गुण्डानाइके संजय टक्लाको ढाटका कर्मचारी मेयर थापाले कमाएको सम्पतिमा ५ करोड जति भ्रस्टाचार गरि कमाएको आशंका

- गुण्डाको मा काम गर्ने एक मानिस मेयर भएर करिब एक अर्ब भ्रस्टाचार गरेकोमा जम्मा ५ करोड को दाबि सहित मुद्धा चलेकोमा स्थानीय असन्तुष्ट

-


     सुचनाको हक     
     चैत्र २८ गते २०८० मा प्रकाशित


बागमती नगरपालिका, सर्लाहीका नगर प्रमुख (मेयर) भरत कुमार थापाले स्रोत नखुलेको गैरकानूनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको भन्ने उजुरी निवेदन सम्बन्धमा अनुसन्धान हुँदा निज भरत कुमार थापाले नगर प्रमुख (मेयर) को रुपमा सार्वजनिक सेवा प्रवेश गरेको मिति 2074/06/07 गतेदेखि मिति 207९/10/29 गतेसम्मको अनुसन्धान जाँच अवधिको निजको सम्पूर्ण वैधानिक आयहरूमा निजले नगर प्रमुख (मेयर) को रुपमा सार्वजनिक सेवामा प्रवेश गर्नु भन्दा अगाडि निज तथा निजको एकासगोल परिवारका सदस्यहरुको नाममा विभिन्न बैङ्क तथा वित्तीय संस्थाहरुको खातामा रहेको बैङ्क मौज्दात रकम, निजले सार्वजनिक सेवामा प्रवेशपश्वात प्राप्त गरेको पारिश्रमिक बचत आय, निजको श्रीमतीको पारिश्रमिक बचत आय, बैठक भत्ता, विभिन्न बैङ्क तथा वित्तीय संस्थाहरुबाट लिएको ऋण/कर्जा आय, जग्गा बिक्री आय, कम्पनी आय र कृषि आयसमेत गरी जम्मा रु. 7,86,50,201।48  (सात करोड छयासी लाख पचास हजार दुई सय एक रुपैयाठ्‍चास पैसा) निजको वैधानिक स्रोत खुल्न आएको एवं सोही जाँच अवधिमा निजको सम्पूर्ण व्यय (खर्च तथा लगानी) मा घर/जग्गा खरिद, विभिन्न बैङ्क तथा वित्तीय संस्थाहरुबाट उपभोग गरेको कर्जा/ऋणको साँवा व्याज तिरेको रकम, जीवन बीमा प्रिमियम भुक्तानीमा भएको खर्च, विभिन्न कम्पनीहरुमा लगानी भएको खर्च, अध्ययन खर्च, शेयर खरिद खर्च, सवारी साधन खरिदमा भएको खर्च, सेवा दस्तुरवापत तिरेको रकम र बैंक मौज्दात रकमसमेत गरी जम्मा रु.13,20,03,391।14 (तेह्र करोड बीस लाख तीन हजार तीन सय एकानब्बे रुपैया चौध पैसा) खर्च तथा लगानी गरेको देखिन्छ।

