी गरेको अमेरिकी डलर ६७,८८,१०९.६० अर्थात रु.७४,५८,७७,४८२।८५ र MTOW 230 tons आपूर्ति गरेता पनि आपूर्तिकर्तालाई MTOW 242 tons कै मूल्य भुक्तानी गरेको अमेरिकी डलर ६६,००,०००.00 अर्थात रु. ७२,५२,०८,०००।- गरी जम्मा अमेरिकी डलर १,३३,८८,१०९.६० अर्थात रु. १,४७,१०,८५,४८२।८५ बढी भुक्तानी दिई लिई; MTOW बढाउँदा लाग्ने थप रकमको दायित्व सिर्जना गरी/गराई निज प्रतिवादीहरु जीवन प्रकाश सिटौला र अच्युतराज पहाडीले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा 8 को उपदफा (१) को देहाय (क), (घ) र (ञ) बमोजिमको कसुरजन्य कार्य गरेको पुष्टि भएको हुँदा निजहरु जीवन प्रकाश सिटौला र अच्युतराज पहाडीलाई जम्मा बिगो अमेरिकी डलर १,३३,८८,१०९.६० (एक करोड तेत्तीस लाख अठासी हजार एक सय नौ दशमलव साठी अमेरिकी डलर) अर्थात अन्तिम भुक्तानी दिएको मितिको सटही दरको आधारमा रु. १,४७,१०,८५,४८२।८५ (एक अर्व सत्चालीस करोड दश लाख पचासी हजार चारसय बयासी रुपैयाँ पचासी पैसा) कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा 8 को उपदफा (१) बमोजिम कैद र बिगो बमोजिम जरिवाना सजाय गरी बिगो असुल उपर हुन मागदाबी लिइएको छ।
- नेपाल वायुसेवा निगमका तत्कालीन का.मु.निर्देशक रामहरी शर्मा सेढाँई, तत्कालीन का.मु. निर्देशक तथा हाल नायव महाप्रबन्धक श्री जनकराज कालाखेती र तत्कालीन उपनिर्देशक प्रभाश कुमार कर्माचार्यले विमान खरिद उपसमिति र प्रस्ताव मूल्याङ्कन उपसमितिमा रही वद्नियतपूर्वक Request for Proposal Document तयार गर्दा विमानको प्राविधिक स्पेसिफिकेशनका आधार र सोलाई मापन गर्ने स्पष्ट नर्म्स/मापदण्ड नखुलाई; Request for Proposal Document मा आवश्यक (खरिद गरिने) विमानको प्राविधिक स्पेसिफिकेशनका Item हरुको Parameters/Standards/Required Values नखुलाई/खाली छोडी; Request for Proposal Document मा प्रस्तावहरुको Evaluation and Qualification Criteria नतोकी; Request for Proposal Document मा प्रस्तावदातालाई निर्देशन र खरिद सम्झौताका सामान्य एवं विशेष सर्त समावेश नगरी Negotiation द्वारा सम्पूर्ण सर्तहरु तय हुने उल्लेख गरी सार्वजनिक खरिद ऐन, २०६३ ले निर्धारण गरेका कार्यविधि र सो अनुरुपको Standard Bidding Document विपरीत Second Hand विमान खरिद गर्नको लागि Request for Proposal Document तयार/पेश गरी गराई; AAR Corp ले Disclimer मा समावेश गरेका सर्तहरुलाई अनदेखा गरी/गराई; RFP Document मा Price Escalation को प्रावधान नै नरहेकोमा Price Escalation को सर्त समावेश AAR Corp को Conditional प्रस्ताव स्वीकार गरी गराई; RFP Document मा Delivery Schedule १२ महिनाभन्दा कम रहेको र सोलाई प्रस्तावदाताले स्वीकार गरी प्रस्ताव पेश गरेकोमा प्रस्ताव मूल्याङ्कनको बखत सार्वजनिक खरिद ऐन, २०६३ विपरीत Delivery Schedule १८ महिना कायम गरी/गराई Price Escalation को Rate समेत सिफारिस गरी; सार्वजनिक खरिद ऐन, २०६३ बमोजिम प्रस्तावहरुको मूल्याङ्कन गर्नुपर्नेमा सो नगरी नगराई रीत नपुगेको एवं Non-responsive रहेको AAR Corp को प्रस्ताव स्वीकृतिको लागि सिफारिस गरेको सोही सिफारिस समेतको आधारमा भएको कामकारबाहीबाट Price Escalation वापत आपूर्तिकर्तालाई भुक्तानी गरेको अमेरिकी डलर ६७,८८,१०९.