सूचनाको हकको लागि राष्ट्रिय महासंघ कोशीमा खान

-


     सुचनाको हक     
     चैत्र २९ गते २०८० मा प्रकाशित


सूचनाको हक प्रचलनमा तारानाथ दाहालको बिशेष योगदान रहेको अबस्थामा २०७४ सालमा सूचना आयोगले गरेको भेला बाट उमिद बागचन्दको अध्यक्षतामा शुरु भएको सूचना अभियन्ताहरुको संजाल लामो समय लुज फोरमको रुपमा संचालित रहेको मा केहि बर्ष अगाडी उमिद बागचन्द अध्यक्ष, दीपक आचार्य उपाध्यक्ष, अजय शाह महासचिब र दुर्गा आचार्य कोषाध्यक्ष मा रही महासंघ गठन भएको थियो हालै महासंघको केन्द्रीय अध्यक्षमा उमिद बागचन्द निर्वाचित भएपछी प्रदेश र जिलाको अधिबेशन तिब्र रुपले अगाडी बढेको छ l

सुदुरपस्चिममा प्रदेश अधिबेशन सम्पन्न भएको केहि समयमा कोशी प्रदेशको अधिबेशन सम्पन्न भएको हो विराटनगरमा सम्पन्न महासंघको प्रथम महाधिवेशनबाट उदयपुर निवासी नजबुल खान ( निलम ) अध्यक्षमा चयन भएकी हुन् । नागरिकको सूचना पाउँने अधिकार स्थापनाका लागि उनी लामो समयदेखि अभियन्ताका रुपमा क्रियाशील छिन् । राजु श्रेष्ठ, कोशी प्रदेश भरिको सिनियर अभियन्ता मानिनुहुन्छ बिष्णु चौलागाईले शुरुशुरुमा सूचनाको हक कार्यान्वयनमा निकै मेहेनत गर्नुभएको थियो l

राजु श्रेष्ठ बिष्णु चौलागाई जस्ताको अथक परिश्रम ले आज कोशी प्रदेशमा सूचनाको हकको अबस्था राम्रो बन्दै गएको छ l हिजो तारनाथ दाहाल, शारदा भुषाल झा, टंक अर्यालको बिशेष योगदान रहेको यो अभियानको हाल महासंघ गठन भएको छ र उमिद बागचन्दले आज यसको नेतृत्व गर्नुभएको छ

महासंघको पहिलो प्रदेश अधिबेशनबाट उपाध्यक्षमा ओखलढुङ्गाका लीला बहादुर सुनुवार र झापा निवासी इश्वरा तिवारी चयन भएका छन् । इस्वरा तिवारी केहि वर्ष अगाडी राष्ट्रिय सूचना आयोगबाट उत्कृस्ट सूचना अभियन्ता को पुरष्कार बाट पुरष्कृत व्यक्ति पनि हुनुहुन्छ l हाल समितिमा रहेका मध्य उत्कृस्ट सूचना अभियन्ता बाट सम्मानित व्यक्ति तिवारी मात्र हुनुहुन्छ l सुनुवार नेपाल पत्रकार महासंघ कोशी प्रदेश कार्य समिति सदस्य तथा नेपाल समाचार पत्र ओखलढुंगा प्रतिनिधि हुन् भने तिवारी उत्कृस्ट सूचना अभियन्ता भनि आयोगले सम्मानित गरेको अधिकारकर्मी हुन् ।  यता महा सचिवमा झापाका सुरेन्द्र भण्डारी चयन भएका छन् ।

उनी नेपाल पत्रकार महासंघ कोशीका कार्य समिति सदस्य हुन् भने इकोनोमिक  मिडिया एसोसिएसन कोशीका महासचिव हुन् ।  त्यस्तै सचिवमा मोरङ निवासी पत्रकार सोनु कुमार दास र विनोद भण्डारी चयन भएका छन् । कोषाध्यक्षमा सुनसरी निवासी यमुना गुरागाई (योषा) चयन भएकी छिन् । योषा जागौ नेपाल कोशी प्रदेशको संयोजक रहेर लामो समय कार्य गर्नुभएकी एक अभियन्ता हुनुहुन्छ l

