गण्डकी स्पोट्स क्लबमा उमेश

-


     सुचनाको हक     
     माघ २५ गते २०७९ मा प्रकाशित



पोखरा, २५ माघ
गण्डकी स्पोट्स क्लबको हालै भएको साधारणसभाले उमेश सिकेको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित गरेको छ । उपाध्यक्षमा दीपकराज मुल्मी, सचिव कपिलदेव शर्मा, सहसचिव सन्तोष बानियाँ, कोषाध्यक्षमा सचिन गुरुङ र सहकोषाध्यक्षमा सुमन ताम्राकार छन् ।
सदस्यमा जयप्रकाश थापा, कृष्णबहादुर थापा, राजु कायस्थ, मिलन पुन, इनोज रञ्जित, द्रव्यजंग राणा, चेतनाथ चालिसे, अनिरुद्र उदास, दमनजंग राणा, सुरेश बजिमय, मनोजकुमार गुरुङ, गोविन्द प्रधान, गुमबहादुर थापा(इमान), सुन्दरकुमार थापा र राजकुमार गुरुङ छन् ।


०५५ बाट खेलकुदका गतिविधिमा सक्रिय यो क्लबले स्वर्गीय नरकाजी गुरुङ स्मृति कप आयोजना गरेको थियो । क्लबले क्षेत्रीय स्तरमा ४ संस्करणसम्म क्रिकेट प्रतियोगिता आयोजना गरिसकेको छ । बुद्ध जयन्तीको अवसरमा क्लबले ४ पटक जिल्ला स्तरीय फुटबल प्रतियोगिता आयोजना गरिसकेको छ ।
नवनिर्वाचित अध्यक्ष सिकेले खेलकुदका गतिविधिलाई जनस्तरसम्म पु¥याउन विभिन्न गतिविधि गर्ने प्रतिवद्धता गरे । उनले भने, ‘विगतमा हामीले फुटबल, क्रिकेट, भलिबल प्रतियोगिताहरु गरिसकेका छौं । यसलाई अझ व्यवस्थित बनाउँदै स्पोट्स एकेडेमीको अवधारणामा अघि बढ्ने छौं ।’ भावी दिनमा महिला र बालबालिका केन्द्रीत प्रतियोगिता र खेलकुद गतिविधिसमेत गर्ने उनको भनाइ छ ।