६० अर्थात रु.७४,५८,७७,४८२।८५ र MTOW 230 tons आपूर्ति गरेता पनि आपूर्तिकर्तालाई MTOW 242 tons कै मूल्य भुक्तानी गरेको अमेरिकी डलर ६६,००,०००.00 अर्थात रु. ७२,५२,०८,०००।–गरी जम्मा अमेरिकी डलर १,३३,८८,१०९.६० अर्थात रु. १,४७,१०,८५,४८२।८५ बढी भुक्तानी दिई लिई; ; MTOW बढाउँदा लाग्ने थप रकमको दायित्व सिर्जना गरी/गराई निजहरु रामहरी शर्मा सेढाँई, जनकराज कालाखेती र प्रभाश कुमार कर्माचार्यले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा 8 को उपदफा (१) को देहाय (क), (घ) र (ञ) बमोजिमको कसुरजन्य कार्य गरेको पुष्टि भएको हुँदा निजहरुलाई जम्मा बिगो अमेरिकी डलर १,३३,८८,१०९.६० (एक करोड तेत्तीस लाख अठासी हजार एक सय नौ दशमलव साठी अमेरिकी डलर) अर्थात अन्तिम भुक्तानी दिएको मितिको सटही दरको आधारमा रु.१,४७,१०,८५,४८२।८५ (एक अर्व सत्चालीस करोड दश लाख पचासी हजार चारसय बयासी रुपैयाँ पचासी पैसा) कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा 8 को उपदफा (१) बमोजिम कैद र बिगो बमोजिम जरिवाना सजाय गरी बिगो असुल उपर हुन साथै निजहरु रामहरी शर्मा सेढाँई, जनकराज कालाखेती र प्रभाश कुमार कर्माचार्यले सार्वजनिक खरिद कानुन विपरीतको RFP Document सहित गलत लिखत तयार गरी गराई पेश गरेको र सार्वजनिक खरिद कानुन बमोजिम Non-Responsive प्रस्तावलाई स्वीकृतिको लागि सिफारिस सहितको गलत लिखत पेश गरी/गराई सोही बमोजिम खरिद कार्य गरी गराई नेपाल वायुसेवा निगमलाई हानी नोक्सानीसमेत पुर्याएको पुष्टि भएबाट निजहरुको उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ९ बमोजिमको कसुर जन्य कार्य भएको हुँदा निजहरुलाई सोही ऐनको दफा 9 बमोजिमसमेत कैद र जरिवाना सजाय हुन मागदाबी लिइएको छ।
- नेपाल वायुसेवा निगमका तत्कालीन निर्देशक गणेश बहादुर चन्द, तत्कालीन का.मु.निर्देशक कर्ण बहादुर थापा र तत्कालीन नि.निर्देशक तथा हाल बरिष्ठ क्याप्टेन सुवास रिजालले विमान खरिद उपसमितिमा रही वद्नियतपूर्वक Request for Proposal Document तयार गर्दा विमानको प्राविधिक स्पेसिफिकेशनका आधार र सोलाई मापन गर्ने स्पष्ट नर्म्स/मापदण्ड नखुलाई; Request for Proposal Document मा आवश्यक (खरिद गरिने) विमानको प्राविधिक स्पेसिफिकेशनका Item हरुको Parameters/Standards/Required Values नखुलाई/खाली छोडी; Request for Proposal Document मा प्रस्तावहरुको Evaluation and Qualification Criteria नतोकी; Request for Proposal