मुलुकको आर्थिक तथा वित्तीय स्थिति कोमामै पुग्ने अबस्थामा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।। राष्ट्र बैंकले जारी गरेको पछिल्लो प्रतिबेदन अनुसार देशको आर्थिक अबस्था खस्किँदै गई सबै सूचकहरु नकारात्मक विन्दूमा झरेको उल्लेख गरेको छ । नेपाल राष्ट्र बैंकले वर्तमान सरकार गठनपछिको पछिल्लो सात महिनाको तथ्यांकमा आधारित विवरण सार्वजनिक गर्दै अर्थतन्त्र निराशाजनक रहेको देखाएको छ ।
राष्ट्र बैंकका अनुसार अघिल्लो वर्षको ठिक यतिबेला वैदेशिक रोजगारीमा जानेको संख्या ८५ प्रतिशतले घट्दा रेमिट्यान्स भने बढेको थियो । तर यस वर्ष अघिल्लो वर्षको तुलनामा करिब ५ प्रतिशतले घटेको छ । सुरुको सात महिनामा ५ खर्ब ४० अर्ब १२ करोड रेमिट्यान्स भित्रिएको छ ।
गत वर्ष यहि अवधिमा अघिल्लो वर्षको तुलनामा रेमिट्यान्स १० दशमलव ९ प्रतिशतले बृद्धि भएको जनाएको छ ।भने शोधनान्तर स्थिति २ खर्ब ४७ अर्ब ३ करोड रुपैयाँ घाटामा रहेको राष्ट्र बैंकले जनाएको छ । राष्ट्र बैंकले चालु आर्थिक वर्षको सुरुको सात महिनामा गत वर्षको तुलनामा निर्यात ८८ दशमलव ३ प्रतिशतले बढेको जनाएको छ । गत वर्ष, यस अवधिमा अघिल्लो वर्षको तुलनामा निर्यात वृद्धिदर ७ दशमलव ६ प्रतिशत मात्र रहेको उल्लेख गरेको छ ।
शुक्रबार तथ्यांक सार्वजनिक गर्दै राष्ट्र बैंकले आयात पनि ४२ दशमलव ८ प्रतिशले बढेको उल्लेख गरेको छ। सात महिनामा १ खर्ब ३१ अर्ब ६६ करोड रुपैयाँको निर्यात भएको राष्ट्र बैंकले जनाएको छ । भारततर्फ १ सय १३ प्रतिशत र अन्य मुलुकतर्फ २७ दशमलव ७ प्रतिशतले निर्यात बढेको हो । चीनतर्फ भने १२ दशमलव ४ प्रतिशतले घटेको छ । राष्ट्र बैंकका अनुसार वस्तुगत आधारमा पाम तेल, सोयाबिन तेल, पिना, धागो, जुसलगायत वस्तुको निर्यात बढेको छ भने अलैँची, चिया, जडिबुटी, तार, तामाको तारलगायत वस्तुको निर्यात घटेको छ ।
रेमिट्यान्स भने ४ दशमलव ९ प्रतिशतले घटेको छ। बैंक तथा वित्तिय संस्थाको निक्षेप संकलन ३ दशमलव ६ प्रतिशतले बढेको र निजी क्षेत्रमा कर्जा प्रवाह १२ दशमलव ३ प्रतिशतले बढेको राष्ट्र बैंकको तथ्यांक छ । सरकारले लिएको आयात निरुत्साहित गर्ने नीतिले विदेशी मुद्राको सञ्चिति र सञ्चिति पर्याप्तता सूचकमा सुधार भएको जनाएको छ ।
राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०७८/७९ को सात महिना (साउन–माघ) को आर्थिक तथा वित्तीय अवस्थाको प्रतिवेदन सार्वजनिक गरेको हो । नेपाल राष्ट्र बैंकबाहेकका बैंक तथा वित्तीय संस्थासँग यस्तो सञ्चिति १५४ अर्ब ३९ करोड रुपैयाँ रहेको छ । यो रकमले ६ दशमलव ७ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त देखिन्छ ।
अघिल्लो महिनासम्म ६ दशमलव ६ महिनाको मात्र वस्तु तथा आयात धान्न सक्ने क्षमता रहेकोमा विदेशी मद्राको सञ्चितिमा सुधार भएको नेपाल राष्ट्र बैंकको प्रतिवेदनले देखाएको छ । माघ महिनामा विदेशिने श्रमिकको संख्या बढे पनि रेमिट्यान्स घट्ने क्रम नियन्त्रण हुन सकेको छैन राष्ट्र बैंकका अनुसार ७२ अर्ब रुपैयाँमात्रै विप्रेषण (रेमिट्यान्स) भित्रिएको छ ।
२०७७ माघको तुलनामा ४ दशमलव ९ प्रतिशतले रेमिट्यान्स घटेर साउनदेखि माघसम्म ५ खर्ब ४० अर्ब १२ करोड रुपैयाँ मात्रै रेमिट्यान्स नेपाल आएको छ । गत वर्षको यस्तै अवधिमा रेमिट्यान्स आप्रवाह १० दशमलव ९ प्रतिशतले बढेको थियो । गत वर्ष माघ महिनासम्म ५ खर्ब ६७ अर्ब ७० करोड रेमिट्यान्स भित्रिएको थियो ।
माघसम्म वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ र वैधानिकीकरण) लिने नेपालीको संख्या उल्लेख्य रुपमा बढेको छ । माघसम्म २ लाख जना नेपाली नयाँ काम पाएर विदेश पुगेका छन् । अघिल्लो वर्षको यही अवधिमा विदेशिने नेपालीको ८५ दशमलव ४ प्रतिशतले घटेको थियो ।
वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या पनि माघसम्म २६५ दशमलव ९ प्रतिशतले बढेर १ लाख ५२ हजार पुगेको छ । अघिल्लो वर्षको यस्तै अवधिमा पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या ७३ दशमलव१ प्रतिशतले घटेको राष्ट्र बैंकले जनाएको छ ।
बिस्तृत विवरण
nepal-rastra-bank-komama