नक्कली प्रमाणपत्र पेश गर्ने महिला कानुनि कठघरामा

-


     सुचनाको हक     
     चैत्र ३० गते २०८० मा प्रकाशित


जिल्ला पर्सा, धोबिनी गाउँपालिका अन्तर्गत पर्ने नेपाल राष्ट्रिय माध्यामिक विद्यालय, भिखमपुरमा कार्यरत बाल विकास सहयोगी कार्यकर्ता पुनम देवी कुर्मीले नक्कली प्रमाणपत्र पेश गरी अध्यापन गरिरहेकोले निजको शैक्षिक योग्यताको प्रमाणपत्र छानविन हुन भन्ने उजुरी निवेदन सम्बन्धमा अनुसन्धान हुँदा श्री नेपाल राष्ट्रिय माध्यामिक विद्यालय, भिखमपुर, पर्सामा बालविकास सहजकर्ता पदमा कार्यरत बालविकास सहजकर्ता पुनम देवी कुर्मीले ठाकुर महेश्वर प्र. सिंह संस्कृत प्रा. सह उच्च विद्यालय, भारतबाट जारी भएको माध्यमिक तहको परीक्षा पास गरेको भनी नक्कली शैक्षिक योग्यताका प्रमाणपत्रहरु पेश गरी मिति २०६६।०३।१२ मा नियुक्ति लिएको देखिएकोबाट निज पुनम देवी कुर्मीले भ्रष्टाचार निवारण ऐन, 2059 को दफा 16 को उपदफा (1) बमोजिमको कसुर गरेको पुष्टि भएको हुँदा निजलाई सोही ऐनको दफा 16 को उपदफा (1) बमोजिम कैद र जरिवाना सजाय हुन मागदाबी लिई विशेष अदालत, काठमाडौंमा आरोप-पत्र दायर भएको छ।