ऋण दिदा कमिशन लिने अधिकारी अख्तियारको फन्दामा

-


     सुचनाको हक     
     चैत्र ३० गते २०८० मा प्रकाशित


ग्रामीण विकास बैंक, टाँडी चितवनका कर्मचारीले किर्ते (वनावटी) सदस्य बनाई विना धितो कर्जा दिएको, ऋणीबाट असुली भएको सावा तथा व्याज रकम असुली नदेखाई जग्गा खरिदमा प्रयोग गरेको, पशु कर्जा/धितो कर्जा दिंदा कमिशन खाएको, धितो राखिएको जग्गा रोक्का नगर्ने धितो फुकुवा भएको पनि बाँकी देखिने जस्ता भ्रष्टाचारजन्य क्रियाकलाप गरेको भन्ने उजुरी निवेदन सम्बन्धमा अनुसन्धान हुँदा ग्रामीण विकास लघुवित्त वित्तीय संस्था लिमिटेड(साविक मध्यमाञ्चल ग्रामीण विकास बैंक, शाखा कार्यालय,टाँडी, चितवन)का बरिष्ठ फिल्ड सहायक उदयकृष्ण अधिकारीले ग्रामीण विकास लघुवित्त वित्तीय संस्था लिमिटेड(साविक मध्यमाञ्चल ग्रामीण विकास बैंक) शाखा कार्यालय, टाँडी, चितवन) मा बरिष्ठ फिल्ड सहायक पदमा कार्यरत रहँदा आर्थिक वर्ष 2068/069 देखि आफू कार्यरत बैंकको रु.19,02,237।96 अपचलन तथा हिनामिना गरेको पुष्टि भएको हुँदा निज उदयकृष्ण अधिकारीलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा 17बमोजिमको कसुरमा रु.19,02,237।96 (उन्नाइस लाख दुई हजार दुई सय सैतीस रुपैयाँ छयानब्बे पैसा) बिगो कायम गरी सोही ऐनको दफा 17 ले निर्देश गरेबमोजिम सोही ऐनको दफा 3 को उपदफा (1) को देहाय (च) बमोजिम कैद गरी सोही ऐनको दफा 3 को उपदफा (1) अनुसार बिगो बमोजिम जरिवाना हुन र सोही ऐनको दफा 17 बमोजिम बिगोसमेत असुल उपर हुन मागदाबी लिई आज विशेष अदालत, काठमाडौंमा आरोप-पत्र दायर गरिएको छ।