यसैगरी अनुसन्धान जाँच अवधिमा स्रोत खुल्न आएको निजको वैध आय रु. ,86,50,201।48 (सात करोड छयासी लाख पचास हजार दुई सय एक रुपैयाठ्‍चास पैसा) को अनुपातमा सोही अवधिमा निजले रु.13,20,03,391।14 (तेह्र करोड बीस लाख तीन हजार तीन सय एकानब्बे रुपैयाँ चौध पैसा) खर्च तथा लगानी गरेको देखिँदा निजको कुल बैधानिक आयलाई निजले गरेको कुल व्ययसँग तुलना गर्दा निजको आयस्रोत र आर्जन गरेको सम्पत्तिबिच तादाम्यता देखिन नआई रु.5,33,53,189।66 (पाँच करोड तेत्तीस लाख त्रिपन्न हजार एक सय उनानब्बे रुपैया छैसठ्ठी पैसा) बरावरको सम्पत्ति ऋणात्मक देखिएकोले सार्वजनिक पद धारण गरेका बागमती नगरपालिका, सर्लाहीका नगर प्रमुख (मेयर) भरत कुमार थापाले सार्वजनिक पदको दुरुपयोग गरी रु.5,33,53,189।66 गैरकानूनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको हुँदा निजको उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २० को उपदफा (१) बमोजिमको कसुर पुष्टि हुन आएकोले निजलाई बिगो रु.5,33,53,189।66 (पाँच करोड तेत्तीस लाख त्रिपन्न हजार एक सय उनानब्बे रुपैया छैसठ्ठी पैसा) कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २० को उपदफा (२) बमोजिम कैद तथा जरिवानाको सजाय हुनका साथै निजले गैरकानूनी रूपमा आर्जन गरेको सम्पत्ति भ्रष्टाचार निवारण ऐन¸ २०५९ को दफा २० को उपदफा (२), दफा ४७ तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन¸ २०४८ को दफा २९ख. बमोजिम जफत/असुल उपर हुन मागदाबी लिइएको छ।

साथै, निज भरत कुमार थापाले सार्वजनिक सेवाको पदमा रहँदाका बखत गैरकानूनी रूपमा आर्जन गरेको सम्पत्तिबाट निजको एकासगोल परिवारका सदस्यहरु श्रीमती रेश्मी कुमारी घिमिरे थापा, भाई राम कुमार थापा र भाई बुहारी द्वारीका राउतको नाममा खरिद गरिएका घरजग्गा, विभिन्न कम्पनीमा गरेको लगानी, शेयर खरिद, जीवन बीमा प्रिमियम भुक्तानी र बैंक खातामा मौज्दात रकम लगायतमा गरिएका खर्च बरावरको स्रोत नखुलेको, आंशिक स्रोत नखुलेको, आंशिक स्रोत खुलेको र पूरै स्रोत खुलेको सम्पत्ति र त्यसबाट बढेबढाएको सम्पत्ति भ्रष्टाचार निवारण ऐन, 2059 को दफा ४७ तथा अख्तियार दुरूपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा २९ख. बमोजिम जफत गर्ने प्रयोजनार्थ मात्र निजहरु रेश्मी कुमारी घिमिरे थापा, राम कुमार थापा र द्वारिका राउतलाई प्रतिवादी कायम गर्ने तथा निहरुको नाममा हाल कायम रहेको सम्पत्ति र त्यसबाट बढेबढाएको सम्पत्तिबाट बिगो जफत/असुल उपर गरी पाउनसमेत मागदाबी लिई विशेष अदालत, काठमाडौंमा आरोप-पत्र दायर भएको छ। तर स्थानीयका अनुसार करिब एक अर्ब त गीटि बालुवाबाट मात्र मेयरले कमाएको आरोप छ तत्कालिन अबस्थामा केहि संचारमाध्यममा आएको समाचार यस्तो थियो

बागमती नगरपालिकाका मेयर भरतकुमार थापाले सरकारी स्वामित्वको सागरनाथ वन परियोजनाको जग्गामा माछापोखरी खन्ने निर्णय गरे । तर माछापोखरी नखनी गिटी र बालुवा खानी संचालन गरेका छन् । सरकारी जमिनबाट निकालिएको गिटीबालुवा मेयर थापाले बिक्री गरी आफ्नै ढुकुटी भरेका छन् ।  नगरपालिकाले ८९ बिघामा माछापोखरी खन्ने निर्णय गर २ सय बिघा भन्दा बढी जग्गामा खाल्डो खनेर गिटीबालुवा निकालेर रेलको लिक बनाउनका लागि बिक्री गरिरहेको छ । 


माछापोखरीका लागि खनिएको खाल्डाको गहिराई ४ मिटर हुन्छ । तर १० मिटर गहिराईको खाल्डो खनी बालुवा र गिटी निकाल्ने काम बागमती नगरपालिकाका मेयर भरतकुमार थापाले गरिरहेका छन् । मेयर थापाले माछापोखरी खन्ने निर्णय नगरपालिकाबाट गराए पनि उनको नियत भने गिटीबालुवा निकालेर बिक्री गर्ने रहेको १० मिटर गहिराईको खाल्डो खनेबाटै प्रष्ट भएको स्थानीयबासी बताउँछन् । 


