चितवनमा सूचनाको हकमा महिला सशक्तीकरण विषयक अन्तक्रिया कार्यक्रम सम्पन्न भएको छ । राष्ट्रिय सूचना आयोगको आयोजनामा आज (आईतबार) भरतपुर महानगरपालिकाको सभाहलमा अन्तक्रिया कार्यक्रम सम्पन्न भएको हो ।कार्यक्रममा राष्ट्रिय सूचना आयोगका उपसचिव सन्तोष कुमार दाहालले सूचनाको हक सम्बन्धि व्यवस्था, सार्वजनिक निकायको दायित्व, सूचना मागकर्ताको भुमिका, सूचना प्रवाह गर्न हुने र नहुने विषय, सूचनाका लागि तिर्नुपर्ने दस्तुर, सूचना प्राप्त गर्ने विधि, आयोगमा उजुरी, पुनरावेदन गर्नुपुर्व पालना गर्नुपर्ने विधि, आयोगमा पुनरावेदन दिने व्यवस्था, पुनरावेदनको कारबाही, सूचनाको अध्यावधि र स्वत सार्वजनिकिकरण ,व्यक्तिगत सूचना संरक्षण, सूचनाको दुरुपयोग गर्दा हुने सजाय, क्षतिपूर्तिबारे प्रस्तुत गरेका थिए । अन्तक्रिया कार्यक्रममा उपस्थितले सूचना प्राप्त गर्ने क्रममा परेका समस्याहरु र सूचना प्राप्त गर्ने सम्बन्धमा आफ्ना जिज्ञासा राखेका थिए ।
त्यस्तै कार्यक्रमका प्रमुख अतिथी एवम् भरतपुर महानगरपालिका उपप्रमुख चित्रसेन अधिकारिले प्रत्येक नागरिक सुचनाको हक पाउनबाट बन्चित हुन नहुने बताउँदै हामीले प्रत्येक नागरिकलाई पुग्ने गरी सुचना प्रवाह गर्नुपर्ने बताए ।
उनले नागरिकको सुचनाको हक र अधिकारका विषयमा भरतपुर महानगरको तर्फबाट आवश्यक परेका र माग गरेका सुचनाहरु प्रदान गर्दै आएको समेत बताए । कार्यक्रममा कार्यक्रमका सभापती एवम् राष्ट्रिय सुचना आयोगका सुचना आयुक्त कमला वलीले समाजमा अझै पनि कस्ता व्यक्तीले के – कती कस्तो सुचना पाउने हो, अथवा कस्तो सुचना दिने हो भन्ने बिषयमा लिने र दिने नै अनविज्ञ भईरहेको बताईन् । उनले हरेक नागरिकले सुचनाको हक प्राप्त गरी प्रयोग समेत गर्नुपर्ने बताउँदै प्रत्यक संघ, संस्था, कार्यालयमा एक एक जना सुचना अधिकारी तोकिएको बताईन् ।
कार्यक्रममा भरतपुर महानगरपालिकाका प्रमुख प्रसासकिय अधिकृत लक्ष्मीप्रसाद पौडेल, जिल्ला समन्व्य समिती चितवनका उपप्रमुख कल्पना काफ्ले सापकोटा, जिल्ला प्रशासन कार्यालय चितवनका प्रमुख प्रकाश पौडेल, आयोगका सदस्य, स्वास्थ्य संस्थाका प्रतिनिधि, जनप्रतिनिधी, महिला अधिकारकर्मी, संचारकर्मी लगाएतको उपस्थिती रहेको थियो ।