१२ बर्ष अगाडिको भ्रस्टाचार मा कास्कीका प्र. अ. लाइ चल्यो मुद्धा

-


     सुचनाको हक     
     चैत्र २८ गते २०८० मा प्रकाशित


अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कास्कीको सदाशिव प्राथमिक विद्यालयका तत्कालीन प्रधानाध्यापक कृष्णप्रसाद सुवेदीसहित दुईजनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। उनीहरूले तीन लाख ७७ हजार २३६ रुपैयाँ बराबरको सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको ठहर गर्दै अख्तियारले बुधबार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो।

विद्यालयका प्रधानाध्यापकले हिसाब किताब आम्दानी खर्च विवरणको हरहिसाब नबुझाएको भन्ने उजुरी परेपछि अख्तियारले अनुसन्धान सुरु गरेको थियो।

अनुसन्धान हुँदा २०६८ साउनदेखि २०६९ असार र २०६९ साउनदेखि २०७० असार महिनासम्मको अवधिमा विद्यालयको रकम लिने/खाने नियत राखी विद्यालयमा भएको भवन निर्माण समितिको निर्णयमा आफूखुसी थपघट समेत गरी सरकारलाई तीन लाख ७७ हजार २३६ रुपैयाँ हानिनोक्सानी गरेको पाइएको अख्तियारले जनाएको छ।

भ्रष्टाचार गरेको पाइएपछि अख्यिारले तत्कालीन प्रधानाध्यापक कृष्णप्रसाद सुवेदी र सोही विद्यालयका तत्कालीन लेखापरीक्षक कृष्णप्रसाद गौतमविरुद्ध मुद्दा दायर गरेको हो। दायर गरिएको मुद्दामा दुवै जनासँग तीन लाख ७७ हजार २३६ रुपैयाँ बिगो दाबी गरिएको छ।

कास्की जिल्ला साविक कास्कीकोट गा.वि.स वडा नं.१ स्थित श्री सदाशिव प्राथमिक विद्यालयका प्रधानाध्यापकले हिसाब किताब आम्दानी खर्च विवरणको हरहिसाब नबुझाएको, लेखापरीक्षण प्रतिवेदन यथार्थ नभएको, विद्यालय व्यवस्थापन समितिले लेखापरीक्षण प्रतिवेदनमा भएको शंकाको बारेमा निर्णय गरेकोमा उक्त प्रतिवेदनमा पनि स्क्यानिङ गरी शीर्षक मिलान गरेको भन्ने उजुरी निवेदन सम्बन्धमा अनुसन्धान हुँदा आ.ब. २०६८ साल श्रावणदेखि ०६९ आषाढ र आ.व. २०६९ साल श्रावणदेखि ०७० आषाढ महिनासम्मको आम्दानी खर्च विवरणमा आयतर्फका शीर्षकहरुमा जिल्ला शिक्षा कार्यालय कास्कीबाट निकासा भएको रकम आय शीर्षकमा नदेखाई नभए/नगरेको आम्दानीलाई लेखापरीक्षण प्रतिवेदनमा भए/गरेको देखाई नभए/नगरेको कामलाई खर्च पुष्ट्याई गर्ने बिल भरपाई समावेश नगरी लेखापरीक्षण प्रतिवेदनमा प्रविष्ट गरी, लेखापरीक्षण प्रतिवेदन विद्युतीय माध्यमबाट तयार गरी, विद्यालयको रकम लिने/खाने नियत राखी विद्यालयमा भएको भवन निर्माण समितिको निर्णयमा आफूखुसी थपघट समेत गरी, नेपाल सरकारलाई हानिनोक्सानी पुर्‍याउने वद्‌नियतले विद्यालयको रु.3,77,236।75  हानिनोक्सानी गरी भ्रष्टाचारजन्य कसुर गरेको पुष्टि हुन आएको हुँदा सो सम्बन्धमा देहायका व्यक्तिहरुउपर देहायबमोजिम हुन मागदाबी लिई आज विशेष अदालत, काठमाडौंमा आरोप-पत्र दायर गरिएको छ।

देहाय:

सि.नंनामथर, पद र कार्यालयबिगो रु.कसुर तथा सजायको मागदाबी
 श्री सदाशिव प्राथमिक विद्यालय, कास्कीकोट, कास्कीका तत्कालीन प्रधानाध्यापक कृष्ण प्रसाद सुवेदीरु.3,77,236।75भ्रष्टाचार निवारण ऐन, 2059 को दफा 17 बमोजिमको कसुर गरेकोले भ्रष्टाचार निवारण ऐन, 2059 को दफा 17 ले निर्दिष्ट गरे बमोजिम सोही ऐनको दफा 3 को उपदफा (1) र ऐ. दफा 3 को उपदफा (1) (घ) बमोजिमको कैद र जरिवाना गरी ऐ. ऐनको दफा 17 बमोजिम हानिनोक्सानी भएको बिगो असुल उपर हुन साथै गलत लिखतसमेत तयार गरेको हुँदा भ्रष्टाचार निवारण ऐन, 2059 को दफा 9 बमोजिमको कसुरमा सोही ऐनको दफा 9 मा उल्लेख भएबमोजिमको कैद र जरिवानासमेत हुन मागदाबी लिइएको छ।
 श्री सदाशिव प्राथमिक विद्यालय, कास्कीकोट, कास्कीका तत्कालीन लेखापरीक्षक कृष्ण प्रसाद गौतमभ्रष्टाचार निवारण ऐन, २०५९ को दफा 19 को उपदफा (1) बमोजिमको कसुर गरेको पुष्टि हुन आएकाले निजलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा 19 को उपदफा (1) बमोजिमको कैद र जरिवाना हुन मागदाबी लिइएको छ।