प्रेरणा मेरो आदर्श गुरु

-


     रोजिना घिमिरे    
     असार १८ गते २०८० मा प्रकाशित


मानव चेतनशील प्राणि हो, जसलाइ ज्ञान बुद्धि र बिवेकको खानि पनि भनेर चिनिन्छ। तर बिडम्बना कोहिबाहिर मानवको खोल ओडेर भित्र-भित्र दानवको भुमिका खेलिरहेका हुन्छन् भने कोहि यस्ता मानिस पनि हुन्छन् जो आफू मानव भन्दा माथि उठेर सारा मानव जगतलाइ नै आफू मानिस भएकामा गर्व गर्नु पर्छ भन्नेकुरा महसुस गराउँछन। बाटो बिराएर गलत बाटो तर्फ गईरहेका यात्रिका पाइलाहरूलाई सहि बाटो तर्फ डोहोर्याएर उसको गन्तब्य सम्म पुग्नका लागि सरल सहज र सूमार्ग निर्देशकको भुमिका खेलिरहेका हुन्छन्।
उदाहरण खोज्ने हो भने मातापिता र शिक्षक जस्तो ज्वलन्त उदाहरण अरू भेटिन्छ जस्तो मलाइ लाग्दैन। मूलूकले जति पनि दक्ष जनशक्ति उत्पादन गर्दछ त्यसमा सबैभन्दा ठूलो हात हुन्छ शिक्षकको जसलाइ यो दुनियाले सबैभन्दा तुच्छ ठान्छ। पहुँज वालाले शक्तिबिहिनलाइ माथिल्लो तह ले तल्लोतहलाइ गिराउने प्रचलन त नेपालवासि लाइ अबगत भएकै कुरा हो। एक शिक्षक बाट अर्को शिक्षक अपहेलित भएर बाँच्नु परेको हुन्छ। अझै यो समाजको त के कुरा गर्नु र चाहे अपराधि नै किन नहोस् भ्रष्टाचारी नै किन नहोस् शक्तिसालि छ भने उसको बढी मान्यता हुन्छ यो समाजमा। चाहे अनैतिक काम गरेर कमाएको नै किन नहोस् धनवान छ भने ऊसलाई भगवान् लाइ भन्दा बढी पूजा गर्छ यो समाजले।
तर मैले शिक्षक लाइ मात्र राम्रो देखाएर अरुलाइ ह्निच देखाउन खोजेको भने पक्कै होईन सबै आ-आफ्ना ठाउँमा ठिक छन्। मैले त खालि नेपालको वर्तमान शैक्षिक अवस्था र यो समाजले शिक्षक प्रति हेर्ने दृष्टिकोणको मात्र कुरा गर्न खोजेकि हुँ। जसरि आमाले आफ्नो सन्तान हुर्काउन असल संस्कार दिन घरायसि वातावरणमा घुलमिल गराउन त्याग् र सादना गरेकि हुन्छिन् त्यसरि नै आफ्ना विध्यार्थीहरूलाई बाहिरि वातावरण मा घुलमिल गराउन यो संसार सङ्ग लड्न जिबनमा आइपरेका चुनौतिहरुको सामना गर्ने सामर्थ्य राख्न सक्ने बनाउन र ऊनिहरूको ऊज्ज्वल भविष्य निर्माण गर्न शिक्षकको त्याग र साधना हुन्छ भन्नेकुरा बुझ्दैन या बुझ्न चाहँदैन यो समाज।
नेपालको शैक्षिक अवस्था खस्किदै जानु मा हाम्रा अभिभावक पनि दोषि देखिन्छन् किनभने सरकारी विद्यालयमा राम्रो पढाइ हुन सक्दैन भन्ने धेरै मानिसका मस्तिष्कमा नकारात्मक धारणा रहिआएको छ । त्यहि नकारात्मक धारणाले गर्दा मानिस हरुले आफ्ना सन्तान लाइ निजि विद्यालयमा पढाएर सरकारि लगानि खेर फालिदीएका छन। अनि अर्को कुरा अलिक् प्रतिभावान व्यक्तिले शिक्षा विषयमा हातै हाल्न हुन्न भन्ने प्राय मानिस को सोचाइ छ ।यस्ले पनि निकट भविश्यमा शिक्षा क्षेत्रमा ठूलो असर पर्न सक्छ। अझै स्पष्ट सङ्ग भन्नूपर्दा दक्ष शिक्षकको अभाव भएर भविश्यमा शिक्षक सङ्कटकाल नै नहोला भन्न सकिँदैन।