Document मा प्रस्तावदातालाई निर्देशन र खरिद सम्झौताका सामान्य एवं विशेष सर्त समावेश नगरी Negotiation द्वारा सम्पूर्ण सर्तहरु तय हुने उल्लेख गरी सार्वजनिक खरिद ऐन, २०६३ ले निर्धारण गरेका कार्यविधि र सो अनुरुपको Standard Bidding Document विपरीत Second Hand विमान खरिद गर्नको लागि Request for Proposal Document तयार/पेश गरी गराई; सोही कागजातका आधारमा भएको विमान खरिदको कामकारबाहीबाट Price Escalation वापत आपूर्तिकर्तालाई भुक्तानी गरेको अमेरिकी डलर ६७,८८,१०९.६० अर्थात रु.७४,५८,७७,४८२।८५ र MTOW 230 tons आपूर्ति गरेता पनि आपूर्तिकर्तालाई MTOW 242 tons कै मूल्य भुक्तानी गरेको अमेरिकी डलर ६६,००,०००.00 अर्थात रु. ७२,५२,०८,०००।–गरी जम्मा अमेरिकी डलर १,३३,८८,१०९.६० अर्थात रु. १,४७,१०,८५,४८२।८५ बढी भुक्तानी लिई दिई; MTOW बढाउँदा लाग्ने थप रकमको दायित्व सिर्जना गरी/गराई निजहरु गणेश बहादुर चन्द, कर्ण बहादुर थापा र सुवास रिजालले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा 8 को उपदफा (१) को देहाय (क), (घ) र (ञ) बमोजिमको कसुरजन्य कार्य गरेको पुष्टि भएको हुँदा निजहरुलाई जम्मा बिगो अमेरिकी डलर १,३३,८८,१०९.६० (एक करोड तेत्तीस लाख अठासी हजार एक सय नौ दशमलव साठी अमेरिकी डलर) अर्थात अन्तिम भुक्तानी दिएको मितिको सटही दरको आधारमा रु. १,४७,१०,८५,४८२।८५ (एक अर्व सत्चालीस करोड दश लाख पचासी हजार चारसय बयासी रुपैयाँ पचासी पैसा) कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा 8 को उपदफा (१) बमोजिम कैद र बिगो बमोजिम जरिवाना सजाय गरी बिगो असुल उपर हुन साथै निजहरु गणेश बहादुर चन्द, कर्ण बहादुर थापा र सुवास रिजालले सार्वजनिक खरिद कानुन विपरीतको RFP Document सहितका गलत लिखत पेश गरी गराई सोही बमोजिम खरिद कार्य गरी गराई नेपाल वायुसेवा निगमलाई हानी नोक्सानीसमेत पुर्याएको पुष्टि भएकोबाट निजहरुलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ९ बमोजिमको कसुरमा सोही ऐनको दफा 9 बमोजिमसमेत कैद र जरिवाना सजाय हुन मागदाबी लिइएको छ।
- नेपाल वायुसेवा निगमका तत्कालीन नायव महाप्रबन्धक रमेश बहादुर शाह, तत्कालीन निमित्त निर्देशक तथा हाल बरिष्ठ क्याप्टेन रविन्द्र कुमार शेरचन, तत्कालीन का.मु. निर्देशक रविन्द्र श्रेष्ठ, तत्कालीन का.मु. निर्देशक तथा हाल निर्देशक उपेन्द्र पौडेल, तत्कालीन उपनिर्देशक तथा हाल निर्देशक श्रवण रिजाल, तत्कालीन निमित्त उपनिर्देशक पारस पौडेल, तत्कालीन निमित्त उपनिर्देशक तथा हाल निर्देशक उमेश पौडेल र तत्कालीन निमित्त उपनिर्देशक तथा हाल उपनिर्देशक बृहतमान तुलाधरले विमान खरिद गर्ने प्रस्ताव मूल्याङ्कन उपसमितिमा रही वद्नियतपूर्वक AAR Corp ले Disclimer मा समावेश गरेका सर्तहरुलाई अनदेखा गरी; RFP Document मा Price Escalation को प्रावधान नै नरहेकोमा Price Escalation