समानीकरण अनुदानको लागि गाउँपालिका राष्ट्रिय महासंघको पहल

-


     सुचनाको हक     
     वैशाख ३ गते २०८१ मा प्रकाशित


संघीय सरकारले तेस्रो किस्ताको समानीकरण अनुदान कटौती गरेपछि गाउँपालिका राष्ट्रिय महासंघले विरोध सहित पहल गरिरहेको थियो ।

महासंघ प्रतिनिधिसँग सोमबार भएको भेटमा प्रधानमन्त्री प्रचण्डले स्थानीय तहलाई पठाउने समानीकरण अनुदान रकममा कटौती नगरिने बताएका हुन् । कटौती गरिएको तेस्रो किस्ताको रकम पठाउने उनले बताएका हुन् ।

महासंघले यो बिषयमा मुख्य सचिव, अर्थ सचिवसँगै भएको भेटमा समेत समानीकरण अनुदान कटौती गर्ने कार्यले परिणाम राम्रो नआउने भन्दै समानीकरण अनुदान नकटाउन र नघटाउन भनेको विषयमा प्रधानमन्त्री दाहाल गम्भीर रहेको बताएका थिए ।

‘महासंघले समानीकरण अनुदान कटौती गर्दा स्थानीय सरकारको काम प्रभावित भएको विषयमा ध्यानाकर्षण गराएको थियो । त्यसमा प्रधानमन्त्री प्रचण्डले कटौती नगर्ने बताउनुभएको छ,’ महासंघका पदाधिकारीले भने ।

कार्यविस्तृतीकरण परिमार्जन सिफारिस समितिले प्रतिवेदन हस्तान्तरण गरेको कार्यक्रममा महासंघकी अध्यक्ष लक्ष्मी देवी पाण्डेले प्रधानमन्त्री, मुख्य सचिव र अर्थ सचिव लगायतको उपस्थितिमा सरकारको जवाफ माग गरेकी थिइन् । अब महासंघ को पहलमा यो अनुदान स्थानीय तहमा जाने भएको