३७ जना सिडिईको सरूवा

-


     सुचनाको हक     
     चैत्र २१ गते २०७९ मा प्रकाशित


भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले ०७९ चैत १० गते ३७ जना सिनियर डिभिजन ईन्जिनियरहरूलाई सरुवा, पदस्थापन तथा काज सरुवा गरेको छ । मन्त्रालयले मन्त्रीस्तरीय निर्णयबाट उनीहरूको सरुवा गरेको हो । यस अघिका प्राविधिक कर्मचारीको सरुवा र पदस्थापना विवादरहित हुन नसकेको घुस असुली हुने गरेको भन्दै मन्त्रालयको नेतृत्वप्रति आलोचना हुँदै आएको थियो । तर, यसपटक भने यस्ता घुस असुलीका गुनासोहरू बाहिर आएका छैनन् ।

प्राविधिक कर्मचारीहरूको सरुवा र पदस्थापनामा ठुलै रकमको चलखेल हुने गरेका कारण सिङ्गो मन्त्रालय नै बद्नाम हँदै आएको छ । त्यसमा पनि विभागीय मन्त्री, सचिव र विभागका महानिर्देशकले आफ्नो स्वार्थ अनुकूलका कर्मचारीलाई बजेटका हिसावले आकर्षक निकाय र योजना कार्यालय, डिभिजन र निर्देशनालयहरूमा खटाउने गरेका थिए । जसका कारण ठुलै रकमको लेनदेन हुँदै आएको गुनासो रहने गर्दथ्यो । तर, २०७९ पुस यता यस्ता बेतिथिहरूमा केही मात्रामा भएपनि न्यूनीकरण भएको मन्त्रालय स्रोतले जानकारी दिएको छ ।

सिडिईहरू को कहाँ पुगे ?
सामाचार स्रोतका अनुसार, सिडिई दीप बाराहीलाई सडक विभागको पुल दरबन्दीबाट गुणस्तर तथा अनुसन्धान विकास केन्द्रमा सरुवा गरिएको छ । यस्तै, लामो सयमदेखि सुईको दरवन्दीमा रहेका रविन्द्रलाल दासलाई सडक विभाग पुलबाट डुम्रे वेसीशहर चामे सडक योजनाको योजना प्रमुखमा काज सरुवा गरिएको छ ।

त्यस्तै, बाबुराम सापकोटालाई सडक विभागबाट सडक विभाग पुलमा सरुवा गरिएको छ । सुजन अधिकारीलाई सडक विभाग पुल, एचएमआइएस आइसिटि शाखाबाट भेरी कोरिडोरको योजना प्रमुखमा सरुवा गरिएको छ ।

रामकुमार देवलाई सडक डिभिजन लहानबाट संघीय सुपरीवेक्षण तथा अनुगमन कार्यालयको सिडिईमा सरुवा गरिएको छ । यो कार्यालय हाल दमकमा सरेको छ । प्रकाश चन्द्र भण्डारीलाई सडक विभागको पुल रेल, मेट्रोरेल तथा मनोरेल विकास आयोजना झापा दमकबाट सडक विभागको सडक सुरक्षा शाखाको सिडिईमा सरुवा गरिएको मन्त्रालयस्रोतले जनाएको छ ।

त्यसैगरी, आशिष देव थापा मगरलाई सडक विभागको वैदेशिक महाशाखा सडक सुधार तथा विकास योजना कार्यालय दाङबाट सडक विभाग पुलको योजना प्रमुखको रूपमा नारायणघाट–बुटवल सडक योजना पूर्वी खण्ड काजमा सरुवा गरिएको छ । मन्त्रालयका सिडिई गुरूप्रसाद अधिकारीलाई सडक डिभिजन कार्यालय दाङको प्रमुखका सरुवा गरिएको छ ।

सिडिई खङ्गगलाल श्रेष्ठलाई सडक विभाग पुलबाट गुणस्तर अनुसन्धान तथा विकास केन्द्रबाट कमला–कञ्चनपुर सडक आयोजना (पूर्वी खण्ड) को योजना प्रमुखमा काज सरुवा गरिएको छ । राकेश महर्जनलाई सडक विभाग आयोजना निर्देशनालय (एडीबी) बाट सडक विभाग एचआइएमएसमा सरुवा गरिएको मन्त्रालयस्रोतले जानकारी दिएको छ ।

सिडिई संजय कुमार मिश्रलाई सडक डिभिजन जनकपुरबाट गुणस्तर अनुसन्धान विकास केन्द्रमा सरुवा गरिएको छ । प्रदीप राज शाक्यलाई सडक विभाग पुलबाट विवादित नारायणघाट–बुटवल सडक योजना (पश्चिम खण्ड) एडीबी आयोजना निर्देशनालयमा सरुवा गरिएको छ ।

डिभिजनबाट डिजिजन कार्यालयमा
सरुवा हुने भाग्यमानीहरू
अरुण कुमार लाल कर्णलाई सडक डिभिजन कार्यालय हर्कपुरबाट सडक डिभिजन कार्यालय जनकपुरको प्रमुखमा सरुवा गरिएको छ । रमेश चौधरीलाई सडक डिभिजन कार्यालय पाटन बैतडीबाट सडक डिभिजन लहान कार्यालको डिभिजन प्रमुखमा पदस्थापन गरिएको मन्त्रालयस्रोतले जानकारी दिएको छ । उनीहरू कमाई हुने डिभिजन कार्यालयबाट डिभिजनमै सरुवा हुने भाग्यमानी सिडिई हुन् ।

