वैदेशिक रोजगार विभाग ताहाचलको सुचनामा कमिशनको गन्ध

-


     सुचनाको हक     
     पौष १९ गते २०८० मा प्रकाशित


बैदेशिक रोजगार बिभागले निकालेको पछिल्लो सूचनामा कमिशनको गन्ध आएको छ l

कुनै एक व्यक्ति वा फर्मलाई लक्षित गरि उ बाहेक अरुले मापदण्ड पुर्याउन नसक्ने गरि सूचना प्रकाशन गर्नु र त्यो कार्य बापत् लाखौ करोडौ घुस लिनु सामान्य मानिसले समेत बुझ्ने गरि देश चलायमान रहेको छ l हिजो राजालाई घोडा चाहिदा पुच्छरको लम्बाई रंग घोडाको कान सबै कुरा जुन घोडा धनि संग कमिशन मा कुरा मिल्छ त्यहि घोडा धनिको घोडा बाहेक अरु नहुने गरि मापदण्ड सहित सूचना निकाल्न्थियो रे आज बैदेशिक रोजगार विभागले निकालेको सूचना पनि कुन व्यापारीको लागि निकालेको हो भन्ने बुझ्न नसकिने खालको छ भ्रस्टlचारको कुनै प्रमाण हुदैन गलत् नियत भएका हरुले जसरि पनि कमाइरहेका हुन्छन अहिले विभागको सूचनाले पनि एक ब्यापारी र कर्मचारीको दुबैको आर्थिक पाटो मजबुत हुने आशंका अन्य व्यापारीले गरेका छन l

अभिमुखिकरण तालिम संचालन कार्यविधि २०७६मा मिति २०८०/०६/०७ मा भएको दोश्रो संशोधन दफा ५(३) को प्रायोजनार्थ विभागमा दर्ता भई संचालनमा रहेको अभिमुखिकरण तालिम प्रदायक संस्थालाई मिति २०८०/०९/१९ भित्र देहाय मापदण्ड पुरा गरी अध्यावधि विवरण पेश गर्न भनि वैदेशिक रोजगार विभाग ताहाचलले सुचना जारी गरी अभिमुखिकरण तालिम व्यवसायीलाई गरेको सुचनामा विभागसंग मिल्ने आईरिस रेटिना मिसिन र ८४” को एनरोइड १३ RAM 8 ROM HD 128 भएको स्मार्ट बोर्ड हुनेपर्ने भनिएको छ। ब्यबसायी प्रवेश उप्रेतीका अनुसार ८४” को एनरोइड १३ बोड आज सम्म नेपालमा यो देखिएको छैन तसर्थ एउटा कुनै कम्पनीबाट कमिशन लिने गरि यो सूचना आएको छ । आइरिस रेटिनाको सम्बन्धमा पनि वैदेशिक रोजगार विभागले रेटिना मिसिनको इस्पेसिफिकेसन पनि प्रकाशन गरेको छैन र आम व्यवसायी प्रतिस्पर्धात्मक तरिकाले सामान किन्न पाउनेहरुको हकको सुनिस्चितता नै गरेको छैन र यो मापदण्ड पुरा गर्ने समय नै पर्याप्त छैन भनि उप्रेती बताउनुहुन्छ । १५ दिनको समयमा के यी सबै कुरा सम्भव छ ? भनि हामिले उप्रेती संग प्रश्न गर्दा यदि सम्भव छ भने कालो बजारी मार्फतबाट मात्रै सम्भव छ भन्ने उहाको उत्तर आयो । यस्तो मन्दिको बेला देशमा आर्थिक संकट परेको बेला यो मापदण्ड तोक्नु आवश्यक कि बाध्यता प्रश्न यो पनि छ। यदि आवश्यकता हो भने तथ्य पुष्टि हुने कारण सहित आम व्यवसायीलाई सुचना जारी गर्नुपर्छ कि पर्दैन ? १५ दिनको समय तोक्न र त्यस भित्र मापदण्ड अनुसारको सामान उपलब्ध रहेको व्यहोरा सहित विभागमा पत्राचार नगरेको संस्था बन्द गरिदिने धम्किपुर्ण सुचना जारी गरिएको छ। यो कस्का लागि र किन यस्तो खालको सुचना जारी गरिएको हो भन्ने मा अहिले ब्यबसायी नै अचम्म परेका छन् नेपाल सरकारको नियमन गर्ने निकाय वैदेशिक रोजगार विभाग आम व्यवसायी र उपभोक्ताको हक हितका लागि चलेको हो कि केही बिचौलियाको भरन पोषणका लागि हो भन्ने प्रश्न आज चोक चोक मा गुन्जि रहेका छन् यदि मापदण्ड नै तोक्ने हो भने सुहाउदो मापदण्ड तोकौ न भन्छन ब्यबसायी । एनरोइड १३,७५” को तोकौ आइरिस रेटिना मेसिन इस्पेसिफिकेसन सार्वजनिक गरेर ९० दिनको समय राखि प्रतिस्पर्दाबाट किन्ने व्यवसायीको हक सुनिस्चित गरौ। हिजोको मापदण्डमा २ वटा २०० sq को कोठा छ। आजको मापदण्डमा सो कोठा पर्याप्त हुन्छ त? मापदण्ड तोक्दा गुणस्तरलाइ किन ध्यान दिइएन। यति हतारमा सुचना जारि गरी व्यवसायीलाई घाटी च्याप्न किन जरुरी पर्यो ? हाम्रो प्रश्नमा उल्टो प्रति प्रश्न गर्छन उप्रेती l वैदैशिक रोजगार विभागले व्यवसायीलाई सुरक्षित र मर्यादित बनाउने हो भने रित पुर्बक सुचना जारी गरि प्रविधिको सर्वाधिक छलफल गरी गुणस्तरलाई ध्यान दिदै सो उत्पादन बजारमा प्रतिस्प्रधात्मक रुपमा किन्न पाइने हकको सुनिस्चतता किन गरिएन आम व्यवसायीको प्रश्न छ l यो बिषयमा विभागका सूचना अधिकारि कविराज उप्रेतीलाइ उहाको मोबाइल नम्बर ९८५१११२३१५ मा सम्पर्क गर्न खोज्दा उहाको मोबाइल स्विच अफ रहेको थियो l

हेर्नुहोस कार्यविधि

अभिमुखीकरण-तालिम-संचालन-कार्यविधि-२०७६