सेनाको दसौं करोडको जग्गामा बतासको रजाइँ : सेना अरबौंको जग्गा कब्जा ढाकछोप गर्दै !

-


     सुचनाको हक     
     फागुन १२ गते २०७९ मा प्रकाशित


पशुपतिनाथ मन्दिरको दर्शन गर्न आउने तीर्थयात्रीको सुविधाका लागि निर्माण गरिएको पशुपति धर्मशाला, टंगालस्थित लक्ष्मीनारायण मन्दिरको पाँच रोपनी जग्गा र नारायणहिटी दरबार संग्रहालयको जग्गा कौडीको मूल्यमा लिएर ब्यापार गर्दैआएको बतास समूहले पोखरा महानगरपालिकामा रहेको नेपाली सेनाको करोडौंको जग्गामा सिंत्तैमा रजाइँ गर्दैआएको फेला परेको छ । बतास समूहको स्वामित्वमा रहेको मणिपाल मेडिकल कलेजले कौडीको मूल्यमा नेपाली सेनाको नाममा रहेको पोखराको २ सय ४८ रोपनी जग्गामा रजाइँ गर्दैआएको तथ्य खुलेको छ ।

नाफा कमाउन ब्यापारिक उद्देश्यले खोलिएको मेडिकल कलेजले नेपाली सेनाको नाममा रहेको उक्त जग्गा कानून विपरीत सेटि¨ र मिलेमतोमा मणिपाल मेडिकलले प्रयोग गरेको तथ्य फेलापरेको छ । ५० बर्षसम्म लिजमा दिनै कानूनतः मिल्दैन । तर नेपाली सेनासँग मणिपालले ५० बर्षसम्म लिजमा लिएको दाबी गरेको छ । तर, उक्त जग्गाको भाडा कुन निकायम बुझाएको हो, त्यसको प्रमाण सेनाले समेत दिनसकेको छैन । भाडामा पनि करोडौं करोड भ्रष्टाचार भएको र हुने गरेको आशंका गरिएको छ ।

आनाको न्यूनतम २५ लाखकै हिसाबले पनि रोपनीको ४ करोड रुपैयाँ पर्न आउँछ । मणिपालले रु. ४० करोड बराबरको १० रोपनी नेपाली सेनाको जग्गा मिलेमतो र सेटिङ अतिक्रमण गरेको स्रोत बताउछ । २ सय ४८ रोपनी जग्गा ५० बर्षसम्मका लागि कौडीको मूल्यमा लिजमा लिएको बताइएको छ । तर त्यो जग्गाको भाडा बुझाएको पनि अभिलेख सेनाले उपलब्ध गराउन सकेको छैन ।

मणिपाल मेडिकल बलेजले २ सय ४८ रोपनी सेनाको जग्गा कौडीको मूल्यमा लिएको दाबी गरेको छ । तर त्यसबाहेक पनि मणिपालले थुप्रै जग्गा अतिक्रमण गरेको तथ्य खुलेको छ । मणिपाल कलेजको मूलगेटनिरको ५ रोपनी भन्दा बढी जग्गा मणिपालले अतिक्रमण गरेको छ । कलेजले थप ५ रोपनी जग्गासमेत अतिक्रमण गरी फोहोर प्रशोधन केन्द्र बनाएको छ ।

पोखराको प्राइम लोकेसनमा रहेको र मणिपालले अतिक्रमण गरेका जग्गाको मूल्य प्रतिआना न्यूनतम २५ लाख रुपैयाँ पर्छ । आनाको न्यूनतम २५ लाखकै हिसाबले पनि रोपनीको ४ करोड रुपैयाँ पर्न आउँछ । मणिपालले रु. ४० करोड बराबरको १० रोपनी नेपाली सेनाको जग्गा मिलेमतो र सेटिङ अतिक्रमण गरेको स्रोत बताउछ । २ सय ४८ रोपनी जग्गा ५० बर्षसम्मका लागि कौडीको मूल्यमा लिजमा लिएको बताइएको छ । तर त्यो जग्गाको भाडा बुझाएको पनि अभिलेख सेनाले उपलब्ध गराउन सकेको छैन ।

मणिपालद्वारा कानूनको अवज्ञा
भाडा तिरेको प्रमाण खै ?

