पत्रकार हरुका लागी आचारसंहिता जारी

-


     मदनमणि तिमिल्सिना     
     चैत्र ४ गते २०७८ मा प्रकाशित


निर्वाचन आयोगले पत्रकार हरुका लागी निर्वाचन आचारसंहिता जारी गरेको छ। आयोगका अनुसार पत्रकारलाई कसैको पक्ष वा विपक्षमा सामाजिक सञ्जालमा लेख्न रोक ।आचारसंहितामा अनलाइन वेबपेजमा राजनीतिक दल वा उम्मेदवारको विज्ञापन गर्न नपाइने । पत्रकारले कसैको पक्ष वा विपक्षमा एसएमएस, फेसबूक, ट्वीटर, भाइबर, युट्युब, इन्स्टाग्राम जस्ता विद्युतीय माध्यम प्रयोग गरी कुनै सामग्री प्रकाशन, प्रसारण वा सम्प्रेषण गर्न तथा त्यस्ता सामग्री सामाजिक सञ्जालमा शेयर, लाइक, कमेन्ट वा प्रति कमेन्ट गर्न नहुने |

सम्वत् २०७९ साल वैशाख ३० गते सम्पन्न हुने स्थानीय तहको निर्वाचनका लागि मिति २०७८।११।३० गते उप्रान्त आयोगले निम्न बमोजिमका निर्णयहरु गरी कार्यान्वयन प्रक्रिया अगाडि बढाएको छ। आगामी स्थानीय तह निर्वाचन स्वच्छ, निष्पक्ष, स्वतन्त्र, विश्वसनीय र मितव्ययी रुपमा संचालन गर्ने सन्दर्भमा प्रचलित कानून बमोजिम निर्वाचन प्रयोजनको लागि दर्ता भएका दलको उम्मेदवारलाई सोही दलको निर्वाचन चिन्ह दिन उपयुक्त निर्णय गर्ने सम्बन्धमा निर्वाचनमा भाग लिन आयोगमा दर्ता भएका राष्ट्रिय मान्यता प्राप्त बाहेकका ७३ (त्रिहत्तर) राजनीतिक दललाई राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा ५७ बमोजिम जिल्ला स्तरको संगठन संरचना (जिल्ला समिति) को विवरण २०७८ चैत्र ६ गतेभित्र पेश गर्न पत्राचार गरेको छ । आयोगबाट स्वीकृत भएको निर्वाचन आचारसंहिता, २०७८ मिति २०७८ चैत्र ३ गते नेपाल राजपत्रमा प्रकाशन भएको छ । आगामी स्थानीय तह निर्वाचन, २०७९ का लागि आयोगले तोकेको मितिदेखि उक्त आचारसंहिता लागू हुनेछ । आगामी स्थानीय तह निर्वाचन २०७९ का लागि निर्वाचनको काममा खटिने जनशक्तिको प्रतिव्यक्ति २० लाख रुपैयाँको सामूहिक दुर्घटना बीमा गर्न राष्ट्रिय बीमा संस्थानसँग मिति २०७८।१२।०२ मा सम्झौता गरिएको छ । स्थानीय तह निर्वाचनका लागि आवश्यक पर्ने मतदाता नामावली, मतदाता परिचयपत्र लगायतका निर्वाचन सामग्रीहरु छपाइका लागि आज मिति २०७८।१२।३ गतेको गोरखापत्र दैनिकमा ६ वटा प्याकेजमा E-bidding को माध्यमबाट खरिद गर्न बोलपत्रको सूचना प्रकाशन भएको छ ।