गाडी कागज मा मात्र बन्छ बिल भरपाई सबै नक्कली हुन्छ यो त् सबैलाई थाहा थियो l स्टेसनरी समान बास्तबिकमा नकिन्ने तर बिल पेश गर्ने र पैसा लिएर भ्रस्टाचार गर्ने गरेको त् हामीले सुनेकै हो तर चंखेली गाउँपालिकामा त बाटो नै कागजमा र बिल भरपाइमा नै बनेपछि अख्तियारमा उजुरी पर्यो र अख्तियारले मुद्धा चलायो
जिल्ला हुम्ला, चंखेली गाउँपालिका, वडा नं. ३ स्थित सुकिचौर हुँदै चिमाङसम्मको बाटो निर्माण कार्यमा अनियमितता भएको भन्ने उजुरी निवेदन सम्बन्धमा अनुसन्धान हुँदा तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत बिष्णु बहादुर शाही, इन्जिनियर रुद्र बहादुर वली र असिस्टेन्ट सव-इन्जिनियर हर्कधन बुढाले आ.व. २०७४/0७५ मा संचालित चंखेली गाउँपालिका, वडा नं. 3 स्थित सुकिचौर हुँदै चिमाङसम्मको बाटो निर्माण कार्यमा निर्माणस्थलको वास्तविक तथ्य बँग्याई भए गरेको कार्यभन्दा बढी मूल्याङ्कन गरी नापी किताबमा चढाई हस्ताक्षर गरी निर्माणस्थलमा भए गरेको कार्यभन्दा बढी तथा साईटमा नगरे/नगराएको परिमाणको झुट्टा बिल भरपाई तथा कार्यसम्पन्न प्रतिवेदन तयार तथा स्वीकृत गरी रु.2,22,503।17 बढी भुक्तानी दिईभ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (1) को देहाय (ङ) बमोजिमको कसुर गरेकोले निजहरु बिष्णु बहादुर शाही, रुद्र बहादुर वली र हर्कधन बुढालाई रु.2,22,503।17 (दुई लाख बाइस हजार पाँच सय तीन रुपैयाँ पैसा सत्र) बिगो कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (1) बमोजिम कैद र जरिवाना गरी बिगोसमेत असुल उपर हुन साथै निजहरु रुद्र बहादुर वली र हर्कधन बुढाले उक्त निर्माणमा नभए नगरेको कार्यसमेत राखी गलत नापी किताब र कार्य सम्पन्न प्रतिवेदन तयार गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा 19 को उपदफा (2) बमोजिम कसुर गरेकोले निजहरुलाई सोही ऐनको दफा 19 को उपदफा (2) बमोजिम कैद र जरिवाना हुन मागदाबी लिइएको छ।
उपभोक्ता समितिका अध्यक्ष मनजित रोकाया, सचिव धनपति ऐडी र कोषाध्यक्ष पुनी ऐडीले बाटो निर्माण कार्यमा फिल्डको वास्तविक तथ्य बँग्याई निर्माणस्थलमा भए गरेको कार्यभन्दा बढी तथा साइटमा नगरे/नगराएको परिमाणको मूल्याङ्कन गराई बास्तविक रुपमा भएको कार्यभन्दा रु.2,22,503।17 बढी भुक्तानी लिने कार्य गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (४) बमोजिमको कसुर गरेकोले निजहरु मनजित रोकाया, धनपति ऐडी र पुनी ऐडीलाई रु.2,22,503।17 (दुई लाख बाइस हजार पाँच सय तीन रुपैयाँ पैसा सत्र) बिगो कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (४) बमोजिम सजाय गरी बिगोसमेत जफत हुन मागदाबी लिइएको छ।
चंखेली गाउँपालिका वडा नं. 3 का तत्कालीन वडा अध्यक्ष सालिग्राम ऐडीले बाटो निर्माण कार्यमा नभए नगरेको कार्यलाई समेत भए गरेको भनी सिफारिस दिई सार्वजनिक सम्पत्ति हानिनोक्सानी गराई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा 8 को उपदफा (3) बमोजिमको कसुर गरेकोले सोही ऐनको दफा ८ को उपदफा (3) बमोजिम सजाय हुन मागदाबी आज विशेष अदालत, काठमाडौंमा आरोप-पत्र दायर गरिएको छ।