साविक पोखरा नगरपालिका वडा नं. १, फूलबारी, नक्सा सिट नं. ०९३–०८४०–४ कि.नं. ५३८ क्षेत्रफल २४८ रोपनी रहेको पर्ति सरकारी जग्गा तत्कालीन समयमा नेपाली सेनाको भोगचलनमा रहेको थियो । नेपाली सेनाका लागि अति आवश्यक उक्त जग्गा सेनाले युद्ध अभ्यास गर्ने मैदानका रुपमा प्रयोग गर्दैआएको थियो ।

सो जग्गा मालपोत कार्यालय कास्कीको च.नं. २०४६÷१०÷२५ को पत्र बमोजिम नापी शाखा कास्कीले कित्ताकाट गरी कि.नं. ३३४६, ३३४७, ३३४८ र ३३४९ कायम गरेको देखिन्छ । जस मध्ये कि.नं. ३३४९ बाटो कायम गरेको र कि.नं.३३४६, ३३४७ र ३३४८ नेपाली सेनाको नाममा रहेको देखिन्छ । नेपाल सरकारको पर्ति जग्गा कित्ताकाट गरी बाटो कायम गर्ने अधिकार मालपोत कार्यालयलाई कानूनत छैन ।

नेपाली सेनाको नाममा रहेको उल्लेखित साविक नापीको कि.नं. ३३४६ को करिब २ सय रोपनी जग्गा मणिपाल मेडिकल कलेजसँग गैरकानूनी सम्झौता गरी लिजमा प्रयोग गर्न दिइएको देखिन्छ भने सेनाको नामको जग्गाको भाडा हाल मणिपाल मेडिकल कलेजले कहाँ कस्को खातामा जम्मा गर्छ ? कति रकम जम्मा गर्छ वा गर्दै गर्दैन अत्तोपत्तो छैन ।

सेनाले मणिपालले भाडा तिरेको रसिद, भौचर वा कुनै प्रमाण समेत देखाउन सकेको छैन । नेपाली सेनाका यसअघिका प्रवक्ता नारायण सिलवाल हुँदै पोखरामा सेनाका नाममा रहेका जग्गा एक मेडिकल कलेजले उपयोग गरेको रहेछ, लिज सम्झौता कहिले भएको हो, भाडा कति तिरिरहेको छ भन्ने जानकारी माग गर्दा ‘सूचनाको हक अन्तर्गत माग्नू भनियो ।’

सरकारी जग्गा दर्ता तथा लिजमा उपलब्ध गराउने कार्यनीति, २०७१ जारी भइसकेपछि सरकारी जग्गा वा सरकारी निकायको स्वामित्वमा रहेका जग्गामा यसअघि भएका भोगाधिकार तथा लिज खारेज भए ।

उल्लेखित सरकारी जग्गा, कि.नं. ३३४६ हाल पुनः नापीमा पोखरा उ.म.न.पा. वडा नं.११, नक्सा सिट नं. ०९३–०८४०–१४, कि.नं. ३, नक्सा सिट नं. ०९३–०८४०–१४, कि.नं.१,नक्सा सिट नं. ०९३–०८४०–१९, कि.नं. ३, ४ र ५, नक्सा सिट नं. ०९३–०८४०–२०, कि.नं.१,२,३,४, ५,७,८ र ९,नक्सा सिट नं. ०९३–०८४०–२४, कि.नं.४,नक्सा सिट नं. ०९३–०८४०–२५, कि.नं.१,२,३,४,५,९,२७,२८ र कि.नं. २९ मध्ये कायम भई मणिपाल मेडिकल कलेजको भोगमा रहेको देखिन्छ ।

उक्त कार्यनीति लागू भएको ६ महिनाभित्र सरकारी जग्गा दर्ता तथा लिजमा उपलब्ध गराउने कार्यनीति, २०७१ बमोजिम मालपोत कार्यालय, कास्कीसँग लिज सम्झौता गरिसक्नुपर्ने र लिज रकम मालपोत कार्यालयमा नियमित रुपमा बुझाउनुपर्ने ब्यवस्था गरिएको थियो ।

