प्रज्ञा–प्रतिष्ठानको राजनीतिक नियुक्ति गलतको हातमा ? कुलपतिसहितका पदाकाधिकारी रारा सयरमा

-


     सुचनाको हक     
     वैशाख १९ गते २०८० मा प्रकाशित


नेपाल प्रज्ञा प्रतिष्ठानमा मनलाग्दी निर्णयहरू भएको पाइन्छ राजनीतिक नियुक्तिमा सहि मानिस रहे कि रहेनन परे कि परेनन हेर्न जान्न बुझ्न मन लागे यहा आए हुन्छ भनेर कर्मचारी बताउने गर्छन । प्रगतिशील लेखक सङ्घ नेपालको केन्द्रीय परिषद् बैठक र केन्द्रीय समितिको बैठक नेपाल प्रज्ञा–प्रतिष्ठानको खर्चमा गर्न लागिएको खुलेको छ ।

प्रलेसका अध्यक्ष डा. मधुसूदन गिरी, कोषाध्यक्ष बाबा बस्नेत, केन्द्रीय सदस्य डा. कौशिला रिसाल, सदस्य डा. कृष्णराज अधिकारी, परिषद् सदस्य अगिव बनेपाली र प्रलेसका सल्लाहकार डा. धनप्रसाद सुवेदी, भूपाल राई नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति, सचिव तथा प्राज्ञ सदस्यका रूपमा रहेका छन् ।

   प्रशासन प्रमुखले यस्तो गलत सल्लाह दिने अनि पदाधिकारीले त्यही सल्लाह मान्ने अवस्था सिर्जना भएको अवस्थामा प्रतिष्ठान अब डुब्ने र धारासायी स्थितिमा पुगेको प्रस्टै देखिन्छ । यस प्रकारको कार्यक्रम र भ्रमणबाट सरकारी ढुकुटीको दोहन गर्ने उद्देश्य प्रस्ट भएको देखिन्छ ।


  यिनीहरूले प्रतिष्ठानको बजेटबाट ३ लाख रुपियाँ प्रलेसलाई अनुदान दिएका छन् ।  प्रज्ञा–प्रतिष्ठानको आठओटा विभागबाट रकम दिइएको प्रलेसको बैठकमा सहभागी हुन प्रतिष्ठानबाट जम्बो टोली गएको छ ।

योजना तथा कार्यक्रम शाखाका ३ जना कर्मचारी, कुलपति र सचिवको निजी सचिवालयका २ जना कर्मचारी,  सवारी चालक ४ जना र प्राज्ञ पदाधिकारीहरू ८ जना त्यसतर्फ गएका छन् ।


जब कि नेपाल प्रज्ञा–प्रतिष्ठान कलाकार तथा कर्मचारी सङ्गठनका अध्यक्ष उत्तमराज उपाध्याय, उपाध्यक्ष सविना ज्ञवाली घिमिरे र महासचिव रञ्जन घिमिरे त्यस भ्रमणमा समेटिएका छन् ।

नेपाल प्रज्ञा–प्रतिष्ठानको आधिकारिक ट्रेड युनियनका पदाधिकारीले कुलपति र सचिवलाई समेत भेटेरै जम्बो टोली नलैजान दबाब दिए पनि प्रशासन प्रमुखको राय, सुझाव र सहमतिमा कुलपति र सचिवले जबर्जस्ती रूपमा ८ जना प्राज्ञ र ७/८ जना कर्मचारी लिएर गएका हुन् ।


   यसरी हेर्दा प्रतिपक्ष भूमिका रहेको र आधिकारिक निर्वाचनमा हारेको कर्मचारी सङ्गठनलाई रिझाउन र खुसी पार्ने मनसायले परिषद्ले अनावश्यक कर्मचारी लगेको देखिन्छ । प्रलेसको बैठकमा कर्मचारी र प्राज्ञहरू जानुपर्ने नै देखिँदैन । त्यसमाथि ३ लाख रुपियाँ दिएर कर्मचारी र प्राज्ञ जानु अनौठो विषय हो ।


    प्रतिष्ठानको गाडी र सवारी चालक, पदाधिकारी र कर्मचारीको भ्रमण भत्ता र खर्च लगभग ३ लाखको हाराहारीमा हुने देखिन्छ । एउटा गाडी बराबर ५० हजारको इन्धन खर्च हुने र त्यो पनि सुर्खेतसम्म मात्रै जान्छ । सुर्खेतबाट भाडाको गाडीमा जानुपर्दा अरू लाखौँ खर्च हुन्छ । यो सबै प्रतिष्ठानको खर्च हो । यसरी हेर्दा ७ देखि १० लाख प्रतिष्ठानको खर्च हुने देखिन्छ ।


आधिकारिक ट्रेड युनियनका प्रतिनिधिले शाखा नै रित्तो हुने गरी कर्मचारी नलैजान पटक पटक दबाब दिए पनि कुलपति र सचिवले योजना तथा कार्यक्रम महाशाखालाई रित्तो पार्ने, कुलपति, उपकुलपति र सचिवसहित ८ जना जना पदाधिकारी गई प्रतिस्ठान नै रित्तो पार्ने कामबाट प्रज्ञा–प्रतिष्ठान ठप्प हुने स्थिति छ ।


   १० देखि १५ दिनसम्मको उक्त भ्रमणबाट सरकारी ढुकुटीको अनियमित र गैरकानूनी रूपमा दोहन हुने प्रस्टै देखिन्छ । योजना महाशाखा प्रमुख आफू समेत कर्मचारी लिई महाशाखा रित्तो पारी जाने कुन नैतिकताको विषय हो ? र यसमा प्रशासन प्रमुखले समेत किन ? यस्तो भ्रमण रोक्न चाहेनन् ? गम्भीर प्रश्न उठेको छ ।


   प्रशासन प्रमुखले यस्तो गलत सल्लाह दिने अनि पदाधिकारीले त्यही सल्लाह मान्ने अवस्था सिर्जना भएको अवस्थामा प्रतिष्ठान अब डुब्ने र धारासायी स्थितिमा पुगेको प्रस्टै देखिन्छ । यस प्रकारको कार्यक्रम र भ्रमणबाट सरकारी ढुकुटीको दोहन गर्ने उद्देश्य प्रस्ट भएको देखिन्छ ।

‘बृहत् राष्ट्रिय साहित्य–गोष्ठी तथा साहित्यिक पर्यटन यात्रा’ नाम दिई कार्यक्रम गरेको प्रलेसले आफ्नो बैठकको उद्घाटन रारामा गर्ने जनाएको छ भने बैठक सुर्खेतमा गर्ने जनाएको छ ।

त्यसको खर्चका निम्ति प्रतिष्ठानले ३ लाख दिएको हो । तर प्रतिष्ठानबाट ८/८ जना परिषद् र ७/८ जना कर्मचारी जान लागेको अवस्थामा प्रतिष्ठानको कुनै पनि कार्यक्रम त्यसमा समेटिएको छैन ।


  रारामा काव्य उत्सव नाम दिई गर्न लागिएको कविता वाचनमा कुलपति, उपकुलपतिलगायत पदाधिकारीले मात्र कविता वाचन गर्ने नाटक मञ्चन गरिएको छ ।

यसरी पदाधिकारी र कर्मचारी जाँदा प्रतिष्ठानका गतिविधि ठप्प भएको छ । कार्यालय सञ्चालनमा नै वाधा पर्ने गरी जम्बो टोली भ्रमणमा निस्कनु पदीय दुरूपयोग भएको कर्मचारीहरू बताउँछन् ।