राजनीतिक बलको आडमा अयोग्य व्यक्तिहरूले पनि शिक्षण पेसा अङ्गालिरहेका हुन्छन् । त्यसैले मानिसका मनमा यस्तो सोचाइ आउनु स्वभाविक पनि हो। तर आम मानिसले सोचेको जस्तो सबै शिक्षक नराम्रो पनि त हुँदैनन् । कुनै शिक्षक दक्ष मिहिनेती,

कर्तब्यपरायण, विद्यार्थी मै‌त्रि, र अरूको प्रेरणाको स्रोत पनि हुन्छन्।
यस्तै दक्ष शिक्षकका भिड मध्यको एक शिक्षकको नाम हो श्रिकान्त साप्कोटा। अपाङ्गताको क्षेत्र बाट हेर्ने हो भने यो कार्य अझै कठिन छ। सामान्य तया मानिस को बुझाइ यो छ कि जतिपनि अपाङ्गता भॅएका व्यक्ति हरू छन् ति सबै पर निरभर छन् । उनिहरू साङ्ग व्यक्ति को साहारा बिना एक कदम् पनि पाइला अगाडि बढाउन सक्दैनन् । हाम्रै क्षेत्रका केहि मानिस हरूले उनिहरूको सोचाइलाइ साँचो सावित नगरिदिएका पनि होइनन् तर केहि व्यक्ति यस्ता पनि छन् जो आफू मात्र होइन अन्य व्यक्ति पनि समाजमा सम्मानपूर्वक बाँच्न सक्ने वातावरण सृजना गर्ने कार्यमा दत्तचित्त भएर लागिरहेकाछन्। आफू जलेर अरूलाइ सितल दिइरहेकाछन् ।
आखिर मानवहरूकै समाज हो ।जुनसुकै क्षेत्रमा पनि गुणस्तर र न्युनस्तर त भै नै हाल्छ ।अन्य क्षेत्रमा जस्तै हाम्रो क्षेत्रमा पनि छन् । म मानिसले देखाउने क्षमता बानि ब्यवहारका आधारमा उसको स्तर निर्धारण गर्ने गर्छु । हाम्रो क्षेत्रबाट हेर्दा सहज देखिएपनि शिक्षण कार्य यसकारण कठिन्छ किनकि हतपत मानिस हामि माथि बिस्वास नै गर्न चाहाँदैन । तितो सत्त्य ओकल्नै पर्दा हाम्रै क्षेत्रको तथ्याङ्क केलाऊनेहो भने प्राय मानिसहरू शिक्षण पेसामा नै आबद्ध भॅएको पाइन्छ। तर शिक्षक खोज्नेहो भने कमै मात्रामा भेटिन्छ। केही व्यक्तिहरू कामको नभॅइ नामका मात्र शिक्षक छन् , त्यसैले सबैलाइ एकैकिसिमको ठान्दछ मानिस। मानिस यो सोच्न सक्दैन कि साङ्ग व्यक्ति को पनि त व्यक्ति पिक्ष फरक फरक क्षमता हुन्छ त्यस्तै अपाङ्गता भॅएका व्यक्ति हरूमा पनि यहि नियम नै त लागु हुन्छ । यही अविश्वासको पहाड छिचलेर विश्वास बटुल्न सफल र विद्यार्थिको खुसि, ऊनिहरूको प्रगतिमा रमाऊन भन्दा आफ्नो जिबनस्थर मात्र माथि उठाऊन र स्वप्रसम्सा गर्नमात्र मनपराउने शिक्षकहरू ज्याद मात्रामा भेटिने यो समयमा आफ्ना सिश्श्यहरूको खुसि, प्रगतिमा रमाऊने शिक्षक, सेवाप्रेमि व्यक्तित्व, अदिवक्ता, श्रिकान्त साप्कोटा।
बि।स। २०४३ साल स्रावण ६ गते बुवा डिल्लिराम् साप्कोटा र आमा राधिका साप्कोटाको कोख बाट कास्कि जिल्ला साविकको थुमाको डाँडा गा।बि।स। हाल मादि गाऊँपालिका ४ तारकाङ मा उहाँको जन्म भॅएको हो। कोँडहर आदारभुत बिद्यालय बाट बिद्यालय शिक्षाको सुरुवाद, अमरसिँह मा।बि। बाट slc, प्रिथ्विनारायण बहुमुखि क्याम्पस बाट +2, स्नातक, स्नातकोत्तर सम्मको शिक्षा पुरा गरिसक्नुभॅएको उहाँ मानव अदिकार कर्मि हुनुहुन्छ।
