सिरहामा सूचनाको हक सम्बन्धी कार्यक्रम सप्पन्न

-


     सुचनाको हक     
     असार २ गते २०८१ मा प्रकाशित


सूचनाको हक सम्बन्धी एक दिने अभिमुखिकरण कार्यक्रम सिरहामा शुक्रवार सम्पन्न भएको छ । बास नेपाल सिरहाले सूचनाको हक प्रयोग गर्ने,बिधि,प्रक्रिया ,यसको आवस्यकता ,महत्व ,संबैधानिक र कानूनी ब्यवस्था बारे जानकारी गराउने उद्देश्यले आयोजना गरेको उक्त कार्यक्रममा पत्रकार,सूचनाका अभियन्ता र नागरिक गरी ४० जनाको सहभागिता रहेको थियो।

शिक्षा बिकास तथा समन्वय इकाई सिरहाका इकाई प्रमुख दिपकराज कलौनी प्रमुख अतिथि रहेको उक्त कार्यक्रमको सहजीकरण सूचनाको हकका अभियन्ता परशुराम साहले गरेका थिए ।

बास नेपाल सिरहाका अध्यक्ष रामचन्द्र साहको अध्यक्षतामा भएको कार्यक्रममा सूचनाको हक प्रचलनमा खेलेको  महत्वपूर्ण भुमिकाको मूल्याकंन गर्दै राष्ट्रिय सम्मान प्राप्त गरेका सूचनाको हकका अभियन्ता परशुराम साहलाई  शिक्षा बिकास तथा समन्वय इकाई सिरहाका इकाई प्रमुख दिपकराज कलौनीले  सम्मान -पत्र सहित गमछा ओढाएर सम्मान गरेका हुन । साह हालै राष्ट्रिय सूचना आयोगको सिफारिसमा राष्ट्रपतिबाट उत्कृष्ट सूचना अभियन्ता पुरस्कारवाट पुरस्कृत भएका छन । साहले थालेको अभियानका कारण प्रत्येक सार्वजनिक निकायले सूचना अधिकारी तोकी सूचना अधिकारीको फ्लेक्सबोर्ड सार्वजनिक गरेका छन भने सूचना मांग्ने र पाउने संस्कृतिको बिकास भएको  छ।

कार्यक्रममा सूचनाको हक प्रचलनमा महत्वपूर्ण भुमिका खेलेको भन्दै, बासले इकाई प्रमुख कलौनी मार्फत बासको पूर्व अध्यक्ष गोबिन्दबहादुर बिष्ट, दिपेन्द्र यादव, रोहन साहलाई समेत  सम्मान गरेको  थियो ।