सहकारीको १५ लाख चोरी

-


     सुचनाको हक     
     श्रावण ५ गते २०७९ मा प्रकाशित


काठमाडौंको नागार्जुन नगरपालिका–४ स्थित एक सहकारीबाट लाखौँ रकम चोरी भएको छ ।

बाफल, सोल्टीदोबाटोस्थित सेती गणेश ऋण तथा बचत सहकारी संस्थाबाट करिब १५ लाख रूपैयाँ चोरी भएको हो । अज्ञात समूहले सहकारी संस्था रहेको भवनको मूलढोकाको ताल्चा फुटाई रकम चोरेको प्रहरी वृत्त स्वयम्भूले जनाएको छ ।

चोरीमा संलग्न फरार व्यक्तिहरूको खोजी भइरहेको छ ।