मेयर नै ठेकेदार भएपछि…
माछापोखरी खन्ने भनेर गिटीबालुवा खानी संचालन गरेका मेयर थापा रेललिक निर्माणका सहायक ठेकेदार हुन् । रसुवा कन्ष्ट्रक्सनसहितका ठेकेदारले ठेक्का लिएको रेलमार्गमा मेयर भरत थापा पेटी ठेकेदार हुन् । मेयर आफैं ठेकेदार भएकाले निकालिएको गिटी बालुवा उनले त्यहीँ निर्माणमा प्रयोग गरी मालामाल भएका छन । सरकारी जग्गाबाट निकालेको बालुवाको हिसाबकिताव नगरपालिकाको आम्दानीमा नबाँधी उनले आफ्नै सम्पत्ति जस्तै गरेका छन् । बालुवा र गिटी दुवै बिक्रीबाट प्राप्त आम्दानी नगरपालिकामा देखाइएको छैन । माछापोखरी भनेर २ सय विघा सरकारी जग्गामा खनिएको खाल्डोबाट अरब रुपैयाँको बालुवा निकालेर बिक्री गरी भ्रष्टाचार गरेको आरोप मेयर थापामाथि लागेको छ ।  


बजेट दुरुपयोग
अख्तियार दुरुपयोग अनुसन्धान आयोग र सरोकारवाला निकायले स्थानीय निकायमा हुने चरम भ्रष्टाचारको नमूना हेर्नुपरे बागमती नगरपालिकालाई हेर्दा हुन्छ । बागमती नगरपालिकाका मेयर थापाले संचित कोषबाट खर्च गरेका छन् । तर उनले आर्थिक अनुशासन पालना नगरी मनपरी खर्च गरेका छन् । रकमान्तर गर्न नमिल्ने शीर्षकमा पनि उनले गरेका छन् । 


पूर्वआइजीपी सर्वेन्द्र खनालको निर्देशनमा गैरन्यायिक हत्या गरिएका कुमार पौडेलका भाइ हरिकृष्ण पौडेल केही दिनअघि बागमती नगरपालिका वडा नम्बर २ र ३ को सडक निर्माणको लागत स्टीमेट माग गर्दै आमरण अनसन बसे । पेश्की पेश्की बजेटबाट काम गरेकाले लागत स्टीमेट मेयर थापाले दिन सकेनन् । अनसनरत पौडेलसँग प्रमुख जिल्ला अधिकारीको रोहबरमा सहमति भयो ।

सडकमा भएको अनियमितताबिरुद्ध छानबिनको माग गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दिने सहमति गरिएको थियो । साथै मेयर थापाको सम्पत्ति छानबिनका लागि सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागमा पनि पौडेलले उजुरी दिने गरी अनसन तोडिएको थियो । पौडेलसँग प्रजिअको रोहबरमा सहमति भयो । तर त्यो सहमति भएपछि मेयर थापाले सडक निर्माण नै रोकेका छन् । र, पौडेललाई अख्तियार र सम्पत्ति शुद्धिकरण विभागमा दिएको उजुरी फिर्ता नलिएसम्म सडक निर्माण रोक्ने धम्की समेत दिएका छन् । 


बागमतीको बालुवा मौलापुर र कटहरियामा 
बागमती नगरपालिकाका मेयर थापाले सरकारी जग्गामा माछा पोखरी खन्ने भनेर नगरपालिकाको बजेटबाट खाल्डो खन्न लगाई निकालेकोे बालुवा गिटी नेकपाका नेता प्रभु साहलाई खुसी पार्न रौतहटको मौलापुर र कटहरियामा समेत पठाएका छन् । दसौं ट्रिपर बालुवागिटी उनले प्रभु साहको श्रीमती रिनाकुमारी साह मेयर भएको मौलापुर र पीए सियाराम कुशवाह(फिरोज) मेयर भएको कटहरियामा पठाएका छन् । करिब ३ अर्बको बालुवा बागमतीबाट निकालेर उनले बिक्री गरी अनियमितता गरेका छन् । नगरपालिकामा एक रुपैयाँ आम्दानाी बाँधिएको छैन ।