तर, मणिपालले प्रयोग गरेको उक्त सरकारी जग्गा दर्ता तथा लिजमा उपलब्ध गराउने कार्यनीति, २०७१ अनुसार लिज सम्झौता गरिएको छैन । र, लिज रकम समेत मणिपालले मालपोत कार्यालयमा नबुझाएको तथ्य साँघु साप्ताहिकलाई प्राप्त भएको छ ।

उक्त कार्यनीति अनुसार, सो जग्गाबाट मणिपाललाई सेनाले हटाउनुपर्ने ब्यवस्था गरेको छ । कार्यनीति लागू भएको ८ वर्षसम्म पनि यस सम्बन्धमा कुनै कारबाही नेपाली सेनाले किन चलाएन भन्ने प्रश्न खडा भएको छ । उक्त कार्यनीति संशोधन भएर हाल कार्यनीति, २०७९ लागू भइसकेको छ । यतिमात्र नभई नेपाली सेनाको नाममा रहेको उल्लेखित साविक नापीको कि.नं. ३३४८ सम्झौता भन्दा बाहिर रहेकोमा समेत मणिपाल मेडिकल कलेजले आफ्नै कम्पाउण्डभित्र पारी रजाइँ गरिरहेको छ ।

साथै नेपाली सेनाको नाममा रहेको उल्लेखित साविक नापीको कि.नं. ३३४७ मा समेत सम्झौतामा नरहेकोमा सोही मणिपाल मेडिकल कलेजले फोहर प्रशोधन प्लान्ट सञ्चालन गरी रजाइँ गरिरहेको छ । यसमा नेपाली सेना किन मूकदर्शक बनेर बसेको छ ? सेनाले आफ्नो जग्गा किन मेडिकल कलेजलाई रजाइँ गर्न दिइरहेको छ ? कि मिलेमतोमा भ्रष्टाचार भइरहेको छ ?

उल्लेखित सरकारी जग्गा, कि.नं. ३३४६ हाल पुनः नापीमा पोखरा उ.म.न.पा. वडा नं.११, नक्सा सिट नं. ०९३–०८४०–१४, कि.नं. ३, नक्सा सिट नं. ०९३–०८४०–१४, कि.नं.१,नक्सा सिट नं. ०९३–०८४०–१९, कि.नं. ३, ४ र ५, नक्सा सिट नं. ०९३–०८४०–२०, कि.नं.१,२,३,४, ५,७,८ र ९,नक्सा सिट नं. ०९३–०८४०–२४, कि.नं.४,नक्सा सिट नं. ०९३–०८४०–२५, कि.नं.१,२,३,४,५,९,२७,२८ र कि.नं. २९ मध्ये कायम भई मणिपाल मेडिकल कलेजको भोगमा रहेको देखिन्छ ।

लिज सम्झौताभन्दा बाहिर रहेको सो जग्गा नेपाली सेनाको नाममा रहेको साविक कि.नं. ३३४८ हाल नक्सा सिट नं. ०९३–०८४०–२५, कि.नं.२९ मध्ये कायम भइरहेको र सो जग्गा समेत मणिपाल मेडिकल कलेजको कम्पाउण्डभित्र हाली कलेजले रजाइँ गरिरहेको छ ।

साथै नेपाली सेनाको नाममा रहेको साविक कि.नं. ३३४७ हाल नक्सा सिट नं. ०९३–०८४०–२४, कि.नं.८,९ र ११, नक्सा सिट नं. ०९३–०८८०–०४, कि.नं.१,२ र ३ कायम भइरहेको र सो ५ रोपनी जग्गामा समेत सोही मणिपाल मेडिकल कलेजले फोहोर प्रशोधन प्लान्ट सञ्चालन गरी रजाइँ गरिरहेको छ ।

यसरी एकातर्फ गैरकानूनी सम्झौता गरी नेपाली सेनाको सरकारी जग्गामा भौतिक संरचना बनाई मेडिकल कलेज सञ्चालन भइरहेको छ भने अर्कोतर्फ सम्झौतामा नै उल्लेख नभएको नेपाली सेनाको नामको जग्गा समेत मणिपाल मेडिकल कलेजले अतिक्रमण गरी भौतिक संरचना निर्माण गरी करोडौं करोड आम्दानी गरिरहेको छ ।

