कन्काई नगरपालिकामा एकल बिद्यालय संचालन हुने

-


     सुचनाको हक     
     असाेज १३ गते २०८० मा प्रकाशित


मिति २०८०/६/१२ गतेका दिन जनकल्याण प्रतिष्ठान एकल अभियान नेपाल बाल संस्कार केन्द्र झापा जिल्ला कार्य समितीको बैठकले कन्काई नगरपालिकामा एकल बिद्यालय संच्झालन गर्ने निर्णय गरेको छ l हाल देश भर एक हजार भन्दा बढी बिद्यालय संचालन हुँदै आएको छ l यो विद्यालयको आफ्नै छुट्टै कोर्ष रहेको छ र बिशेष गरि हाम्रो संस्कार सहित सवल नागरिक उत्पादन गर्ने यसको मुख्य लक्ष रहेको छ l सूचना अभियन्ता इस्वारा तिवारी उपाध्यक्ष रहेको झापा जिल्ला समितिको अध्यक्ष सम्मानित व्यक्तित्व श्री शंकर भट्टराई ज्यू हुनुहुन्छ भने सचिबमा श्री खिनमाया फुयल हुनुहुन्छ यस्ता अन्य सदस्य हरुमा प्राध्यापक श्री ईश्वर पोखरेल, श्री सोराई मुर्मु , श्री आशा पोखरेल ज्यु लगायत हुनुहुन्छ l कार्यक्रममा श्रदेय गुरु श्री सोमनाथ सुवेदी ज्युको समेत उपस्थिति रहेको थियो l

बिश्व हिन्दु परिषद झापा जिल्ला अध्यक्ष श्री होमनाथ ढुंगानाको उपस्थितिमा बसेको बैठकमा संगठनका अध्यक्ष शंकर भट्टराई ले आफु बिरामी भएर केही समय उपचार को क्रममा बाहिर रहनु पर्दा समितिका साथिहरुले जिल्लाले गर्ने गरेक गतिबिधीलाई निरन्तरता दिदै आउनुभएकोमा समिती लगायत सबैमा भावुक हुँदै धन्यवाद ब्यक्त गर्नुभयो l आउदो दिनमा सन्च समितिलाई तालिमको ब्याबस्थापन गर्नु पर्ने र त्यसमा आफ्नो पुर्ण सपोर्ट रहने बताउनु भयो भने सदस्य सोराई मुर्मुले आफ्नो ठाउँमा एउटा बिधालय सन्चलन गर्न आफू सक्षम रहेको बताउनु हुँदै उहाँकै कन्काई नगरपालिकामा थप एक एकल बिद्यालय संचालन गर्ने र संचालित बिधालयका आचार्यलाइ प्रशिक्षण दिने निर्णय समेत बैठकले गर्यो त्यसै गरी संस्थामा रहेको चल अचल हर हिसाब संस्थाकी सचिब खिनामाया फुयालले लिने र प्रतिष्ठान आम बिस्तारको लागी “मा यसोदा पात्र” को दायित्वको जिम्मेवारी लिनु भएकी सदस्य आशा पोखरेल बाट सन्चलनमा ल्याउने , र प्राध्यापक ईश्वर पोखरेलले सबै आचार्य बर्ग ग्राम र सन्च समिति सबैलाई सबलिकण बनाएर बनाएर लाने भन्दै आफ्नो शिक्षक पेसाबाट अबकास पाई सकेको अनुभब संगठनलाई दिने प्रतीबद्दता ब्यक्त गर्नु भएको थियो l यसरि थप एक बिद्यालय संचालन गर्ने गरि बैठक समापन भयो l