को सर्त समावेश AAR Corp को Conditional प्रस्ताव स्वीकार गरी; RFP Document मा Delivery Schedule १२ महिनाभन्दा कम रहेको र सोलाई प्रस्तावदाताले स्वीकार गरी प्रस्ताव पेश गरेकोमा प्रस्ताव मूल्याङ्कनको बखत सार्वजनिक खरिद ऐन, २०६३ विपरीत Delivery Schedule १८ महिना कायम गरी Price Escalation को Rate समेत सिफारिस गरी; सार्वजनिक खरिद ऐन, २०६३ बमोजिम प्रस्तावहरुको मूल्याङ्कन गर्नुपर्नेमा सो नगरी रीत नपुगेको एवं Non-responsive रहेको AAR Corp को प्रस्ताव स्वीकृतिको लागि सिफारिस गरे गराएको र सोही सिफारिसको आधारमा भएको कामकारबाहीबाट Price Escalation वापत आपूर्तिकर्तालाई भुक्तानी गरेको अमेरिकी डलर ६७,८८,१०९.६० अर्थात रु.७४,५८,७७,४८२।८५ र MTOW 230 tons आपूर्ति गरेता पनि आपूर्तिकर्तालाई MTOW 242 tons कै मूल्य भुक्तानी गरेको अमेरिकी डलर ६६,००,०००.00 अर्थात रु. ७२,५२,०८,०००।–गरी जम्मा अमेरिकी डलर १,३३,८८,१०९.६० अर्थात रु. १,४७,१०,८५,४८२।८५ बढी भुक्तानी दिई लिई; MTOW बढाउँदा लाग्ने थप रकमको दायित्व सिर्जना गरी/गराई निजहरु रमेश बहादुर शाह, रविन्द्र कुमार शेरचन, रविन्द्र श्रेष्ठ, उपेन्द्र पौडेल, श्रवण रिजाल, पारस पौडेल, उमेश पौडेल र बृहतमान तुलाधरले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा 8 को उपदफा (१) को देहाय (क), (घ) र (ञ) बमोजिमको कसुरजन्य कार्य गरेको पुष्टि भएको हुँदा निजहरुलाई जम्मा बिगो अमेरिकी डलर १,३३,८८,१०९.६० (एक करोड तेत्तीस लाख अठासी हजार एक सय नौ दशमलव साठी अमेरिकी डलर) अर्थात अन्तिम भुक्तानी दिएको मितिको सटही दरको आधारमा रु. १,४७,१०,८५,४८२।८५ (एक अर्व सत्चालिस करोड दश लाख पचासी हजार चारसय बयासी रुपैयाँ पचासी पैसा मात्र) कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा 8 को उपदफा (१) बमोजिम कैद र बिगो बमोजिम जरिवाना सजाय गरी बिगो असुल उपर हुन साथै निजहरुले सार्वजनिक खरिद कानुन बमोजिम Non-Responsive प्रस्तावलाई स्वीकृतिको लागि सिफारिस सहितको गलत लिखत पेश गरी गराई सोही बमोजिम खरिद कार्य गरी गराई नेपाल वायुसेवा निगमलाई हानी नोक्सानीसमेत पुर्याएको पुष्टि भएकोबाट निजहरुलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ९ बमोजिमको कसुरमा सोही ऐनको दफा 9 बमोजिमसमेत कैद र जरिवाना सजाय हुन मागदाबी लिइएको छ।
- विमान आपूर्तिकर्ता/प्रस्तावदाता कम्पनी मध्ये (क) President, International Supply Chain, AAR Corp Inc.USA एवं बेलायती नागरिक Mr.Deepak Sharma, (ख) Hifly X Ireland Limited का Director एवं German Aviation Capital Germany/Singapore का प्रतिनिधि जर्मनी नागरिक Mr.Christian Nuehlen र (ग) German Aviation Capital Germany का Finance Director एवं Romania & Moldova का नागरिक Mr. Oleg Calistru ले नेपाल वायुसेवा निगमका कर्मचारी/पदाधिकारीसँगको