धरतिमा मानव भॅएर जन्म लिइसकेपछि समाज/ देशका लागि एऊटा मात्र भॅएपनि राम्रो काम गरेर आफ्नो जन्म शार्थक बनाऊनूपर्छ, निस्वार्थ भावले मात्रिभूमिको सेवा गर्नुनै असल छोराको धर्म हो भन्ने सोच राख्नुभॅएको उहाँले शिक्षाका क्षेत्रमा, अपाङ्गता भॅएका व्यक्तिहरूको रोजगारका विषयमा, मानव अदिकारका क्षेत्रमा सम्बन्धित निकायमा खुलेर वकालत गर्दै आऊनूभॅएकोछ।
कुनै पनि व्यक्तिले प्रसंसनिय कार्य गरेकोछ भने ऊसकालागि अतिरिक्त फुलबुट्टा

गाँसिरहनूको कुनै आवश्यकता पर्दैन किनकि उसले गरेको कार्यलेनै ऊसको प्रशंसा गरिरहेको हुन्छ। ऊसलाइ बारम्बार स्याबासि दिरहेको हुन्छ। कसैले आफ्नो जिबनलाइ बेकार बनाइरहेकाछन् तर कसैले भने आफ्नो जन्म लाइ सफल बनाइरहेकाछन्। आफ्नो नामलाइ सार्थक बनाइरहेकाछन्। यस्तै आफ्नो जन्मलाइ सफल बनाऊन आफ्नो नामलाइ सार्थक बनाऊन सफल व्यक्तित्व को सुचि तयार गर्नेहो भने ऊहाँ को नाम अग्र पङ्तिमा लिन सकिन्छ।
ऊहाँको नामनै छ श्री। श्री को अर्थ हो कान्ति, बुद्धि, बिध्या, धनसम्पति आदिका सक्तिबाट झल्किने तेज, दिप्ति, सौन्दरिय, नाम/सम्बोधन का अगाडि लेखिने आदरवाचक शब्द, लक्क्ष्मि, स्वभा, कविताको छन्द। आदि। उहाँ लाखौँ मानिस को बुद्धिदाता जसले सिक्षाको माद्यमबाट आफ्ना विद्यार्थिको जिबनलाइ श्रीमय बनाऊन निरन्तर लागिरहनुभॅएकोछ। र सञ्चारको माद्यमबाट अन्दकारमा गुज्री रहेको समाजलाइ ऊज्यालो छर्ने काम गरिरहनुभॅएकोछ। त्यसैले जुनसुकै क्षत्र बाट हेरेतापनि श्रि नामनै काफि छ उहाँको प्रशंसाको लागि शब्दकोस बाट अन्य शब्दहरूको छनोट गरिराख्नु पर्छ जस्तो मलाइ लाग्दैन । उहाँ एक दक्ष शिक्षक। यो शिक्षक भन्ने शब्द आफैमा सम्मानजनक छ। शिक्षक भनेको बलिरहेको दियो हो जो आफु अन्धकारमा रहदारहदै पनि जलेर अरूलाइ ऊज्यालो दिइरहेको हुन्छ। शिक्षक एक् डुङ्गा चालक हो जसले असङ्ख्य यात्रिलाइ खोला तारिदिएर उनिहरूको गन्तब्यस्थान सम्म पुग्न सहयोग गर्छ तर अन्तत्वगत्व उस्को बासस्थान चाहिँ नदिकिनारमा नै हुन्छ किनकि उसले अरू धेरै यात्रिहरूको उद्धार गर्नुपर्ने हून्छ। यस्तो महान कार्यमा एकदशक भन्दा बढी आफ्नो महत्वपूर्ण एबम् उर्जाशील समय खर्चिईसक्नू भएकोछ उहाँले।
तर उहाँको परिचय भने यतिमा मात्र सिमित छैन। उहाँ पनि अरू जस्तै साधारण मानिस जसको जिबनले पुर्वबाल्यअवस्थाको पूरा अबधि पार् गर्न पनि भ्याएको थिएन। बिचमा हिँड्दै थियो। त्यै बखतमा यो रङ्गिन दूनिया अबलोकन गर्ने जिम्मेवारी बहन गरिरहेको आफ्नै शरिरको अङ्ग बाहिरि आँखाले धोका दिएर आफ्नो काम नै गर्न छोडिदियो। हिँडिरहेको यात्रिको पाइला टक्क रोकियो। लेखिरहेको हात कठ्याङ्रियो। स्वतन्त्र भॅएर बेग हानिरहेको चराको बेग्रोकियो। हात कठ्याङ्रिए पनि आफ्नो जिन्दगिको नक्सा र एऊटा लामो रेखा आफैले कोर्नुनै छ आखिर। आमाको पाठेघर देखि चिहान सम्मको यात्रा