नापी कार्यालयका भ्रस्ट बराल जस्तै भ्रस्ट, पोखरा महानगरका भ्रस्ट बराल पक्राउ

-


     सुचनाको हक     
     वैशाख ५ गते २०८१ मा प्रकाशित


पोखरा भ्रस्टाचारि हरुको शहर हो l बैदाम प्रहरी प्रमुख भएर आउनको लागि लाख होइन करोडमा डिल हुने कुराले समेत पोखरा राम्रो कमाइ हुने शहर हो भन्ने बुझाउछ l

यसरि राम्रो कमाइ हुने यो शहरमा गुरुङ थर हुनु अभिशाप जस्तै छ गुरुङ थर देख्ने बित्तिकै यो संग त पैसा झर्छ भनेर हुने कामलाई समेत केहि दिन हल्लाइदिने दुख दिने परिपाटी को बिकास यो शहरमा अन्यत्र भन्दा बढी छ l असंगठित रुपमा युबा हरुले गोप्य रुपमा गरेको एक छलफल अनुसार करिब ५०० जना महानगरका कर्मचारिले भ्रस्टाचार गरेर अकुत सम्पति आर्जन गरेको छन् जुन सम्पति अहिले छानबिन गर्दा समेत प्रस्ट हुन्छ कि त्यो भ्रस्टाचार को रकम हो भन्ने कुरा तर त्यहि पोखरामा महानगर मा केहि अधिकृत निकै इमान्दार छन् जसको दैनिकी निकै साधारण छ l पोखराका कर्मचारीको सम्पति छानबिन गर्न केहि समय अगाडी युवाहरुले माग गर्दै धर्ना समेत बसेका थिए बिना घुस काम नै नहुने पोखरा महानगरका कर्मचारि मध्यका एक महा भ्रस्ट इन्जिनियर बल्ल पक्राउ पक्रेका छन् नापी कार्यालयमा रहेका पोखरा १७ का बराल र यी महानगरमा रहेका बराल बिना पैसा काम नै नगर्ने भित्र पर्छन l नापी शाखामा रहेका ति बराललाइ घुस नदिइकन आज सम्म कसैले पनि ति बाट काम नलिए जस्तै पोखरा कि यी बरालबाट पनि बिना घुस काम लिन नसकिने यिनको स्वभाब रहेको पोखरेली बताउछन

हो पोखरा महानगरपालिकाबाट घर निर्माण सम्पन्नको प्रमाणपत्र दिने क्रममा इन्जिनियरले घुस लिएको प्रकरणमा पोखरा महानगरका घरनक्सा शाखाका इन्जिनियर शिवराज बराललाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखराको टोलीले पक्राउ गरेको हो । यी इन्जिनियर नापी शाखाका बराल जत्तिकै भ्रस्ट नभएपनि कम भने थिएनन

गत चैत २८ गते घर निर्माणको घर नक्सा प्रमाणपत्र दिने क्रममा सब इन्जिनियर उषाकिरण रोकाया र गोदार इन्जिनियरिङ कन्सल्टेन्सी सेवाका सुरज कुँवरलाई अख्तियारले पक्राउ गरेको थियो । उनीहरु १ लाख ५० हजार रुपैयाँ घुससहित रंगेहात पक्राउ परेका थिए ।

त्यही प्रकरणमा मंगलबार साँझ बराललाई पनि पक्राउ गरी अख्तियारको केन्द्रीय कार्यालय टंगाल पठाइएको सूचना अधिकारी जगदिश शिवाकोटीले जानकारी दिए । उनीहरुले यही एउटै काममा पनि पटक पटक घुस लिएको खुलेको छ ।

‘पटक पटक घुस लिएको र यो प्रकरणमा बरालको समेत संलग्नता देखिएपछि पक्राउ गरी केन्द्रीय कार्यालय पठाएर अनुसन्धान भइरहेको छ’ शिवाकोटीले भने, ‘रंगेहात डेढ लाख रुपैयाँ भेटिए पनि पटक पटक लिएको अनुसन्धानबाट देखिएको छ ।’

चैत २८ गते सवइन्जिनियर रोकायालाई पोखरा ५, मालेपाटनबाट र गोदार इन्जिनियरिङ कन्सल्टेन्सी सेवाका सुरजलाई पोखरा–४ सेल्वेजबाट पक्राउ गरिएको थियो ।

घुससहित पक्राउ परेकी सबइन्जिनियर रोकायालाई महानगरले निलम्बन गरिसकेको छ । गोदार इन्जिनियरिङ कन्सल्टेन्सी पोखरा महानगरमै लामो समयदेखि कार्यरत इन्जिनियर महेन्द्र गोदारले सञ्चालन गरेका हुन् । सोही कन्सल्टेन्सीमा कार्यरत कर्मचारी घुस प्रकरणमा समातिएका हुन् ।

पोखरा महानगरपालिका १० का एक सेवाग्राहीको घर निर्माण सम्पन्न गराउने भन्दै घुस लिएपछि उनीहरुले कानुनी उपचारको बाटो रोजेका थिए ।

उनको फेसबुक लिंक

https://www.facebook.com/shiva.baral.39?mibextid=ZbWKwL

यो भन्दा अगाडी पक्राउ परेकी उषाकिरण

उषाकिरण करिब ४ बर्ष अगाडी आयोगको परिक्षामा गण्डकी प्रदेशबाट सब ईन्जिनियर मा उतिर्ण भई स्थायी नियुक्ति प्राप्त गरेर बिरुवा गाउँपालिका स्याङ्जा मा पदस्थापन भएकी थिइन्