सत्र हजार मा बिके दुइ इन्जिन्यर, मन्दिरले लग्यो अख्तियार

-


     सुचनाको हक     
     जेठ १८ गते २०८१ मा प्रकाशित


पर्यटन विकास आयोजना इकाई कार्यालय, काठमाडौंका सव-इन्जिनियरद्वय राजन कुमार भट्टराई र संजय अर्यालले मन्दिर   निर्माण कार्य सम्पन्न पश्चात अन्तिम बिल भुक्तानी गर्ने प्रयोजनका लागि निर्माणको भुक्तानी प्रक्रियामा सहजीकरण गरिदिन भन्दै सेवाग्राहीसँग घुस/रिसवत माग गरिरहेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगालबाट खटिई गएको टोलीले निज सव-इन्जिनियरद्वय राजन कुमार भट्टराई र संजय अर्याललाई सेवाग्राहीबाट रु.१७,०००।–(सत्र हजार रुपैयाँ) घुस/रिसवत लिइसकेको अवस्थामा उक्त रकमसहित काठमाडौं महानगरपालिका वडा नं. ३१ अन्तर्गत पर्यटन विकास आयोजना इकाई कार्यालय, काठमाडौं स्थित निजहरुकै कार्यकक्षबाट मिति २०८१।०२।१८ गते नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको छ।