हो जिन्दगि। त्यहि यात्रा गर्ने क्रममा बिच बाटोमै यात्रि अल्मलिए पनि, हिँड्दाहिँड्दैको पाइला क्यहि समय रोकिए पनि चाहे जस्तोसुकै कस्ट सहन्गर्न किन न परोस अन्तत्वगत्व आफ्नो गन्तब्यस्थान सम्म पुग्नका लागि गोरेटो पत्तालगाएर त्यो लामो यात्रा आफैले गर्नुनै छ आखिर। चन्द्रमा छुने लक्क्ष लिएर बेग हानिरहेको चरा दूखको पहाडमा ठोकिएर समस्याको धारले ऊसको पखेटा काटिएपनि ऊसले आफ्नो लक्क्ष जसरि भॅएपनि आफैले पुरा गर्नुनै छ आखिर। सूख र दूख सङ्ग अटुट साइनो जोडिएको हुन्छ मानिसको, चाहे सुखान्त कथा लेखेर होस या दुखान्त कहानिका पङ्तिहरूलेनै किन नहोस जिन्दगिको त्यो खालिपाना भर्नूनै छ

आखिर।
प्रिय पाठक हरू तर मैले यसो भनिरहदा मेरो ऊधेस्य ऊहाँ लाइ यो दुनियाको बिचराको पात्र बनाऊनू होइन। सबै का सबै अङ्ग हरू सक्रिय कहाँ हुन्छन्र कसैको चिन्तन गर्ने कला हूँदैन भने एक्छेण अगाडिसम्म स्वस्थ मानिस को पल भरमै आँफ्नै सरिरको अङ्ग ह्रिदय ले घात गरिदिन्छ र ऊ यो धरति छोडिजानुपर्छ । अरूको त के कुरा भयो र आफ्नै शरिरका अङ्ग हरूले पनि कुनबेला धोका दिन्छन् थाहा हुँदैन । त्यसैले आफ्नो भित्रि आत्मा र आफ्नो क्षमता भन्दा बाहेक अरूको ढुक्कसङ्ग बिस्वास् गर्नुहुँदैन भन्ने कुराको यो ज्वलन्त उदाहरणहो। तरमानिस सफल हुनकालागि आफ्नो बलियो आत्मबल, सकारातमक सोच् को आवस्यक पर्दछ। इ सबै कुराले भरिपुर्ण व्यक्तित्व आँटिलो स्वभाव/ ऊच्च बिचारका धनि ऊहाँले यो घटनालाइ आफ्नो तागतका रूपमा लिएर बि. स. २०५८ को SLC को परिक्षामा नेपालभरी कै दृष्टिविहीन विद्यार्थीहरू मध्य बाट प्रथम स्थान हासिल गरेर शिक्षामा शारिरिक अङ्गको सिमितताले कुनै अबरोध खडा गर्न सक्दैन भनेर वहाँले प्रमाणित् गरेर देखाइदिसक्नु भएकोछ।
+2 देखि स्नातक हुँदै स्नातकोत्तरका परिक्षाहरूमा ऊच्च अङ्कका साथ ऊत्क्रिस्ट स्थान हासिल गर्नकालागि बाहिरि आँखा अबरोद बन्न सकेन। द्रिस्टिबिहिनताले बाहिरि भौतिक दुनिया हेर्ने सक्तिलाइ रोक्यो तर ऊहाँले आफ्नो लक्क्षमा पुग्नकालागि कोर्नुभॅएको रेखा र ऊहाले अङ्गाल्नुभॅएको सिद्दान्तलाइ छेक्न सकेन। समय र परिस्थितिले अन्धकारपुर्ण जिन्दगि ज्युन बाध्य गरायो। तर त्यो अन्दकारले जिन्दगिमा गर्नुपरेका सङ्घर्सहरूलाइ र त्यहि सङ्घर्सको फल स्वरुप उहाँले प्राप्त गर्नुभॅएको सफलतालाइ छेक्न सकेन। जिन्दगिमा देखिएका कठिनगिरीहरू आरोहण गर्नेक्रममा शारिरिक अङ्गको निस्क्रियता ऊहाँको हौसलार ऊत्साहको बाधक बन्न कहिल्यै खोजेन। हौसलाको तगारो बन्न खोज्योत केबल मानिस हरूको साँगुरो सोचाई।
