नेपालको दुर्गम क्षेत्रमा सामुदायिक मानसिक स्वास्थ्यमा सुधार

-


     सुचनाको हक     
     माघ १४ गते २०८० मा प्रकाशित



सामुदायिक मानसिक स्वास्थ्य कार्यक्रमक अन्र्तगत इलाम पाइलट प्रोजेक्टको सिकाई उपलब्धीपूर्ण र प्रभावकारी रुपमा सम्पन्न भएको छ । युनिटि इन हेल्थ नेपालले गरेको कार्यक्रममा यसको प्रभावकारीता बढेको पाइएको हो ।
काठमाडौंमा भएको समापन कार्यक्रमको समिक्षा कार्यक्रममा दिइएको जानकारी अनुसार हरेक बर्ष संसार भरि सात लाख भन्दा बढि मानिसले आफैले आफ्नो ज्यान लिने गर्छन् । यसको मतलब हरेक मिनेट, संसारको कुनै ठाँऊमा कसैले आफ्नो ज्यान लिन्छ । संसारमा हुने आत्महत्याहरु मध्ये लगभग ७७ प्रतिशत आत्महत्या कम र मध्यम आय भएका देशहरुमा हुने गर्छ । नेपालमा आत्महत्या, काम गर्ने उमेरका महिलाहरुको मृत्युको प्रमुख कारण र हाम्रो देशको विभिन्न समुदायलाई असर गर्ने एउटा जटिल सामाजिक समस्या रहेको छ ।
युनिटि इन हेल्थ नेपालमा मानसिक स्वास्थ्य लाई लिएर हुने लाल्छनालाई संम्बोधन गर्न र मानसिक स्वास्थ्य कार्यदलहरुको संख्या र सिप बढाउनका लागि स्थापना गरिएको हो । यस संस्थाको लक्ष्य भनेको मानसिक स्वास्थ्य सेवा पाउन संघर्ष गरिरहेका व्यक्तिहरुको लागि मानसिक स्वास्थ्य सेवाको पहुचमा सुधार गरेर अन्तत मानिसको ज्यान जोगाउनु हो ।
हामीले इलाम जिल्लाको संदकपुर गाँउपालिकामा २ बर्ष ६ महिनाको पाईलट प्रोजेक्ट संचालन ग¥यौ । स्थानिय खेतिपाती प्रधान यस पूर्वी नेपालको इलाम जिल्लाका समुदायहरुको लागि मानसिक स्वास्थ्य शिविर निशुल्क रहेको छ, जहा आत्महत्याको जोखिम उच्च रहेको छ । मानसिक स्वास्थ्य शिविरका साथसाथै, हामीले स्थानिय स्वास्थकर्मीहरुलाई आधारभुत मानसिक स्वास्थ्य सेवाका सिपहरुको तालिम प्रदान ग¥याँै । यो परियोजना बाट हामीले सामुदायिक मानसिक स्वास्थ्य सेवा (निशुल्क मानसिक स्वास्थ्य शिविर + स्थानिय स्वास्थ्यकर्मीको तालिम + मानसिक स्वास्थ्य प्रवर्धन क्यामपेन) को एउटा मोडल तयार गरेका छाँै, जसलाई सजिलै सँग नेपालको अरु क्षेत्रहरुमा पनि लागु गर्न सकिन्छ ।
दुइ बर्ष ६ महिनाको कडा काम र सहकार्य पछि हामी सबैका लागि समुदायमै सरकारी स्वास्थ्य संस्था बाट निशुल्क मानसिक स्वास्थ्य सेवा प्रदान गर्न सकेका छाँै ; गाऊँपालिकामा आ्रत्महत्याको दर ७७ % ले घटाउन सकेका छाँै ; जोखिममा रहेका महिला र किशोरीहरुको बिचमा मनोसामाजिक सहयोग पु¥याउन सकेका छौँ ; लगभग १०० जति सामुदायिक कर्मचारीहरुलाई मानसिक स्वास्थ्य सिप बारे तालिम दिएका छौँ र महिला स्वास्थ्य स्वयंसेविका को मार्पmत घरघरमा गई सेवा प्रदान गरेका छौँ ।
सामुदायिक मानसिक स्वास्थ्य कार्यक्रमको यो एउटा ढाँचा हो जुन कम आर्थिक लगानीमा कार्यान्वयन गर्न सकिन्छ र नेपालको अरु दुर्गम ठाँउहरु जहाँ मानसिक स्वास्थ्यको पहुच छैन, त्याहाँ सजिलै लैजान सकिन्छ ।
यो कार्यक्रममा, हामीले अरु सरोकारवालाहरु सँग यहि परियोजनाको निष्कर्ष र सिकाईहरु साटासाट गर्ने उद्देश्य लिएका छौँ र साथसाथै नेपालका दुर्गम समुदायहरुमा रहेको अत्यन्त जरुरी मानसिक स्वास्थ्य सेवाको आवश्यकतालाई छलफल गर्ने हो ।