मिलेमतोमा योजनाबद्ध रुपले नेपाल वायुसेवा निगमद्वारा जारी Request for Proposal Document र नेपालको खरिद कानुन विपरीत Price Escalation सहितको Conditional प्रस्ताव पेश गरी गराई; Request for Proposal Document मा उल्लेखित Original Delivery Schedule भित्र विमान आपूर्ति गर्नुपर्ने दायित्व समेत निर्वाह नगरी गैरजिम्मेवार र बद्नियतपूर्वक निगमका कर्मचारी/पदाधिकारीहरुलाई प्रभाव र प्रलोभनमा पारी Negotiation को बहानामा शर्तमाथि शर्त थोपरी विमानको Original Delivery Schedule लाई पछाडी धकेल्दै Price Escalation निर्धारण गराई; Price Escalation वापत हुन आउने रकम आफू संलग्न कम्पनी/आफूले Escrow Agent तोकेको कम्पनीको बैंक खातामा भुक्तानी गराउन लगाई; आफैंले प्रस्ताव गरेको विमानको भारवहन क्षमता (MTOW) 242 tons लाई प्रभाव/मिलेमतोमा घटाएर MTOW 230 tons कायम गरी गराई; विमानलाई Long Range Non Stop Flight गर्न नसक्ने बनाई; MTOW 230tons विमान आपूर्ति गरी गराई सो वापत MTOW 242 tons कै मूल्य बराबरको रकम आफू संलग्न कम्पनी/आफूले Escrow Agent तोकेको कम्पनीको बैंक खातामा भुक्तानी गराई लिई; Price Escalation वापत आफू/आफू संलग्न कम्पनीको नाममा भुक्तानी लिएको अमेरिकी डलर ६७,८८,१०९.६० अर्थात रु. ७४,५८,७७,४८२।८५ र MTOW 230 Tons विमान आपूर्ति गरेता पनि MTOW 242 tons कै भुक्तानी लिई लिन लगाई अमेरिकी डलर ६६,००,०००.00 अर्थात रु. ७२,५२,०८,०००।- गरी जम्मा अमेरिकी डलर १,३३,८८,१०९.६० अर्थात रु.१,४७,१०,८५,४८२।८५ बढी भुक्तानी लिई दिई; MTOW बढाउँदा लाग्ने थप रकमको दायित्व सिर्जना गरे/गराएको हुँदा निजहरु Mr.Deepak Sharma, Mr.Christian Nuehlen र Mr. Oleg Calistru ले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा 8 को उपदफा (१) को देहाय (क), (घ) र (ञ) बमोजिमको कसुरको रकम प्राप्त गर्ने/लिने खाने प्रकृतिको मतियार भई सोही ऐनको दफा 23 को प्रावधान बमोजिम सोही ऐनको दफा 22 बमोजिमको मतियारको कसुरजन्य कार्य गरेको हुदाँ निजहरुलाई मुख्य कसुरदारहरुलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा 8 को उपदफा (१) को देहाय (क), (घ) र (ञ) बमोजिमको कसुरमा जम्मा विगो अमेरिकी डलर १,३३,८८,१०९.६० अर्थात अन्तिम भुक्तानी दिएको मितिको सटही दरको आधारमा रु. १,४७,१०,८५,४८२।८५ कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा 8 को उपदफा (१) बमोजिम हुने कैद र बिगो बमोजिम जरिवानाको सजाय र विगोसमेत असुल उपर हुने सजायलाई आधार मानी निजहरु Mr.Deepak Sharma, Mr.Christian Nuehlen र Mr. Oleg Calistru लाई सोही ऐनको दफा 22 को प्रतिबन्धात्मक वाक्यांश बमोजिम मुख्य कसुरदार सरह सजाय गरी बिगो अमेरिकी डलर १,३३,८८,१०९.६० अर्थात अन्तिम भुक्तानी दिएको मितिको सटही दरको आधारमा रु. १,४७,१०,८५,४८२।८५ समेत असुल उपर हुन मागदाबी लिइएको छ।