इर्स्यालु साथि सङ्गि सङ्कुचित सोचाइ भएका मानिस हरूको समाज यो समयमा त भेटिन्छ भने त्यो समयमा त झन् नभेटिने कुरा नै भएन। हाम्रै क्षेत्रका केही विध्यार्थि हरूको लापरवाहि ले गर्दा लेखनसहयोगि राख्नुपर्ने हाम्रो बाध्यता माथि फूलबूटा गाँसि गाँसि कन कुरा काट्ने मौका पाउँछन् मानिस हरू। जसजसले यस्ता किसिमका मौका मानिस हरूलाइ दिईरहेका हुन्छन्। ऊनि हरूलाइ सायद बिस्वास् नलाग्ला उहाँको क्षमतामाथि किनकि आफू भलो त जगतै भलो जस्तो आफूछ मानिसले अरूलाइ पनि त त्यस्तै नै सोच्नेगर्छ। तर यो दूनियालाइ बिस्वास् लागोस् या नलागोस् अबल दर्जाका मानिस हरूको सुचि तयार गर्दा छुटाउनै नहुने नामहरू मध्य उहाँको नाम पनि एक हो। उहाँले आँफूलाइ अबल त्यतिबेला पनि सावित गर्नूभएको थियो , जतिबेला उहाँले शिक्षकसेवा आयोगले लिएको माध्यमिक तहको परिक्षामा खुल्ला कोटा बाट आफ्नो नाम सूरक्षित राख्न सफल हूनूभएको थियो।
उहाँलाइ यो संसार ले चिन्नु यसकारण पनि जरूरि छ की नेपालको सञ्चार् क्षेत्रमा कार्यरत् अपाङ्गता भएका व्यक्ति हरूको तथ्याङ्क केलाऊने हो भने उहाँ सञ्चार् क्षेत्रको जिउँदो

इतिहास् हो।रास्ट्रको चौथो अङ्ग पत्रकारिता जस्को माद्यम बाट मानिस हरूले सहि सुचना प्रबाह गरेर समाजमा सकारातमक सन्देस फैलाएर क्यहिहत् सम्म भॅएपनि समाज परिवर्तन् को थालनि गरेकाछन्। कतिलेत आँफ्नो जिबनको कुनै प्रवाह नगरिकन नेपाल आमाका रक्तपिपासु हरूको आक्रमण बाट घाइते भॅएका निर्दोस् जनताको ऊध्धार गरेर ऊनिहरूलाइ सचेत गराऊन सफल भॅएकाछन्। radio हिम्चुलि देखि radio बाराहि सम्मको यात्रामा ऊहाँ पनि यस्तै कार्यमा तल्लिन हुनुहुन्छ।
कुनै व्यक्ति मेधावि छभने ऊसका प्रतिभा हरुले कलिलै ऊमेरमा ऊसलाइ अबल सावित हुने मौका दिएकाहुन्छन्। महाकवि देवकोटाले दस बर्सको कलिलै उमेरमा[ म त अभागिनिपो भॅएँ] नामक कवितालेखेर आफुलाइ अबल सावित गरेकाथिए र ऊहाँले आफ्नो किसोर अवस्थाको त्यो उमेर बाट पत्रकारिता को सुरुवाद गर्नुभॅएको थियो जुन ऊमेर लाइ हाल नेपालको कानुनले नाबालकको ऊमेर भनेर परिभासित गरेकोछ। हुने बिरूवाको चिल्लो पात विद्यालय काल देखिनै उहाँमा समाज परिवर्तन को हुट्हूटि जागिरहेको थियो । परिवर्तन् अरूबाट भन्दापनि पहिले आफै बाट हुनुपर्छ भन्ने सोच् राख्नुभएको उहाँले सर्वप्रथम् समाजमा सकारात्मक सन्देश दिनू जरूरि ठानि दृष्टिचेतना नामक radio कार्यक्रम् सञ्चालन् गरेर बाहिय दृष्टिको भन्दा अन्तरद्रिस्टिको महत्व देखाइ मानिसको अन्तद्रिस्टिले काम गरेन भने मानिसमा चेतना भएनभने मानिस कहिल्यै असल मानव बन्न सक्दैन भन्ने सकारात्मक सन्देश यो समाजलाइ दिनूभएकोछ। र जागरण नामक कार्यक्रम् का माध्यमबाट अपाङ्गता भएका व्यक्ति र साँग व्यक्ति बिचको दूरिलाइ कम गराउन उहाँले गर्नूभएको प्रयत्न प्रसंसनीय छ।
