राष्टिय सूचना आयोगको आयोजना र एशिया फाउण्डेसनको सहकार्यमा मिति २०८१।४।२५ र २६ गते लुम्बिनी प्रदेश सभाका माननीय सांसादहरुसंग कोहलपुरको होटल सेन्ट्ल प्लाजामा ‘सुशासनका लागि सूचनाको हक’ विषयक लुम्बिनी प्रदेशस्तरीय दुई दिने गोष्ठी र अन्तरक्रिया कार्यक्रम प्रमुख अतिथि प्रदेश सभाका सभामुख माननीय श्री तुलाराम घर्ती मगरज्यूले उद्घाटन गर्नु भएको थियो । सुशासनका लागि सूचनाको हक मुख्य साधन भएकाले यसको उपयोगिता बढाउनुपर्नेमा जोड दिइएको उक्त कार्यक्रममा लुम्बिनी प्रदेश सभाका सभामुख, उप सभामुख, माननीय मन्त्री, सांसद तथा पत्रकारहरुको उपस्थिती रहेको थियो भने आयोगका लेखा अधिकृत श्री अशोक न्यौपानेले कार्यक्रम संचालन गर्नु भएको थियो ।
कार्यक्रमका सहभागीले हरेक सार्वजनिक निकायले कुनै पनि सूचना नलुकाइ पारदर्शी रूपमा नियमित रूपमा प्रकाशन गर्नुपर्ने भन्दै यसको कार्यान्वयनमा कार्यालयका प्रमुखको बढी भूमिका रहेको औँल्याए । सहभागीले तीनवटै सरकार तहमा अझै पनि सूचनाको हकको कार्यान्वयनमा समस्या देखिएकाले नागरिकस्तरबाटै यसको प्रयोग बढाउनुपर्ने बताए । कार्यक्रममा सहभागी प्रदेशसभा सदस्यहरूले सबै सार्वजनिक निकाय र नागरिकलाई यसबारे सचेतना अभिवृद्धि गर्नुपर्ने भन्दै नीतिगत रूपमा यसको कार्यान्वयनलाई प्रभावकारी बनाउने बताए ।
उक्त कार्यक्रममा आयोगको तर्फबाट आयोगको निमित्त सचिव युवराज अधिकारीले स्वागत मन्तव्य राख्नु भएको थियो । त्यसै गरी सूचना आयुक्त श्री रत्न प्रसाद मैनालीले समेत मन्तव्य राख्नु भएको थियो सार्वजनिक निकायलाई जबाफदेही र पारदर्शी बनाउन सूचनाको हकले योगदान गरेको उल्लेख गर्दै नीति निर्माण गर्न प्रदेशसभाका सदस्यको भूमिका हुने बारे आयुक्तले जोड दिनुभएको थियो । लुम्बिनी प्रदेश सभाका सभामुख माननीय तुलाराम घर्ति मगरज्यूले सूचनाको हकलाई सबैले प्राथमिकता दिनु पर्ने, सूचना आयोग केन्द्रमा मात्रै सिमित रहेकोले यसलाई प्रदेश स्तरमा समेत गठन गरिनु पर्ने भन्दै सूचनाको हकका विषयमा प्रगति भए पनि कार्यान्वयन तहमा जटिलता भएको उल्लेख गर्दै नागरिकलाई अधिकार सम्पन्न बनाउन सूचनाको हकलाई प्रभावकारी बनाउन यसबारे सचेतनामूलक अभियान सञ्चालन गर्नुपर्नेमा जोड दिए । त्यस्तै कार्यक्रमको पहिलो सत्रमा सूचना आयोगका नि.सचिव श्री युवराज अधिकारीबाट सूचनाको हकको कार्यान्वयनमा प्रदेश सभा संसदको भूमिका विषयक कार्यपत्र प्रस्तुत गर्नु भएको थियो । दोश्रो सत्रमा सुशासन विज्ञ श्री काशीराज दाहालबाट संसदीय निगरानी र सूचनाको हक सम्बन्धी कार्यपत्र प्रस्तुत गर्नु भएको थियो । तेस्रो सत्रमा पत्रकार महासंघका पुर्व सभापति श्री तारानाथ दाहालले डिजिटल प्रविधिको प्रयोग र सूचनाको हकको अन्तरसम्बन्ध बारेमा अवधारणापत्र प्रस्तुत गर्नु भएको थियो ।
दोस्रो दिन आयोगका सूचना आयुक्त श्री रत्न पसाद मैनालीले सूचनाको हक सम्बन्धी कार्यपत्र प्रस्तुत गर्नु भएको थियो । कार्यक्रमको संक्षेपिकरण आयोगका उप सचिव श्री सुदर्शन ढकालले गर्नु भएको थियो । त्यस्तै प्रदेश सभाका सचिव श्री दुर्लभ पुनः र प्रदेश सभाका उप सभामुख माननीय मिनार खाडल के सी ले मन्तव्य राख्नु भएको थियो भने अन्त्यमा आयोगका सूचना आयुक्त श्री रत्न पसाद मैनालीले कार्यक्रम समापन गर्नु भएको थियो