- (क) M/S AAR International INC. USA र उक्त कम्पनीको मुख्य व्यक्ति Mr. John M. Holmes, President and CEO, (ख)M/S German Aviation Capital GMBM Germany र उक्त कम्पनीको मुख्य व्यक्ति Ms. Ana Topa, Managing Director, (ग) M/S Hi Fly Transporte Aereos SA (Hi Fly Airlines) Portugal र उक्त कम्पनीको मुख्य व्यक्ति Mr. Paulo Mirpuri, President, (घ) M/S Hifly X Ireland Limited Ireland र उक्त कम्पनी मुख्य व्यक्ति Mr. Gerald Thornton, Director र Mr.Christian Nuehlen, Director र (ङ) M/S Norton Rose Fulbright LLP Germany र उक्त कम्पनीको मुख्य व्यक्ति Mr. Markus Radbruch, Head of Aviation र Mr. Ralf Springer, Senior Consultant को हकमाः
प्रतिवादीहरु M/S AAR International INC. USA, M/S German Aviation Capital GMBM Germany र M/S Hi Fly-Transporte Aereos SA (Hi Fly Airlines) Portugal (विमान बिक्री/आपूर्तिको लागि Consortium को रुपमा प्रस्ताव पेश गर्ने कम्पनीहरु), M/S Hifly X Ireland Limited Ireland (उक्त Consortium ले Special Purpose Company (SPC) को रुपमा नियुक्त गरेको कम्पनी) र M/S Norton Rose Fulbright LLP Germany (Consortium तथा Special Purpose Company ले नेपाल वायुसेवा निगमबाट विमानको रकम प्राप्त गरी Fund Management गर्न Escrow Agent को रुपमा नियुक्त गरेको कम्पनी) ले एकआपसको मिलेमतोमा आफ्ना प्रतिनिधिहरु Mr.Deepak Sharma, Mr.Christian Nuehlen र Mr. Oleg Calistru मार्फत योजनाबद्ध रुपले नेपाल वायुसेवा निगमद्वारा जारी Request for Proposal Document र नेपालको खरिद कानुन विपरीत Price Escalation सहितको Conditional प्रस्ताव पेश गरी; Request for Proposal Document मा उल्लेखित Original Delivery Schedule भित्र विमान आपूर्ति गर्नुपर्ने दायित्व समेत निर्वाह नगरी गैरजिम्मेवार र बद्नियतपूर्वक निगमका कर्मचारी/पदाधिकारीहरुलाई प्रभाव र प्रलोभनमा पारी Negotiation को बहानामा सर्तमाथि सर्त थोपरी विमानको Original Delivery Schedule लाई पछाडी धकेल्दै Price Escalation निर्धारण गराई; Price Escalation वापत हुन आउने रकम आफ्नो/आफूले तोकेको कम्पनीको बैंक खातामा भुक्तानी गराई; आफैंले प्रस्ताव गरेको विमानको भारवहन क्षमता (MTOW) 242 tons लाई दवाव/प्रभाव/मिलेमतोमा घटाएर MTOW 230 tons कायम गराई; विमानलाई Long Range Non Stop Flight गर्न नसक्ने बनाई; MTOW 242 tons कै मूल्य बराबरको रकम आफ्नो/आफूले तोकेको कम्पनीको बैंक खातामा भुक्तानी गराई; Price Escalation वापत आफू/आफू संलग्न कम्पनीको नाममा भुक्तानी लिएको अमेरिकी डलर ६७,८८,१०९.६० अर्थात रु. ७४,५८,७७,४८२।८५ र MTOW 230 Tons विमान आपूर्ति गरेता पनि MTOW 242 tons कै भुक्तानी लिई लिन लगाई अमेरिकी डलर ६६,००,०००.00 अर्थात रु. ७२,५२,०८,०००।