अमेरिकाको टेक्सास राज्यमा प्रबचन दिदै डा. चिन्तामणि नाथ योगी

-


     सुचनाको हक     
     वैशाख २२ गते २०७९ मा प्रकाशित


नेपालले पनि विश्वलाई धेरै कुराको ज्ञान दिन सकिन्छ भन्दै नैतिक शिक्षाको पाठ सिकाउदै करिब ३८ बर्षको जीवन यात्रा गरेका डा. चिन्तामणि नाथ  योगी अहिले अमेरिकाको टेक्सस राज्यका विभिन्न सहरमा प्रवचन दिदै हिडेकाछन् ।

बिगतमा विभिन्न देशमा नेपाली लगायत विदेशीहरुलाई आफ्नो प्रवचन मार्फत मन जित्न सफल भएका योगीले नेपालमा हिन्दु विधा पिठ, शान्ति विधा आश्रम, गुरुकुल  गृह लगाएत विभिन्न सेवा संस्था खोलेर नैतिकज्ञानको प्रचार गरेकाछन् ।

जन्म थलो दाङ भएका योगी विगत ३८ बर्ष देखि काठमाडौंमा बस्दै आएका उनि बेलाबेलामा अमेरिका, युरोप, अस्ट्रेलियामा  रहेका नेपाली तथा विदेशीलाई प्रवचन दिन ब्यस्त रहेका छन् ।

नेपाली मन, नेपाली पन,र नेपाली जीवन, विश्वको जुनसुकै ठाउँमा गएपनि भुल्न हुदैन भन्ने कुरा आफुले दिएको प्रवचनमा कहिलै भन्न छुटाउँदैनन् । 

विदेशमा बसेर नेपालको धर्म संस्कृति र आफ्नो नेपाली पहिचान कहिलै नछुटोस भन्ने उदेश्यले विदेशमा प्रवचन योगको शिक्षा दिदै हिडेका योगी नेपालीहरुका लागि मात्र नभएर विदेशीहरुका लागि पनि लोकप्रिय मानिन्छन।


विदेशी भूमिमा जन्मिएका बच्चाहरु कसरी नेपाली कलासंस्कृति प्रति मोह जगाउन सकिन्छ भन्दै भाषा, साहित्य, संस्कार, सदाचारको, शिक्षा दिदै विदेशमा विषेश कक्षा र सिविर मार्फत सत्संगत योग ध्यान गराउनमा सक्रिय रहेकाछन् ।

डा. योगिले विदेशमा रहेको युवा पुस्ता र  प्रौडहरुलाई पनि शान्ति सदभाव र परिवारको मिलनमा जोड दिदै प्रवचन दिएको देख्न सकिन्छ । आफ्नो मिठो प्रवचन र हसिलो स्वभावमा आफ्नो  प्रबचन दिने  खुवि भएका योगिले कार्य ब्यबस्था र पैसाले गर्दा नेपाल विर्सनु हुदैन भन्दै, म कहाँ थिए? कहाँ छू ? कहाँ जाँदैछु? कसरी जाँदैछु? र किन जाँदैछु? भन्ने कुरालाई आत्मसात गराउन पनि पछि पर्देनन्।

अंग्रेजी भाषामा राम्रो ज्ञान हासिल गरेका योगीले आफुले अरुलाई हेर्ने होइन आफुलाई हेर्नु पर्छ भन्ने कुरा उनले दिएको प्रवचनमा सुन्न पाइन्छ । 

चेतना भनेको  के हो ? चेतनाको अभावमा के हुन्छ ? अहिलेका युवाहरुको समस्या के हो ? समाधानका उपाए के  के हुन ? भनेर सरल भाषामा पोख्ने गर्दछन।टेक्सासको प्रोग्राम सकिए लगतै लसएन्जल्स ,सनफ्रान्सिको, डिसी एरिया , न्युयोर्क मा प्रबचन दिने कार्यक्रम रहेको छ।कोरोना महामारी पछिको मानब जीवनलाई  अथ्याधमिकताको मलम र सकारात्मकताको औषधी द्वारा कसरी पुन: सिर्जनशिल बनाउन सकिन्छ भन्ने बारे आफ्नु बिचार राख्ने गरेका छन।अमेरिकाको स्कुल , कलेज , युनिभर्सिटीहरुमा भेलु बेस्ट एजुकेसनका बारेमा समेत प्रबचन दिने गरेका छन।