दूइ दसक भन्दा बडि आफ्नो जिबन सञ्चार् क्षेत्रमा बिताइसक्नूभएको उहाँ नेपालकै प्रथम् दृष्टिविहीन radio jockey को रूपमा आफूलाइ ऊब्याउन सफल हुनुहून्छ। इतिहास्, ज्ञान मंच, समयसन्दर्भ जस्ता चेतनामुलक कार्यक्रम् प्रस्तोताको रूपमा आफूलाइ ऊभ्याउन सफल उहाँले सञ्चार् क्षेत्रको ढोका बि.सं. २०५८ स्रावण ४ गते पोखराको पहिलो सामुदायिक radio radio हिमचुलि ९२।२ मा दृष्टीचेतना नामक कार्यक्रम सञ्चालन गरेर खोलिदिएपछि उहाँकै पैतालाका डोब हरू पछ्याऊँदै अन्य धेरै अपाङ्गता भएका व्यक्तिहरूले आफूलाइ सञ्चारकर्मीका रूपमा उभ्याउन सफल भएका छन्।


राष्ट्रिय अपाङ्ग प्रतिभा पुरस्कार २०५८, हुर्जा मानव अधिकार पत्रकारिता पुरस्कार २०७६ जस्ता अनगिन्ती पुरस्कार हरु बाट सम्मानित भइसक्नुभएको उहाँले संघ संस्थाहरूमा नेतृत्वदायि भूमिका निभाईरहनु भएको छ। उहाँकै कार्यकालमा कास्कि नेत्रहिन सङ्घ्ले हाम्रो अभिन्न सारथि, सेतोछडि सङ्ग जोडिएको नेपालकै एक ऐतिहासिक कार्यक्रम् सेतोछडि हिँड्डुल प्रतियोगिता सम्पन्न गरेकोछ। लामो समय देखि पोखराको पृथ्विनारायण बहुमुखि क्याम्पसमा अध्यापन गर्दै आऊनुभॅएको उहाँ संस्क्रित मा।बि। पोख्रामा स्थाइ शिक्षक हुनुहुन्छ। यसको अलबा उहाँ कानुन ब्यवसाहि पनि हुनु हुन्छ।
र हाल उहाँ आफ्नो परिवार श्रिमति सोभा पौडेल साप्कोटा र २ सन्तान्

ऊत्सव साप्कोटा। र अबिनव साप्कोटाका साथमा पोखरामा बस्दै आऊनुभॅएकोछ।

स्वभाव को कुरा गर्नु पर्दा प्रत्येक मानिसका छुटा छुटै चारित्रिक विशेषता हरु हुन्छन्। उहाँमा यस्तो चारित्रिक विशेषता छ कि कुनै व्यक्ति हाम्रो बर्ग प्रति नकारात्मक छ भने उहाँलाइ भेटे पछि सकारात्मक हुन बाध्य हून्छ। एउटा बच्चा बिहान बेलूका आफ्नो आमा बाबु सङ्ग हुन्छ भने दिन भर् शिक्षक सङ्ग हुन्छ विद्यालयमा शिक्षकनै उसको गुरु हो , शिक्षक नै ऊसको बुवा हो , ऊसको आमाहो शिक्षक नै ऊसको अभिभावक हो । विध्यालय जाँदा विध्यार्थीलाई लागोस् म आफ्नै घरमा छु र आफ्नै अविभावक सँग छू। शिक्षक शिक्षण पेसामा लागि सके पछि आँफू विध्यार्थी हुँदा भोग्नु परेको समस्या न भुलिकन विद्यार्थि को समस्या पनि आफ्नै समस्या ठानोस् तब बिद्यार्थि र शिक्षकको सम्बन्ध सुमधुर हुन्छ। तर कतिपय स्थानमा त्यहाँको परिवेशले सम्बन्ध सुमधुर हुन दिँदैन त कतिपय अवस्था मा समय र परिस्थितिले नकारात्मक सोच्न बाध्य गराऊँछ। भने कतिपय अवस्था मा मानिसहरूको गलत मानशिकताले सम्बन्ध सुमधुर हुन दिँदैन। बिध्यालय देखि बिस्वबिध्यालय सम्मको अध्यन्को दौडानको समयमा म पनि यस्तै परिस्थितिको सिकार बन्नु पर्यो। तर PNC मा स्नातक अध्यन गर्ने क्रममा म श्रिकान्त sir को शिक्षण शैली सङ्ग परिचित हुन थालेँ उहाँलाइ राम्रो सङ्ग चिन्दै जान थालेँ। वास्तवमै PNC भाग्यमानि हो जसले आफुमात्र नभैकन अरूलाइ पनि सकारातमक बाटो तर्फ लैजान सक्ने उहाँजस्तो व्यक्तिलाइ आफ्नो शिक्षक को रूपमा पाएकोछ। संस्कृत मा.बि. भाग्यमानि हो जसले उहाँजस्तो दक्ष कर्तब्यपरायण र विध्यार्थीमैत्रि शिक्षकलाइ आफ्नो शिक्षकको रूपमा पाएकोछ।