नक्कली शैक्षिक प्रमाणपत्रको आरोपमा बैंकका ६ कर्मचारी पक्राउ

-


     सुचनाको हक     
     श्रावण २९ गते २०८० मा प्रकाशित


नक्कली शैक्षिक प्रमाणपत्रको आरोपमा ६ जना सिटिजन्स बैंकका कर्मचारी पक्राउ परेका छन् । जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले सोमबार नक्कली प्रमाणपत्रको आरोपमा ६ जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरूमा सिटिजन बैंकको बुटलवस्थित ड्राइभर चोक ब्रान्चमा कार्यरत मनिशा मास्के, मनिग्राम ब्रान्चमा कार्यरत गोमा ज्ञवाली, कालिकानगर ब्रान्चमा कार्यरत कल्पना खत्री, सोही ब्रान्चमा कार्यरत प्रतिक्षा रेग्मी, बुटवल ब्रान्चमा कार्यरत खिमानन्द गौतम र दीपक बिष्ट रहेको परिसरका एसपी तथा प्रवक्ता कुमोध ढुङ्गेलले जानकारी दिए ।

उनीहरूले नक्कली शैक्षिक प्रमाणपत्र पेस गरेर जागिर खाएको पाइएकाले नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

यसअघि सीआईबीले ‘अपरेसन फोस्कट्रोट’ नाम दिएर नक्कली डाक्टहरूलाई पक्राउ गरेको थियो । उक्त आरोपमा ८ जना पक्राउ परेकोमा सांसद समेत रहेका सुनिल शर्मालाई अदालतले हिरासत बाहिर राखेर अनुसन्धान गर्न आदेश दिएपछि ७ जना हिरासतमा थि ए।

उनीहरूमध्ये १ जना भने सक्कली रहेको खुलेपछि सक्कलीलाई रिहा गरिएको छ । अहिले ६ जना नक्कली डाक्टरहरु सीआईबीको हिरासतमा छन् ।