प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष राष्ट्रिय सूचना आयोगका नवनियुक्त प्रमुख आयुक्त डा सुरेशप्रसाद आचार्यले आज पद तथा गोपनीयताको सपथ लिनुभएको छ । प्रधानमन्त्रीको उपस्थितिमा प्रमुख आचार्यले नवनियुक्त आयुक्तहरु गगन विष्ट र दुर्गा भण्डारीलाई सपथ गराउनुभएको छ । गएको शनिबार बाट पुराना आयुक्तहरुको समयावधि सकिएको थियो तसर्थ शुक्रबार बाट नै पुराना आयुक्त हरु कार्यालयमा उपस्थित भएनन् l
आइतबार बाट आयोग आयुक्त बिहिन भएको थियो एक महिना अगाडी नै नाम शिफारिस भएपनि शपथ हुन् नसकेको कारण आयुक्तहरुले पदभार ग्रहण गरेका थिएनन आज प्रधानमन्त्री बाट शपथ भएपछी अब आयोग आयुक्त बिहिन भएको छैन l
आयुक्त नभएको कारण आयोगमा परेका उजुरी र पुराना कामको बारेमा बेन्च बस्न सकेको थिएन र कुनै पनि पुनराबेदन का बिषयमा कुनै निर्णय हुन् सकेको थिएन l यो बिचमा करिब ९ जना कार्यालय प्रमुख हरुलाई दफा ३२ बमोजिम कारबाही हुने तयारि थियो तर आयुक्तहरुको समय सकिएको कारण कारबाहीको निर्णय हुन् सकेन l
हाल शपथ खाएका प्रमुख सूचना आयुक्त कांग्रेस कोटाबाट र अन्य दुइ आयुक्त हरु एमाले कोटा बाट नियुक्ति भएको भन्ने छ
संविधानको मौलिक हकका रुपमा रहेको सूचनाको हकलाई कार्यान्वयन र सदुपयोगका लागि आयोगलाई सफलता मिलोस् !