पोखरा ४ बाट घुस सहित समातिय घुस्याहा

-


     सुचनाको हक     
     चैत्र २९ गते २०८० मा प्रकाशित


पोखरा महानगरमा घुस सामान्य चिया जस्तै भइसकेको छ बिगत लामो समय देखि नागरिकले तिरेको पैसा रसिद दिएको बाट समेत करोड करोड घुस खाने कर्मचारी हरु कोहि बढुवा भए त कसैको ग्रेड वृद्धि भयो साबिक लेखनाथमा लाखौ रुपैया घुस लिएका कर्मचारीलाई पोखरा महानगरपालिका वडा नम्बर ४ का वडा अध्यक्षले सबै जानेका सचिब भनेर आफ्नो वडामा सचिब बनाए l आज तिनै वडामा घुस सहित पक्राउ परेका छन् l

पोखरा महानगरपालिका, नगर कार्यपालिकाको कार्यालयमा कार्यरत सव-इन्जिनियर उषा किरण रोकाय र गोदार इन्जिनियरिङ कन्सल्टेन्सी सेवाका सुरज कुँवर समेतले घर निर्माण सम्पन्न प्रमाणपत्र दिलाउने प्रयोजनार्थ सेवाग्राहीसँग घुस/रिसवत माग गरिरहेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराबाट खटिई गएको टोलीले निज सव-इन्जिनियर उषा किरण रोकाय र कन्सल्टेन्सी सेवाका सुरज कुँवरलाई सेवाग्राहीबाट रु.१,५०,०००।–(एक लाख पचास हजार रुपैयाँ) घुस/रिसवत लिइसकेको अवस्थामा उक्त रकमसहित कन्सल्टेन्सी सेवाका सुरज कुँवरलाई पोखरा महानगरपालिका वडा नं. ४ र सव-इन्जिनियर उषा किरण रोकायलाई पोखरा महानगरपालिका वडा नं. ५ बाट मिति २०८०।१२।२८ गते नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको छ।