यता सदस्यहरूमा जमुना विष्ट ताप्लेजुङ,कृष्ण प्रसाद गौतम तेह्रथुम, रञ्जीता खड्का इलाम, धनचन्द्र दाहाल भोजपुर, प्रतिभा शाह उदयपुर, गार्डेन राई सोलुखाुम्बू, नारायण राई धनकुट्टा, मंगल वैध पाँचथर र सुजन बज्राचार्य संखुवासभा रहेका छन् ।  २१ सदस्यीय कार्यसमिति रहने व्यवस्था अनुरुप बाँकी सदस्यहरु कार्यसमितिको बैठकबाट पछि थप गर्ने निर्णय भएको छ ।

विराटनगरमा भएको महासंघको प्रथम अधिवेशनको उद्घाटन आन्तरिक तथा कानुन मन्त्री सम्शेर राईले गरेका थिए ।  कार्यक्रमको उद्घाटन गर्दै मन्त्री राईले कोशी प्रदेशलाई सूचना मैत्री प्रदेशको रूपमा विकास गरेर लाने बताएका छन् । उनले सूचनाको हक सम्बन्धी छुट्टै कानुनको व्यवस्था गर्दै आगामी वर्षबाट सूचनाको हक नागरिक स्तरमा पु¥याउन प्रदेश सरकारले जनस्तरमा कार्यक्रम सञ्चालनका लागि बजेटको व्यवस्थापन गर्ने बताएका थिए ।

कार्यक्रममा सहभागी कोशी प्रदेश सभाकी उपसभामुख सृजना दनुवारले सूचनाको हक नागरिकको नैर्सगीक अधिकार भएकाले आम नागरिकलाई सूचनाको पहुँचमा ल्याउन प्रदेश सरकार लागि पर्ने बताइन् । उनले प्रदेश स्तरीय सूचनाको हकका विषयमा कानुन बनाएर अघि बढ्ने प्रतिबद्धता जनाइन् ।

सूचनाको हकको लागि राष्ट्रिय महासंघका केन्द्रीय अध्यक्ष उमिद वागचन्दको अध्यक्षतामा भएको कार्यक्रममा राष्ट्रिय सूचना आयोगका आयुक्त महेन्द्रमान गुरुङले नेपालमा सूचनाको हकको अवस्थाका विषयमा प्रकाश पारेका थिए ।  कार्यक्रममा कोशी प्रदेशा महान्याधिवक्ता रुपेश कोइराला, आन्तरिक मामिला तथा कानुन मनलयका सचिव लक्ष्मी पौडेल, नेपाल पत्रकार महासंघ कोशी प्रदेशका कार्यवाहक अध्यक्ष लवदेव ढुङ्गाना लगायतले शुभकामना मन्तव्य राखेका थिए ।  महासंघका वरिष्ठ उपाध्यक्ष तारा बहादुर भण्डारीले औचित्यमाथि प्रकाश पारेको कार्यक्रमको सञ्चालन महासचिव अजय कुमार शाहले गरेका थिए ।

सोहि अबसरमा राष्ट्रिय सूचना आयोग र कोशी प्रदेश आन्तरिक मामिला तथा कानून मन्त्रालयको सहयोगमा सूचनाका हकका लागि राष्ट्रिय महासंघले आयोजना गरेको कोशी प्रदेश स्तरीय सूचनाको हक सम्वन्धी अन्तरक्रिया कार्यक्रम बिराटनगरमै रहेको थियो । प्रमुख अतिथि कोशी प्रदेश आन्तरिक मामिला तथा कानून मन्त्रालयका मा मन्त्री शमशेर राई, बिशेष अतिथिमा कोशी प्रदेश सभाका मा उपसभामुख सिर्जना दनुवार, प्रमुख सूचना आयुक्त महेन्द्र मान गुरूंग र मुख्य न्यायधिवक्ता रुपेश कोइराला रहेको कार्यक्रमको अध्यक्षता महासंघका अध्यक्ष उम्मिद बागचन्दले गर्नु भएको थियो । प्रमुख सूचना आयुक्त महेन्द्र मान गुरूंग र मुख्य न्यायधिवक्ता रुपेश कोइरालाले सूचनाको हकको कार्यान्वयन अवस्था बारेमा कार्यपत्र पेश गर्नु भएको र त्यस उपर छलफल र अन्तर्किया भएको थियो l