कहाँ छ देश ?

-


     शेखर ढुंगेल    
     फागुन १६ गते २०८० मा प्रकाशित


२००८ को जुन महिनामा भारत को बिभिन्न धार्मिक स्थल (मा बैस्णो देबी ,हरिद्वार ,बनारस )र कास्मिर एबम सिमला को भ्रमण गर्दा महसुस भएको तितो सत्य सहित को यो यात्रा स्मरण सुखद को पाटो भन्दा दु:खद को गहिरो पाटो नै अबिस्मरणिय भएर रह्यो अनी घर मा पिडालु बन मा पिडालु ससुराली जाँदा पनि तीन हात को पिडालु भने झै देश मा दु:ख भएर अमेरिका आइयो अमेरिका बाट शुख को लागि घुम्न हिंडेको त्यहा पनि सही नसक्नु दु:ख देख्दा मन त मेरो दुख्ने नै भयो पाठक लाई पनि बाड्न रहर लागेर प्रस्तुत गर्दै छु ।

म र यात्रा कै क्रममा कास्मिर मा भेटिएका अनी यात्रा मा साथी बनेका भारतीय प्राध्यापक जीवन देशाइ अलग अलग घोडामा थियौ । गन्तब्य को पूर्व जानकार उनी कहिले आफ्नै बिगत त कहिले हाम्रो गन्तब्य बिन्दु को बारेमा आफ्ना सस्मरण लाई सबिस्तार प्रस्टाउदै अगाडि बडिराखेका थियौ । लामो बिदेश बसाइ पछी आफ्नै प्रकार को हिमालि सस्क्रिती अनि फिल्म ,उपन्यास , र यात्रा स्मरण का लेख मा प्रस्तुत बयान ले एक पटक त्यो जमिन छुने रहर ले नेपाल मै हुँदा देखी मन खिचे को ठाउमा पुग्ने अठोट मुताबिक भारत हिमान्चल प्रदेश को सिमला मा पर्ने कुफरी मा थिए म ।

घोडा मा सवार यात्रा अगाडि बड्दै थियो । ओरालो लाग्ने र उकालो लाग्ने को बाक्लै ओहर दोहर थियो अनुहार मा नयाँ अनुभब अनि प्रसन्ता मग्न देखिन्थ्यो । देशाइ सित को कुरा को सिलसिला एका तिर थियो भने मेरो आँखा लगातार केही समय अगाडि देखी आफु अगाडि को लडखडाऔदो बुढो घोडा , उस्को अबिस्वसनिय लाग्ने गती त्यो घोडा लाई घिच्याइ राखेको एउटा बालक र उस्को कलेटि परेको ओठ , अनिन्द्रालु लाग्ने आँखा ,मलिन अनुहार , थकित शरीर माथि सोच्दै पनि थिए म । सोच्दछु यो ब्रमाण्ड सृस्‍टि कर्ता लाई पनि कसैले गलत सल्लाह दिए छन कि वा जानी जानी तमासा हेर्न गरीब र धनी को बन्ने भाग्य बनाइ पठाएका हुन कि मानिस लाई सर्ब श्रेष्ठ प्राणी पनि भन्ने बाँच्न नै गाह्रो सकस पनि दिने ? त्यतिकै मा मेरो सामु आर्को द्रिश्य आइपुग्यो १३, १४ बर्ष को जस्तो देखिने , महिलो लुगा , घुडा सम्म आइपुग्ने प्लास्टिक् को घोरलाङ घोरलाङ गर्ने बुठ लगाएको टाक बिहिन कमिज को बाग्ला ,कतै हुरी ले हुत्याएको फुल जस्तो ,असिना ले छ्यत बीछ्यत बनाएको फल को कलिलो ब्रीछ्य जस्तो त्यो मानीस प्रती किन हो मेरो मन खिचीदै गयो । हाम्रो साथ साथ मा उ र उस्ले डोर्याएको घोडा ईशारा मा अगाडि लम्की राखेको थियो ।

