बारामा बाल एकता बोर्डिङ स्कुलका प्रधानाध्यापकमाथि २ राउण्ड गोली प्रहार

-


     सुचनाको हक     
     कार्तिक १४ गते २०८० मा प्रकाशित


 बाराको कलैयामा एक प्रधानाध्यापकमाथि गोली प्रहार भएको छ । कलैया निवासी रुपेश स्वर्णकारमाथि २ राउण्ड गोली प्रहार भएको बारा प्रहरीले जनाएको छ ।

उनको बोर्डिङ नजिकै मदर्सा टोलमा स्वर्णकारमाथि गोली प्रहार भएको स्रोतको भनाइ छ । बारा प्रहरीका अनुसार स्वर्णकारको टाउको र छातीमा गोली प्रहार गरिएको छ ।

गोली लागेका उनलाई उपचारका लागि एलएस न्यूरो अस्पताल लगिएको प्रहरीले जनाएको छ । अस्पताल स्रोतका अनुसार स्वर्णकारको अवस्था चिन्ताजनक छ ।

अन्दाजी ३५ वर्षीय स्वर्णकार कलैया ६ का बासिन्दा हुन् । स्वर्णकारले कलैयामा बाल एकता बोर्डिङ सञ्चालन गरेका छन् ।

बाराको कलैयाकी सृष्टी महतो (नाम परिवर्तन) आफ्नै मामाका छोरा मनोज गुप्ता (भारतीय नागरिक) सँग गहिरो प्रेम सम्बन्धमा थिइन् । तर, सृष्टीले जब कलैयास्थित बालएकता माविमा लेखापालको जागिर पाइन्, त्यसपछि मनोजसँग टाढिइन् उनी ।

सोही विद्यालयका सञ्चालक तथा प्रिन्सिपल रूपेश सर्राफसँग सृष्टीको अफेयर सुरू भयो । सृष्टीले छाडेपछि मनोज रन्थनिएका थिए । उनी पटक-पटक सृष्टीको विद्यालयमा जाने गर्थे । प्रिन्सिपल सर्राफले उनलाई यसरी बारम्बार आफ्नो विद्यालयमा नआउन दबाब दिए । तर, मनोज आउन छाडेनन् ।

प्रहरीका अनुसार एकदिन उनले पुर्वप्रेमिका सृष्टीलाई विद्यालयमै कुटपिटमात्रै गरेनन्, प्रिन्सिपल सर्राफलाई आफ्नो प्रेमिका खोसेको भन्दै मार्ने धम्की दिए । लफडा भएपछि रूपेशले पनि सृष्टीलाई जागिरबाट निकालिदिए । त्यसपिछ सृष्टी रूपेशसँग आगो भएकी थिइन् ।

अपराधिक मनोवृत्तिका मनोजले यसअघि दुईपटक सर्राफको हत्या प्रयास गरेको प्रहरीले जनाएको छ । एकपटक साउन १३ गते र अर्कोपटक भदौ २८ गते उनलाई कलैया गोली हान्न खोजिएको थियो । त्यसबेला सर्राफ भागेर जोगिएका थिए । यसरी हत्या प्रयास हुँदा पनि सर्राफले प्रहरीमा उजुरबाजुर गरेनन् । विवाहित भएकाले उनी आफूहरुको प्रेम सम्वन्ध सार्वजनिक हुने त्रासमा थिए ।

अर्कोतिर सृष्टी पनि आफूमाथि भारतीय नागरिकले कुटपिट गर्दा प्रहरीमा गइनन् । उनलाई पनि विवाहित पुरुषसँग प्रेममा रहेको विषय बाहिर आउने डर थियो । सृष्टी र मनोज अविवाहित हुन् ।

अन्ततः भारतीय सुटर प्रयोग गरी सोमबार दिनदहाडै गोली हानेर हत्या गरिदिए । हत्यामा संलग्न भएको आरोपमा बारा प्रहरीले मनोजसहित ३ जना भारतीय, सृष्टी, र उनकी दिदीसहित ७ जनालाई पक्राउ गरेको छ । उनीहरूलाई पत्रकार सम्मेलन गरी सार्वजनिक गरिने एसपी सुरेश काफ्लेले जानकारी दिएका छन् ।