सप्तकोशीमा सूचनाको हक सम्बन्धि अभिमुखीकरण कार्यक्रम सम्पन्न

-


     सुचनाको हक     
     असार १ गते २०८१ मा प्रकाशित


सप्तकोशी नगरपालिकाको आर्थिक सहयोगमा रास्ट्रीय सूचना आयोगको समन्वयमा सूचनाको हक मिडिया प्रा. लि. को सहजिकरणमा करिब १५० जनाको उपस्थितिमा सप्तकोशी नगरपालिकाको गोबर्धन जनता मा बि मा सूचनाको हक सम्बन्धि एक दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ l कार्यक्रमको अध्यक्षता सप्तकोशी नगरपालिकाका मेयर कृष्ण प्रसाद ढकालले गर्नुभएको थियो भने कार्यक्रम संचालन अभियन्ता दीपक आचार्यले गर्नुभएको थियो सप्तकोशी नगरपालिकाका वार्ड अध्यक्ष, कर्मचारी, बिद्यालयका सूचना अधिकारी, बैंक वित्तीय र सहकारीका कर्मचारी हरुलाई प्रशिक्षक दीपक आचार्यले सूचनाको हकको बारेमा प्रशिक्षण गराउनुभएको थियो l आयुक्त कमला ओलीले राष्ट्रिय अन्तराष्ट्रिय स्तरमा सूचनाको हकको अबस्था र नेपालको रेटिंग २४ औँ स्थानमा रहेको र कानुन निकै शक्तिशाली बनेको जानकारी दिनुभयो l

सूचना अधिअकारी शैलेश गुप्ताले पालिका भित्र सूचनाको हकको अबस्थाको बारेमा प्रकाश पार्दै मधेश प्रदेश भरि नै उत्कृस्ट पालिकाको रुपमा आफुहरुले कार्य गरिरहेको पनि अझै प्रयाप्त हुन् नसकेको कुरा व्यक्त गर्नुभयो

प्रमुख प्रशासकिय अधिकृत रामदेव चौधरीले देशभरका अभियन्ता हरुलाई सूचना उपलब्ध गराएको र नागरिक् को यो अधिकारलाई पालिकाले सधै सम्मान गर्ने मा दुइ मत नहुने जानकारी दिनुभयो

सूचनाको हकका लागि राष्ट्रिय महासंघ कोशी प्रदेश अध्यक्ष नज्वुल खानले शासनमा महिला आशनमा महिला र भाषणमा महिला अभियान पनि आफुहरुले संचालन गरेको जानकारी गराउदै सूचनाको हकमा कुनै मुल्य र मान्यतामा पनि सम्झौता गर्न नसकिने बताउनुभयो l

यस्तै मेयर कृष्ण प्रसाद ढकाल ले सूचनाको हक आबश्यक रहेको आबस्यकता अनुसार सूचना प्रकाशन पनि गरिरहेको अबस्थामा बुझ्दै नबुझी केहि पत्रकारहरुले नानाभाती लेखेको देख्दा नमजा लाग्ने बताउनुभयो आफुले नगरपालिकाको लागि जग्गा दान दिएको मा समेत नकारात्मक हल्ला चलेको सुन्दा त बेकार मेयर भइएछ जस्तो पनि लाग्ने कहिलेकाही भन्दै सकारात्मक हुन् अनुरोध गर्नुभयो पालिका भित्र कहिँ कतै केहि गलत भएको छ भने आफु सुधार्न हरदम तयार रहेको भन्दै त्यस्तो कुरा हरु आफुलाई थाहा दिन समेत अनुरोध गर्दै सूचना हकको बारेमा आज धेरै कुरा जान्ने अवसर प्राप्त भएको भन्दै आयुक्तलाई बिशेस धन्यबाद ब्यक्त गर्नुभयो l