म सँगै भएको साथी पेसा ले प्राध्यापक भए पनि पत्रकारिता दोस्रो रुची रहेको उ आँफै ले भनेको थियो । त्यसै ले गफ मा समाझदारि र तालमेल पनि खाइराखेको थियो । अगाडि बड्दै गर्दा कुरै कुरा मा नेपाल को राजनैतीक स्थिती र जनता का समस्या , भारत र चिन को नयाँ शसक्ती करण को बारेमा गफ गर्दा गर्दै देशाइ ले एउटा प्रश्न तेर्स्यायो तिम्रो देश को मिडिया कत्ती को बलियो र स्वतन्त्र छ ?मेरो जवाफ थियो नेपाल को मिडिया निरिह र राज्य पक्ष बाट हमेसा आक्रान्त छ । प्राध्यापक देशाइ ले थपे मिडिया कमजोर र बिकाउ भयो भने भ्रस्टाचार नियन्त्रन , राजनैतिक स्थिरता , र राष्ट्रियता को पक्ष कमजोर बन्न जान्छ । राजनैतीक स्थायित्व भै सकेका देश हरु को उदाहरण दिदै मिडिया को दायित्व र भूमिका का बारेमा निक्कै लामो व्याख्या गर्दै उन्ले यो पनि थपे कि ब्युरोक्र्याट मा राजनीति हाबी भयो भने ब्युरोक्र्याट अपाङ्ग जस्तै कमजोर बन्न जान्छ ।

गफ अगाडि बढ्दै गर्दा पनि मेरो मन भने ति घोडा घिच्याउने नव जवान हरु बाट हटेको थिएन । एक जना त आशु समेत झार्दै थिए । प्राध्यापक देशाइ ले म लगायत आज सम्म भेटेका नेपाली हरु को बारेमा भन्दै जाँदा कास्मिर देखी मुम्बई सम्म का कैयौ नाम समेत बताउन चुकेनन । भान्से ,दर्वान , बगैचे , रिक्सावाल , कोठी ”’ ”” आदी आदी । मलाई भने अब पट्यार लागि सकेको थियो नेपाली को मुग्लाने कथा सुन्दा । मैले ध्यान नदिएको जस्तो बुझेर होला प्राध्यापक देशाइ ले पनि बिषय बदले ।

आप कहाँ से आया साप ?घोडा घिच्याइ रहेको केटा ले अचानक सोध्यो । मैले भने अमेरिका बाट उस्ले बीश्वास नगरेझै वा त्यो देश को नाम नै नसुने झै भान हुने मुद्रा मा निधार खुम्चायो । कुर्था सुरुवाल को पहिरन घाम ले डदेको अनुहार र प्राध्यापक देशाइ सित हिन्दी मा गरेको सम्बाद ले शायद उस्लाई मैले गफ दिएको जस्तो लाग्यो कि ?कुन्नी । गन्तब्य मा पुगे पछी ओरलने ईशारा गर्दै त्यो केटा ले भन्यो साप आप लोगौ को एक घण्टा मे वापस आना होगा । घोडा वहाँ पर रहेगा रुख को छहारि तर्फ ईशारा गर्दै भन्यो । देशाइ ले केही खाने कि भनी प्रस्ताब राखे । मेरो आँखा भने म सँगै आएको आर्को केटा को खोजी गर्दै थियो । अलिपर को छहारि मा पुगी उ त पल्टि सकेछ । म उस्को नगिज पुगे र नाम ठेगाना , सोधे , तिमी किन रोएको भनी जिज्ञासा राखे भर्खर जुंगा को रेखी देखिएको दिपक ले असजिलो मान्दै ठिट लाग्दो अनुहार दुई घुडा को बिच मा राख्यो , आकाश तर्फ हेर्यो अनि फेरी चिउडो दुई घुडा बिच मा टेकाउदै अस्पस्ट आवाज मा बोल्दै बिच बिच मा दोहोर्याइ दोहोर्याइ सोधे नबुझेको कुरा । छुट्टीने बेला मा दिपक ले मलाई बिछीप्त बनाए । बार बार उन्को अबोध प्रश्न ले मलाई अक्कन बक्क बनायो । कलिलै उमेर मा उन्को सँघ्रस ,अनी अन्तिम मा कहाँ छ देश हजुर भने पछी त म आँफै नै मरे तुल्य बने एक छिन त । मेरो गला नै अबरुद्ध भयो मेरो मस्तिस्क स्तम्भीत भयो । आज सम्म पनि मेरो मन बेचैन भएको छ त्यो प्रश्न ले आज सम्म अन्नुतरित नै छ उस्को प्रश्न मै ले भन्न सकेको छैन बाबु योहो तिम्रो देश यस्तो हुन्छ देश ।