, कास्कि को त्यो पबित्र भूमिले पक्कैपनि गर्व महसूस गर्दैहोला जुन भुमिमा उहाँ जस्तो महान् सपूत को जन्म भॅएकोछ। नेपाल आमा पक्कै सन्तुष्ट छन् उहाँ जस्तो सूयोग्य सपुत लाइ यो धर्तीमा टेकाऊन पाऊदा। उहाँ हाम्रो प्रेरणाको स्रोत्, लाखौँ विध्यार्थीको भविश्य निर्माता, र हामीलाई स्नेह दिने, हामिले अन्जानमा गल्ति गरेका बेला खबरदारि दिने, हामि लाइ सचेत गराउने, हाम्रा अभिभावक, बाटोबिराएका हरूलाइ सहि बाटोमा ल्याऊन सक्ने सूमार्ग निर्देशक, सायद उहाँकै असल चरित्र र उहाँले दिनुभॅएको न्यानो स्नेह बाट प्रभावित भॅएर होला मेरो मनमा पनि सिक्षा र शिक्षण क्षेत्रमा क्यहि गर्नुपर्छ भन्ने एउटा छुट्टै उर्जा प्राप्त हुन थालेको छ। भगवान सङ्ग यहि प्रार्थना छ कि म पनि उहाँ जस्तै असल सबैले मन पराऊने र विद्यार्थीमैत्रि शिक्षिका बन्न सकूँ। मेरो मस्तिष्कमा स्वार्थि भावना कहिल्यै न आओस्। र प्रार्थना यो पनि छ कि उहाँ को योगदान चिन्ने शक्ति यो संसारलाई समय छदै प्राप्त होस्। विज्ञानले गरेको प्रमाणित आफ्नो ठाउँमा छ तर हामिले द्रिस्टिबिहिन कस्तो व्यक्ति लाइ मान्ने यो भने बिचार गर्नु जरुरि छ र मानिसले आँफूमा भॅएको सङ्कूचित सोच लाइ जरै देखि मेटाऊनू अत्यन्त जरूरिछ। त्यो मानिस द्रिस्टिबिहिन हून्छ जो अज्ञानि छ जो अबिवेकि छ। तर

जो चेतन्सिल छ जो आफैमा ज्ञान् बूद्धि र विवेकले भरिपूर्ण छ जसले शिक्षाको ऊज्यालो ज्योति छरेर अरूलाइ अन्धकारको सिकार बन्न बाट जोगाइरहेको हुन्छ। ऊ कसरि द्रिस्टिबिहिन हून्छ प्रिय पाठक हरू? हाम्रा श्रद्यय गुरू पनि यस्तै व्यक्ति अन्तर्गत् पर्नुहून्छ। र म आँफू उहाँ जस्तो महा मानवको विद्यार्थी भनेर चिनिन पाऊँदा गौरावान्विद छु। लाखौँ मानिसको मार्गनिर्देशक र प्रेरणाको स्रोत बन्न सफल यस्ता महाँपुरुसलाइ यो धरतिमा टेकाऊने उहाँको जन्मदातालाइ कोटिकोटिनमन्। बिधाता सङ्ग इक्षा म यो राख्दछुकि, जसरि म उहाँकि विद्यार्थि भनेर चिनिन पाऊँदा आफुले आफुलाइ गौरवसालि ठान्ने वातावरण उहाँले श्रिजना गर्नुभॅएको छ, त्यसैगरि उहाँले पनि मेरा गुरू भनेर चिनिन पाऊँदा आफुले आफुलाइ भाग्यसालि ठान्न सक्ने वातावरण श्रिजना गर्न म सकौँ। यौटा गुरुले चेलिमाथि राख्नुभॅएको अपेक्क्षालाइ पुरागर्दै जिन्दगिमा देखिएका काँडाहरू पन्छाइ गलत बाटो छोडेर सहि बाटोमा हिँड्ने, झूटलाइ छोडेर सत्यलाइ अङ्गाल्न सक्ने, र यो समाजमा सच्चा कर्म गरेर त्यो शिर उच्च राख्न सक्ने सक्ति मलाइ प्राप्त होस। जिन्दगिको दौडानमा चाहे म जहाँपुगेपनि प्रत्यक पलमा उहाँको सफलताको खबर सुन्न मपाऊँ। जिबनमा गर्नुपर्ने जतिपनि सङ्घर्स हरूछन्, जतिपनि परिक्षा र प्रतिस्प्रधा हरूछन ति सबैकुरामा उहाँको बिजयको खबर सुन्न मपाऊँ।
प्रक्रिति यसै खुसि हिमालमा, गुरास मुस्कुराइरहे
खूसिका फूलहरूले सधा, संसार सजाइरहे।
