सुचनाको हकका लागि जिल्ला सञ्जाल ले वडा वडामा सूचनाको हक सबन्धि तालिम गर्दै

-


     सुचनाको हक     
     भाद्र १६ गते २०८० मा प्रकाशित


सुचनाको हकका लागि जिल्ला सञ्जाल पोखरा महानगर सञ्जाल तथा पोखरा महानगर वडा नम्बर १९ वडा कार्यालयको समन्वयनमा सुचनाको हकका लागि सचेतना तथा प्रशिक्षण कार्यक्रम शुक्रबार सम्पन्न भएको छ।

आयोजित कार्यक्रममा प्रमुख अतिथि तथा वडा अध्यक्ष पुष्पेन्द्र पाण्डेले सुचनाको हकले आम नागरिकमा सचेत गराउने मात्रै हैन यसले भ्रष्टाचार हुन बाट पनि जोगाउने वताउदै, सुचनाको हक के हो यो हक प्रयोग गरेर कसरी शुशासन कायम गर्न सकिन्छ भन्ने कुराको बाटो खोल्न सकिने साथै आम नागरिक लाई मात्रै हैन सरकारि कार्यालयमा हुने कार्य समेत पुर्ण जिम्मेवारी साथ सम्पन्न हुन सक्छन् जसले गर्दा भ्रष्टाचार हुन पाउदैन ।

जसले गर्दा सार्वजनिक निकाय मात्रै हैन नागरिक सचेत र जिम्मेवार बन्नमा बल पुर्याउने वताउनु भयो । सुचना सञ्जाल कास्की उपाध्यक्ष तथा सुचना अभियन्नता साथै सचारकर्मि ट्राफिक भोलेन्टियर शिबराज बस्ताकोटि शिवदाइले सुचनाको हक बारे सचेतना गराउनु का साथै उपस्थित सबैमा सुचनाको हक बारे प्रकाश पार्नु भएको थियो । सुचना भनेको के हो। सुचना किन मागिन्छ ।सुचना माग गर्नुले के प्रभाव पर्न सक्छ । सुचनाको हक किन प्रयोग गरिन्छ। यस बाट कसरी भ्रष्टाचार अन्त्य गर्न सकिन्छ भन्ने बारे सबैमा जानकारी गराउनु भएको थियोे ।

सचेतना कार्यक्रममा वडाका सचिव तथा सुचना अधिकारी श्रीराम पौडेलले आफू यतिका बर्ष स्थानिय तहमा रहेर पनि यस्तो कार्यक्रममा पहिलो पटक सहभागिता जनाउन पाएकोमा खुसि व्यक्त गर्दै उपस्थित सबैमा आगामी दिन देखि आफुसग आएर वडामा भए गरेका सबैखाले विकासका काम र थप जानकारी लिनका लागि सुचना को हक प्रयोग गर्न आग्रह गर्नु भयो । शुशासन स्थापित गर्नका लागि वडालाइ पुर्ण पारदर्सिताका साथ कार्य सम्पादन लाई निरन्तरता दिनका लागि सुचना माग गर्न अनुरोध गर्दै सुचना माग गर्दा कसैलाई समस्या भएमा आफुले सहयोग गरेर सुचना उपलब्ध गराउने प्रतिवद्दता जनाउनु भयो ।

सुचना सञ्जाल महानगर सदस्य तथा कार्यक्रम सयोजक शिवप्रसाद गौतमले आफ्नो वडामा आफै संयोजक रहेर यस्तो कार्यक्रम को आयोजना गर्न पाएकोमा खु:सी व्यक्त गर्दै सुचनाको हक प्रयोग गर्न सबैमा अनुरोध गर्नु भएको थियोे । सचेतना कार्यक्रममा वडा अन्तर्गत रहेका विभिन्न आमा समूह टोल विकास सस्था तथा युवा क्लव अध्यक्ष प्रतिनिधि तथा पदाधिकारी साथै सदस्य हरुको उपस्थिति रहेको थियोे । सचेतना कार्यक्रममा सहभागिता जनाउन पाएकोमा सुचना को हक बारे जानकारी प्राप्त गर्न पाएकोमा सबैले खुसि व्यक्त गर्दै यस्ता कार्यक्रम लाई अझै निरन्तरता दिनु पर्ने वताएका थिए।

आयोजित कार्यक्रममा वडा सदस्य विकास कुमार आचार्य महिला वडा सदस्य कल्पना सुनार मानवधिका पत्रकार सघ हुर्जाका सविन जिसि सुचना सञ्जाल उपाध्यक्ष टीका शर्मा पुर्व प्रहरी इकाई उपाध्यक्ष कृष्ण प्रसाद पौडेल समेतको उपस्थिति रहेको सचेतना कार्यक्रम महानगर सञ्जाल का अध्यक्ष अनिल थापाको अध्यक्षतामा गरिएको कार्यक्रम सञ्जालका सचिव सागर कार्किले सचालन गर्नु भएको थियो । महानगर सुचना सञ्जालले आगामी दिनमा महनगरका सबै वडामा विस्तार गर्दै जाने जनाएको छ।

करिब ५ बर्ष अगाडी दीपक आचार्यको पहलमा गण्डकी प्रदेश का सबै जिल्लामा सूचना संजाल गठन भएको थियो पोखरा महानगरमा पहिलो अध्यक्ष कृष्ण क्षेत्री रहनुभएको थियो पोखराका ३३ वडामा कमिटि बनेपछि यसको पुनर्गठन गर्दा नेतृत्व बिकास गर्नुपर्ने धारणा सहित तत्कालिन वडा नम्बर ६ का अध्यक्ष अनिल थापालाई दीपक आचार्यको प्रमुख आतिथ्यतामा भएको कार्यक्रमले सर्बसहमतिले महानगर अध्यक्ष बनाएको थियो आर टि आइ कास्कीका अध्यक्ष शिबराज बस्ताकोटी जिल्ला उपाध्यक्ष रहने गरि संजाल गठन भएको थियो l सबै वडामा संजाल भएको यो समुहले अब सबै वडाका समिति पुनर्गठन गर्ने तालिम दिने र शसक्त नागरिक अभियान लाइ मजबुत बनाउने गरि कार्यक्रमको तयारि गरेको छ l

सूचना आयोगको किताब दिदै प्रशिक्षक शिब दाइ

प्रशिक्षक शिबराज बस्ताकोटी शिबदाई को नेतृत्वमा यो भन्दा अगाडी सूचना बुझाउ गाउँ शहर ब्युझाउँ भन्ने नारा सहित करिब १०० स्थानमा कार्यक्रम भएको थियो l सो कार्यक्रममा उपस्थित सबैलाई सहभागिताको प्रमाण पत्र दिइएको थियो सो निरन्तरता स्वरूप यो कार्यक्रममा पनि सहभागीलाई सहभागिताको प्रमाणपत्र उपलब्ध गराइएको थियो l आर टि आइ नेपाल को केन्द्रिय संयोजक दीपक आचार्य गण्डकी प्रदेश संयोजक राजेन्द्र शर्मा र कास्की संयोजक शिबराज बस्ताकोटी शिबदाइ हुनुहुन्थ्यो पछी संजाल निर्माण गर्ने क्रममा शिबदाई उपाध्यक्ष बसी नेपालमै सूचना अभियन्ताको रुपमा पुरस्कृत हुने पहिलो व्यक्ति यदुनाथ बन्जाराको अध्यक्षतामा कास्की जिल्ला समिति गठन भएको थियो l