- गरी जम्मा अमेरिकी डलर १,३३,८८,१०९.६० अर्थात रु. १,४७,१०,८५,४८२।८५ बढी भुक्तानी लिई दिई; MTOW बढाउँदा लाग्ने थप रकमको दायित्व सिर्जना गरे/गराएको हुँदा निजहरु M/S AAR International INC. USA र उक्त कम्पनीको मुख्य व्यक्ति Mr. John M. Holmes, President and CEO, M/S German Aviation Capital GMBM Germany र उक्त कम्पनीको मुख्य व्यक्ति Ms. Ana Topa, Managing Director, M/S Hi Fly Transporte Aereos SA (Hi Fly Airlines) Portugal र उक्त कम्पनीको मुख्य व्यक्ति Mr. Paulo Mirpuri, President, M/S Hifly X Ireland Limited Ireland र उक्त कम्पनी मुख्य व्यक्ति Mr. Gerald Thornton, Director र Mr.Christian Nuehlen, Director र M/S Norton Rose Fulbright LLP Germany तथा उक्त कम्पनीको मुख्य व्यक्ति Mr. Markus Radbruch, Head of Aviation र Mr. Ralf Springer, Senior Consultant ले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा 8 को उपदफा (१) को देहाय (क), (घ) र (ञ) बमोजिमको कसुरको रकम प्राप्त गर्ने/लिने खाने प्रकृतिको मतियार भई सोही ऐनको दफा 23 को प्रावधान बमोजिम सोही ऐनको दफा 22 बमोजिमको मतियारको कसुरजन्य कार्य गरेको हुदा निजहरुलाई मुख्य कसुरदारहरुलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा 8 को उपदफा (१) को देहाय (क), (घ) र (ञ) बमोजिमको कसुरमा जम्मा विगो अमेरिकी डलर १,३३,८८,१०९.६० अर्थात अन्तिम भुक्तानी दिएको मितिको सटही दरको आधारमा रु.१,४७,१०,८५,४८२।८५ कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा 8 को उपदफा (१) बमोजिम हुने कैद र बिगो बमोजिम जरिवानाको सजाय र विगोसमेत असुल उपर हुने सजायलाई आधार मानी निजहरु M/S AAR International INC. USA र उक्त कम्पनीको मुख्य व्यक्ति Mr. John M. Holmes, President and CEO, M/S German Aviation Capital GMBM Germany र उक्त कम्पनीको मुख्य व्यक्ति Ms. Ana Topa, Managing Director, M/S Hi Fly Transporte Aereos SA (Hi Fly Airlines) Portugal र उक्त कम्पनीको मुख्य व्यक्ति Mr. Paulo Mirpuri, President, M/S Hifly X Ireland Limited Ireland र उक्त कम्पनी मुख्य व्यक्ति Mr. Gerald Thornton, Director र Mr.Christian Nuehlen, Director र M/S Norton Rose Fulbright LLP Germany तथा उक्त कम्पनीको मुख्य व्यक्ति Mr. Markus Radbruch, Head of Aviation र Mr. Ralf Springer, Senior Consultant लाई सोही ऐनको दफा 22 को प्रतिबन्धात्मक वाक्यांश बमोजिम मुख्य कसुरदार सरह सजाय गरी बिगो अमेरिकी डलर १,३३,८८,१०९.६० (एक करोड तेत्तीस लाख अठासी हजार एक सय नौ दशमलव साठी अमेरिकी डलर) अर्थात अन्तिम भुक्तानी दिएको मितिको सटही दरको आधारमा रु. १,४७,१०,८५,४८२।८५ (एक अर्व सत्चालीस करोड दश लाख पचासी हजार चारसय बयासी रुपैयाँ पचासी पैसा मात्र) समेत असुल उपर हुन मागदाबी लिइएको छ।