जिन्दगिमा प्रेरणालाइ अविस्वासले छोपेपनि, अविस्वास्को पहाड भित्र, उर्जा पाइरहे
प्रक्रिति यसै खुसि हिमालमा, गुरास मुस्कुराइरहे।
मेहेनत र सङ्घर्सको फल स्वरूप अनवरत्, सधा सधा त्यो जिबनमा, खुसि छाइरहे
प्रक्रिति यसै खुसि हिमालमा, गुरास मुस्कुराइरहे।
नया कामको थालनिमा जतिकठिन भॅएपनि, सफलताको ऊचाहिमा, त्यो पाऊ चढाइरहे
प्रक्रिति यसै खुसि हिमालमा, गुरास मुस्कुराइरहे।
प्रसम्सकको यो बिड पनि हुनेछ प्रसन्न अति, त्यो हातमा सधा बिजयको, झण्डा फहराइरहे
प्रक्रिति यसै खुसि हिमालमा, गुरास मुस्कुराइरहे।
योग्यता र क्षमताको आडलिएर दुनिया सामु, श्रि बित्रको श्री मार्फत्, नेपाल चिनाइरहे
प्रक्रिति यसै खुसि हिमालमा, गुरास मुस्कुराइरहे
खुसिका फूल हरूले सधा, संसार सजाइरहे।
कुनै व्यक्तिले नया कामको सुरुवाद गर्न लागेकोछ भने उसलाइ साथ हौसला दिनुकोसट्टा उल्टै उसको खुट्टा तान्ने मानिस धेरै भेटिन्छन् यहाँ। अगाडि किर्तिम अपनत्व देखाएर पछाडि छुरा हान्ने मानिसहरू धेरै भेटिन्छन् यहाँ। यस्तो दूनियामा रहेर काम गर्न सजिलो कहाँ हुन्छर
ऊहाँले पनि धेरै कार्यहरूको श्रीगणेस गर्नुभॅएकोछ। काम गर्दाको त्यो समयमा कतिको बिरोद सहनुपर्यो होला। कतिको दवाव र कति मानशिक यातना सहनुपर्यो होला। तरपनि उहाँले कहिल्यै आफ्नो पाइला पछाडि सार्नुभॅएन।
तर मैले यसो भनेर उहाँका समर्थक- सुभचिन्तकहरूलाइ निरास बनाऊन खोजेको भने कधावि होईन। मैलेत हौसलादिने एक भेटियोभने बिरोद गर्ने र खूट्टा तान्ने दस भेटिने

यो समाजको मात्र कुरा गरेकिहुँ। किनकी धेरै मानिसहरूमा अपाङ्गता भॅएका व्यक्तिहरूलाइ एउटा बोजको रूपमा हेर्ने प्रव्रितिको बिकास भॅएको हुन्छ। सहयोगि भावना भन्दा दयामूखि सोच बढि हुन्छ। यस्ता सोचाइ राख्ने मानिसहरूलाइ चुनौति दिएर यस्ता साँगुरा सोचहरूलाइ पाखालगाएरअपाङ्गता भएका व्यक्तिहरूकालागि संचार क्षेत्रको ढोका, अध्यापन्कालागि PNC लगायत अन्य विश्वविद्यालयको ढोका, खोल्नका लागि उहाँलाइ सहज त पक्कै भएन होला किनकि पहिलो चोटि ढोकाको ताल्चा खोल्न अलिक असहज नै हून्छ साँचोमा खिया लागेर बसेको हुन्छ, त्यो खिया हटाऊन एक्लै कति गारो भयो होला भनेर ढोकाबाट भित्र छिर्ने अरू मानिसले महसूस गर्न सकेमा मात्र उहाँहरू जस्ता योद्धा हरूको योगदानको सहि मूल्याङ्कन् गर्न सकिन्छ।
जून सुविधा हामिले यो समयमा भोगिरहेका छौ। पहिले पहिलेको तूलनामा अहिले धेरै थोरै जे भएपनि समाजमा जुन् सद्भाव पाएकाछौँ ।हामि जुन् आधुनिक समाजमा सम्मान पूर्वक बाँचिरहेका छौँ । यस्तो खालको वातावरण स्रिजना गर्नका लागि उहाँ जस्ता अग्रजहरूको अतुलनीय योगदान छ। त्यसैले आम् मानिस ले यस्ता योद्धा हरूको उचित मूल्याङ्कन गरि ऊनिहरूको योगदानको कदर गर्नू जरूरि छ।

यो लेख बिना सम्पादन लेखकले जे जस्तो पठाउनुभयो त्यस्तै राखिएको छ