यतिमात्र नभई गैरकानूनी कित्ताकाट गरेर बाटो कायम गरेर हड्पी रहेको छ । सेती नदीको डिलमा समेत मणिपाल मेडिकल कलेजले अतिक्रमण गरी टहरा बनाएको गुगल अर्थ इमेजमा स्पष्टसँग हेर्न सकिन्छ ।

सेनाको जवाफ अस्पष्ट
१० रोपनी जग्गा अतिक्रमणबारे मौन

नेपाली सेनाले भोग गर्दैआएको सरकारी जग्गा मणिपाल कलेजले प्रयोग गरिरहेकोबारेमा यसअघिका सैनिक प्रवक्ता नारायण सिलवालसँग जानकारी माग गर्दा उनले सूचनाको हक अन्तर्गत सबै विवरण खुलाएर निवेदन दिनू भने । सूचनाको हक अन्तर्गत (पत्रकार माधवप्रसाद पौडेल)ले २०७९ पुस ३ गते नै सेनाको भोगचलनमा रहेका ती जग्गाको कित्ता नम्बर र क्षेत्रफलसहित विवरण माग गरेका थिए । तर, सेनाले उक्त जग्गाको विवरण सूचनाको हक अन्तर्गतको विवरण समयसीमा १५ दिनभित्र उपलब्ध गराउन सकेन ।

२०७९ पुस १३ मा सेनाका प्रवक्ता सिलवाल नै सरुवा भए । उनको ठाउँमा सहायकरथी कृष्णप्रसाद भण्डारी नयाँ सैनिक प्रवक्ताका रुपमा आएपछि पनि उक्त जानकारीका लागि निरन्तर फलो गरिरहे । उनले पनि समय माग्दै २०७९ माघ ४ गते मात्र इमेलमा अपुरो र गोलमटोल जवाफ दिए । अर्थात् नेपाली सेनाको नामको जग्गा दुरुपयोग भएको, एक ब्यापारीले सित्तै कब्जा गरेको बिषयमा मागेको जानकारी लिन खोज, अनुसन्धानमा लागेका पत्रकारलाई १ महिना समय कुर्न‘प¥यो ।

सेनाले दिएको जानकारीमा मणिपालले जग्गा कसरी प्राप्त ग¥यो ? सेनाले सरकारी जग्गा दर्ता तथा लिजमा उपलब्ध गराउने कार्यनीति, २०७१ अनुसार लिज सम्झौता गर्नुपर्ने हो कि होइन ? सेनाले लिजमा दिएको हो भने मणिपालले भाडा बुझाएको प्रमाण के छ ? भन्ने जिज्ञासामा सेनाले दिएको जवाफ यस्तो छः

१) कास्की जिल्ला, पोखरा महानगरपालिका वडा नं. ११, फूलबारीस्थित नेपाली सेनाको नाममा रहेको कित्ता नं. ३३४६ को १९७७–३–१ रोपनी, कित्ता नं. ३३४८ को ५–७–२–२ रोपनी र कित्ता नं. ३३४७ अन्तर्गत ११–८–१–२ रोपनी क्षेत्रफलको जग्गामध्ये कित्ता नं. ३३४६ को १९७–७–३–१ रोपनी जग्गा श्री मणिपाल एजुकेशन एण्ड मेडिकल ग्रुप (नेपाल) प्रा. लि.ले ४९ (उनान्पचास) वर्षसम्मका लागि लिजमा लिई भोगचलन गर्दै आइरहेको छ ।

२) उक्त प्रा.लि. बाट सम्झौता बमोजिम सोही वखत छुट्याइएको जग्गामा छात्र–छात्रा होस्टल हाउजिङ ब्लक A,B,C,D,E /, बसपार्क, पेट्रोल पम्प, पानीट्यांकी, विद्युत घर, लेवर सेड, फुटबल ग्राउण्ड, बास्केटबल कोर्ट, पार्क, हेलिप्याड, गाडी र मोटरसाइकल पार्किङ, फोहोर प्रशोधन प्लाण्ट लगायतका मणिपाल एजुकेशन एण्ड मेडिकल ग्रुपलाई आवश्यक पर्ने भवन पार्क, खेल मैदान, सेड समेत निर्माण गरी २५ (पच्चिस) वर्षदेखि भोगचलन गर्दै आएको छ ।