हिंशा र आतंक ले आक्रान्तित उस्ले थाहा नपाएको र मैले देखेको हाम्रो सरकार कर्तब्य च्युत छ । नेपालको को प्रशासन , प्रहरी निरिह छ र निमुखा को लागि छैन । जहाँ आफ्नै जमिन मा बस्ने अधिकार खोसिएको छ , स्वतन्त्र भै बाच्ने आधार छैन ,स्वतन्त्रता को आबाज उथाउने को गला रेटिएको छ ,जहा निर्दोश फस्छ अपराधी उम्कन्छ ,आतंक को साथ नदिदा उस्को बाबु मारिए आमा डर ले बेपत्ता भएकी छिन , एउटा दाजु पनि कतै मुग्लान पसेको छ , घर मा अन्न छैन भएको खेती पाती अरु को कब्जा मा छ ,गुनासो गरे मार्ने धम्की आऊदछ , स्कुल जाने उमेर मा बन्दुक हात मा आऊदछ । दिपक लाई मासिक ५ सय कमाएर जोगाएर आमा दाजु खोज्नु छ किताब च्यापेर स्कुल जान चाहन्छ आफ्नै गाउका साथी भाई सित देउशी भैलो र हाट बजार मा रमाउन चाहन्छ , कलकल बग्ने झरना को बिसुद्द पानी पिउने र नुहाउने रहर छ । उस्लाई आएको बाटो थाहा छ न फर्कने बाटो , न घर को ठेगाना न बाबु न आमा आफ्नै देश मा नागरिक बन्ने अधिकार बाट बन्चित उस्को लागि कहाँ छ देश माथिका का तमाम प्रश्न बाट अन्नुतरित मै ले भन्न सकिन बाबु योहो तिम्रो देश यस्तो हुन्छ देश यहाँ छ तिम्रो देश ।

नास्ता खाइ सकेर देशाइ आए मै ले उन्लाई चिनाए यो ठिटो पनि मेरै देश को हो । दिपक को जस्तो कथा बोकेका त्यहा मात्र नभै भारत को हरेक कुना मा आफ्ना देश खोजी राखीराखेका युबा भेटे को कुरा देशाइ ले समेत बताउदा म नतमस्तक भएर सुनिराखेको थिए । मेरो उ कोइ पर्दैन थियो तर उ नेपाली थियो म अमेरिका बाट आएको सान ले जुन कुरा गर्दै थिए त्यो भाई को अवस्था ले मलाई उ सँगै डोर्याउदै थियो । म जस्ता सम्पन्न देश मा भास्सिएका एकाध कथित अहम्ता पाल्ने हरु लाई दिपक हरु ले गिज्याइ रहेको थियो । मैले टिप्स को नाम मा केही धेरै लाग्ने रकम दिएर एक छिन सान्त्वना दिने प्रयास गरे । एक दिन पक्कै सब ठीक हुने बताएर म त्यहा बाट उम्किए तर कहाँ छ देश ? हजुर भन्ने प्रश्न को जवाफ भने आज सम्म दिन सकेको छैन कस्तो हुन्छ देश कहाँ छ देश ? अमेरिकामा छु तर सिमला को कुफरी मा अडकिएको छ यो मेरो मन कोइ जवाफ देउ दिपक लाई कहाँ छ उस्को देश ?