बिना ज्ञान समितिमा बस्दा अख्तियारको फन्दामा

- सोझा सिधा नागरिक उपभोक्ता समितिमा बसेर केहि नबुझ्दा कर्मचारिको कारण समस्यामा परेका छन्

-


     सुचनाको हक     
     वैशाख २ गते २०८१ मा प्रकाशित


आ.ब. २०७८/०७९ मा जिल्ला मुगु, सोरु गाउँपालिका वडा नं. ५ मा सिंचाई आयोजनामा निर्माण उपभोक्ता समितिका पदाधिकारीहरु समेतको मिलेमतोमा आयोजनाको रकम हिनामिना गरेको भन्ने उजुरी निवेदन सम्बन्धमा अनुसन्धान हुँदा खानेपानी सिंचाई तथा उर्जा विकास कार्यालयका कार्यालय प्रमुख राजिव रिमालले जिल्ला मुगु, सोरु गाउँपालिका वडा नं. ५ स्थित नेर सिंचाई आयोजनाको पाइपलाइनको कार्य 1700 मिटर हुनुपर्नेमा ८१२.५ मिटर मात्र भई ८८७.५ मिटर फिल्डमा कम भएको कामलाई पनि झुट्टा नापी किताब, पहिलो र दोस्रो बिल स्वीकृत गरी रु.५,६१,४८१।९५ बढी भुक्तानी गरी उपभोक्ता समितिलाई गैरकानूनी लाभ र सरकारलाई हानिनोक्सानी पुर्‍याएको देखिंदा निजलाई भ्रष्टाचार निवारण ऐन, 2059 को दफा ८ को उपदफा (१) को देहाय (ङ) बमोजिमको कसुरमा बिगो रु.५,६१,४८१।९५ (पाँच लाख एकसठ्ठी हजार चार सय एकासी रुपैंया पन्चानब्बे पैसा) कायम गरी सोही ऐनको दफा ८ को उपदफा (१) बमोजिम कैद र जरिवाना गरी बिगो असुलउपर हुन मागदाबी लिइएको छ।

सव-इन्जिनियर नर बहादुर लावडले फिल्डमा नभएको कामको पनि भएको भनी झुट्टा नापी किताब, पहिलो र दोस्रो बिल तयार गरी पेश गरी उपभोक्ता समितिलाई गैरकानूनी लाभ र नेपाल सरकारलाई रु.५,६१,४८१।९५ हानिनोक्सानी पुर्‍याएको देखिंदा निजलाई भ्रष्टाचार निवारण ऐन, 2059 को दफा ८ को उपदफा (१) को देहाय (ङ) बमोजिमको कसुरमा बिगो रु.५,६१,४८१।९५ (पाँच लाख एकसठ्ठी हजार चार सय एकासी रुपैंया पन्चानब्बे पैसा) कायम गरी ऐ. ऐनको दफा ८ को उपदफा (१) बमोजिम कैद र जरिवाना गरी बिगो असुलउपर हुन साथै फिल्डमा नभएको कार्यको समेत भएको भनी नभए/नगरेको कुरा देखाई गलत प्रतिवेदन दिएको देखिंदा निजउपर भ्रष्टाचार निवारण ऐन, 2059 को दफा 19(2) को कसुरमा सोही ऐनको  दफा १९(2) बमोजिम कैद र जरिवाना हुन मागदाबी लिइएको छ।

उपभोक्ता समितिका अध्यक्ष तेजबहादुर शाही, उपाध्यक्ष हिरा बहादुर शाही र सचिव तिर्थ बहादुर शाहीले सम्झौता बमोजिम लागत अनुमानभन्दा कम काम गरी फिल्डमा नभएको कामको पनि भएको भनी भुक्तानीको लागि झुट्टा बिल पेस गरी रु.५,६१,४८१।९५ बढी भुक्तानी लिई आफूलाई गैरकानूनी लाभ र नेपाल सरकारलाई हानिनोक्सानी पुर्‍याई भ्रष्टाचार निवारण ऐन, 2059 को दफा ८ को उपदफा (४) बमोजिम कसुर गरेकोले निजहरु तेजबहादुर शाही, तिर्थ बहादुर शाही र हिरा बहादुर शाहीलाई रु.५,६१,४८१।९५ (पाँच लाख एकसठ्ठी हजार चार सय एकासी रुपैंया पन्चानब्बे पैसा) बिगो कायम गरी सोही ऐनको दफा ८ को उपदफा (४) बमोजिम सजाय गरी बिगोसमेत असुलउपर हुन मागदाबी लिई विशेष अदालत, काठमाडौंमा आरोप-पत्र दायर भएको छ।