सागरनाथ वन परियोजनामा माछापोखरी भनेर झुक्याई खाल्डो खनेर निकालिएको बालुवा र गिटीबाट मेयर थापाले अरब रुपैयाँ नै घोटाला गरेको आरोप छ । माछा पाल्नका लागि नभएर मेयर थापाले गिटीबालुवा निकालेर बिक्री गरी रातारात अरब कमाउने उद्देश्यले नै उक्त जग्गामा खाल्डो खनेको स्थानीयको भनाइ छ । उनले सरकारी जग्गाबाट निकालेको बालुवा ठाउँ ठाउँमा थुपारेर राखेका छन् । स्थानीय बासिन्दाका अनुसार अख्तियारले निरीक्षण गर्न जाने हो भने मााछापोखरीका नाममा खाल्डो खनेर बालुवा गिटी निकाली बिक्रीका लागि थुपारेर राखिएको पाइनेछ ।


सामाजिक सुरक्षा भत्ता 
मेयरको सहकारीमा जम्मा गर्नैपर्ने

बृद्धबृद्धा, एकल महिला, अपाङ्गलाई दिइने सामाजिक सुरक्षा भत्ता बैंकबाट दिनुपर्ने हो । तर मेयर थापाले बागमती सहकारीबाट भुक्तानी दिने र प्रत्येक ब्यक्तिले २ सय सहकारीमा राख्नैपर्ने बाध्यकारी ब्यवस्था गरेका छन् । सामाजिक सुरक्षाको रकम २ सय मेयरको सहकारीमा जम्मा गर्नैपर्ने बाध्यकारी ब्यवस्था गरिएको छ । आवश्यक हुनेले समेत २ सय सहकारीमा जम्मा गर्नैपर्ने बाध्यता सृजना गरिएको छ । थापाले मेयर निर्वाचित भएपछि सहकारी खोलेका हुन् । सामाजिक सुरक्षा भत्ता बैंकमार्फत् दिनुपर्नेमा मेयरले आफ्नै सहकारीबाट दिने गरेका छन् । र, जबर्जस्ती सहकारीमा २ सय बचत गर्न बाध्य पार्दैआएका छन् ।


को हुन् मेयर थापा ?
२०६० सम्म भरतकुमार थापा गुण्डानाइके संजय टक्लाको बागमतीस्थित राजमार्गमा राखेको ढाटका कर्मचारी थिए । तत्कालीन माओवादीका लोकरोशन प्रधान भरत थापाका चिनजानका ब्यक्ति थिए । त्यतिबेला माओवादीले बैंक लुटेको रकम पनि प्रधानले थापालाई दिएपछि उनको आर्थिक हैसियत एकाएक माथि पुग्यो । लोकरोशन द्वन्द्वकालमा रहस्यमय ढंगले मारिए । लोकरोशन मारिएपछि भरतले सबै पैसा पचाए । त्यो पैसा उनले क्रसरमा लगानी गरे । 


ढाटमा काम गर्दागर्दै त्यहीँ नजिक घर भएकी सापकोटाकी छोरीसँग उनले विवाह गरे । शान्तिप्रक्रियापछि जनमोर्चामा हुँदै माओवादीमा लागे । संविधानसभा निर्वाचनमा माओवादीका उम्मेदवार भए । पराजीत भए । स्थानीय चुनावमा बागमती नगरपालिकामा माओवादीले उनलाई टिकट दियो, मेयरमा निर्वाचित भए । मेयरमा निर्वाचित भएपछि उनले माछापोखरी खन्ने भनेर गिटीबालुवा निकाल्ने खाल्डो खनेर अर्बको गिटीबालुवा बिक्री गर्न सफल भएका छन् ।