उक्त जग्गामा बनेका भौतिक संरचनाहरु कुन कुन स्थानमा पर्दछन् भन्ने विषयमा हालसम्म प्राविधिक वा एकीन नापजाँच भएको नदेखिएकोले श्री नापी कार्यालय, कास्कीसँग समन्वय गर्दा नेपाली सेनाको नाममा रहेको कि.नं ३३४८ को ५–७–२–२ रोपनी जग्गामा मणिपाल अस्पतालको मुख्य प्रवेशद्वार हेलिप्याड र पार्किङ इलाका तथा कित्ता नं. ३३४७ को ११–८–१–२ रोपनी जग्गामा फोहोर प्रशोधन प्लाण्ट परेको हुनसक्ने देखिएको तर जग्गा नापजाँच पश्चात मात्र यथार्थ विवरण एकीन हुने ।

३) उल्लेखित ३३४७ र ३३४८ कित्ता जग्गामा कुन कुन भौतिक संरचनाहरु निर्माण भई प्रयोग भइरहेको छ भन्ने सम्बन्धमा एकीन विवरण नापी कार्यालय तथा मालपोत कार्यालयसँग समन्वय गरी नाँपजाच पश्चात मात्र प्राप्त हुने देखिएको हुँदा उक्त कार्यको लागि सम्बन्धित निकायहरुसँग आवश्यक समन्वय भइरहेको छ ।

मणिपालका संचालक बतास के भन्छन् ?

१० रोपनी जग्गा अतिक्रमण गरेको र २ स ४८ रोपनी जग्गा पनि कानूनविपरीत लिजमा लिएको, भाडा नतिरेकोबारेमा मणिपाल मेडिकल कलेजका संचालक आनन्द बतासको प्रतिक्रिया यस्तो छ–‘जग्गा अतिक्रमण गरेको र भाडा नतिरेको कुरा गलत छ, सायद अन्दाजी ६ रोपनीमा मणिपाल हस्पिटलको फोहोर प्रशोधन स्थान छ, जुन २५ वर्षदेखि सञ्चालनमा छ, सायद त्यतिको High standard waist management system पोखरामा कसैको छैन, मणिपालले नेपाल आर्मीलाई एकमुस्ट भाडा तिरेको छ । थप जानकारीको लागि मणिपाल कलेजका भाइस चेयरम्यान नारायण पौडेलसँग … नम्बरमा सम्पर्क गर्नुहोला ।’

बतासले दिएको नम्बरमा नारायण पौडेलसँग सम्पर्क गर्दा उनले भने–बतासजीले भनिसक्नुभएको छ । कुरा त्यही हो भन्दै थप कुरा बताउन चाहेनन् । बतास र पौडेल दुवैले ‘‘जग्गाको भाडा दिएको प्रमाण दिन सक्नुहुन्छ’’ भन्ने जिज्ञासामा ‘‘बुझाइसकेका छौं’’ मात्र भने, तर विश्वसनीय र तथ्यगत विवरण दिन इन्कार गर्दै पन्छिए । भाडाका बारेमा नेपाली सेना र मणिपाल एजुकेशन एण्ड मेडिकल ग्रुप (नेपाल) प्रा. लि.को तथ्य लुकाउने नियतको कारण त्यहाँ लामो समयदेखि करोडौं करोडको भ्रष्टाचार हुँदै आएको आशंकाको पुष्टि हुन्छ ।

राज्यको सम्पत्तिमा यति ठुलो लुटतन्त्र चलिरहँदा पनि नेपाली सेनाको नेतृत्व, गण्डकी प्रदेश सरकार, पोखरा महानगर, अख्तियार दुरुपयोग अनुसन्धान आयोगलगायतका सबै निकायहरु मणिपाल एजुकेशन एण्ड मेडिकल ग्रुप (नेपाल) प्रा.लि. लाई लुट्ने छुट दिएर रमिते बनेर बसिरहेका छन् ।

साँघु साप्ताहिकबाट