इन्जिनियर जीवन प्रसाद अधिकारीको शैक्षिक प्रमाणपत्र नक्कली भन्दै अख्तियारले चलायो मुद्धा

-


     सुचनाको हक     
     असार १८ गते २०८१ मा प्रकाशित


अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र विकास समिति, नयाँबानेश्वर, काठमाडौंमा कार्यरत इलेक्ट्रोनिक्स इन्जिनियर जीवन प्रसाद अधिकारीको शैक्षिक प्रमाणपत्र छानबिन हुन भन्ने उजुरी निवेदन सम्बन्धमा अनुसन्धान हुँदा निजले भारतको कोलकतास्थित  The Institution of Engineers (India), Kolkata बाट Electronics & communication Engineering पास गरेको भनी नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेश गरी इलेक्ट्रोनिक्स ओभरसियर साउण्ड (सहायक स्तर प्रथम प्रा.) पदमा नियुक्ति लिई हालसम्म कार्यरत रही ओहोदा, लाभ र सुविधा प्राप्त गरेकोले निजको उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिमको कसुर भएको हुँदा निज जीवन प्रसाद अधिकारीलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिम कैद र जरिवाना सजाय हुन मागदाबी लिई विशेष अदालत, काठमाडौंमा आरोप-पत्र दायर भएको छ।