उता, सिडिई गागल बहादुर भण्डारी सडक विभाग पुल दरवन्दीमा रहेका थिए । उनलाई कञ्चनपुर–कमला सडक योजना (पश्चिम खण्ड) काँकडभिट्टा लौकही सडक योजना (पश्चिम खण्ड) र कञ्चनपुर–कमला सडक योजना (पूर्वी खण्ड) हेर्दै आएकोमा अहिले गुणस्तर तथा अनुसन्धान विकास केन्द्रको सिडिइमा सरुवा गरिएको छ ।

नरेन्द्र प्रसाद भट्टलाई सडक विभागको पुलबाट, पुल सुधार तथा मर्मत आयोजना पिसियूमा सरुवा गरिएको छ । राधिका प्रजापति श्रेष्ठलाई सडक विभाग पुल, सूर्यविनायक–धुलिखेल, धुलिखेल–सिन्धुली–बर्दिवास सडक आयोजनाबाट सडक विभाग विकास सहायता कार्यान्वयन महाशाखामा सरुवा गरिएको मन्त्रालयस्रोतले बताएको छ ।

माधव प्रसाद अधिकारीलाई सडक विभाग पुल, नागढुंगा सुरुङमार्ग निर्माण आयोजनाबाट मदन भण्डारी राजमार्ग योजना कार्यालय गुल्मीको योजना प्रमुखमा काज सरुवा गरिएको छ । मुकुन्द प्रसाद लामिछानेलाई सडक विभाग पुलबाट सडक डिभिजन बैतडीको डिभिजन प्रमुखमा सरुवा गरिएको छ । ध्रुव कुमार झालाई सडक विभाग पुल आयोजना निर्देशनालय (एडीबी) बाट हुलाकी राजमार्ग योजना कार्यालय विरगञ्जमा काज सरुवा गरिएको छ । शशांक मिश्रलाई सडक विभाग पुल, मदन भण्डारी राजमार्ग योजना कार्यालय तम्घासबाट नारायणघाट–बुटवल सडक आयोजना (पश्चिम खण्ड) मा काज सरुवा गरिएको छ ।

नौ जना सिडिईको पदस्थापना
मन्त्रालय स्रोतका अनुसार, नारायणदत्त भण्डारीलाई पुष्पलाल–मध्य पहाडी) राजमार्ग योजना कार्यालय पर्वतबाट सडक विभाग पुल, योजना कमला–कञ्चनपुर सडक आयोजना (पश्चिम खण्ड) को योजना प्रमुखमा पदस्थापन गरिएको छ । बलिराज मल्ललाई सडक डिभिजन बाग्लुङबाट सडक विभाग पुल योजना प्रमुख धनगढी पदस्थापन गरिएको छ ।

उनी फागुनमा मात्र बढुवामा परेका हुन् । राजिव श्रेष्ठ सडक डिभिजन, जुम्ला–नाग्म नाक्चालाग्ना सडक योजना कर्णाली कोरिडोर दक्षिण खण्ड (खुलालु सल्लीसल्ला सडक योजना) बाट सडक डिभिजन प्युठानको डिभिजन प्रमुखमा पदस्थापन गरिएका छन ।

प्रकृति पोखरेललाई सडक विभाग वैदेशिक महाशाखाबाट सडक विभाग पुल महाशाखामा पदस्थापन गरिएको छ । अनुक्षा घिमिरेलाई (पुष्पलाल मध्यपहाडी) राजमार्गको आयोजना निर्देशनालयबाट सडक डिभिजन बाग्लुङको डिभिजन प्रमुखमा पदस्थापन गरिएको मन्त्रालयस्रोतले बताएको छ ।

दिपेश रजकलाई भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गतबाट सडक विभाग पुल, योजना प्रमुख, सडक सुधार तथा विकास योजना कार्यालय पाँचथरमा पदस्थापन गरिएको छ । नारायण प्रसाद लामिछानेलाई भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गतबाट सूर्यविनायक–धुलिखेल, धुलिखेल–सिन्धुली–बर्दिवास सडक आयोजनाको सिडिइमा पदस्थापन गरिएको बताइएको छ ।

संजय पन्थीलाई भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गतबाट रेल, मेट्रेरेल, मनोरेल विकास आयोजना रेल योजना कार्यालय दमकसमेत हेर्नेगरी पदस्थापन गरिएको छ । विनोद साहलाई भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गतबाट सडक सुधार तथा विकास योजना कार्यालय बाराको सिडिईमा पदस्थापन गरेको मन्त्रालयस्रोत बताउँछ ।

रत्न लक्ष्मी बज्राचार्यलाई भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गतबाट पुष्पलाल (मध्यपहाडी) राजमार्ग आयोजना निर्देशनालयमा पदस्थापन गरिएको छ । गोविन्द दुमरुलाई भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गतबाट नागढुंगा सुरुङमार्ग निर्माण आयोजना प्रमुखमा पदस्थापन गरिएको छ । कल्पना अधिकारीलाई भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गतबाट पुष्पलाल (मध्यपहाडी) राजमार्ग योजना कार्यालय पर्वतमा पदस्थापन गरिएको मन्त्रालयले जनाएको छ ।

सिंहबहादुर विष्टलाई भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गतबाट सडक डिभिजन हर्कपुरको डिभिजन प्रमुखमा पदस्थापन गरिएको छ । दीपेन्द्र बहादुर विष्टलाई भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गतबाट सडक डिभिजन जुम्लाको सडक डिभिजन प्रमुखमा पदस्थापन गरिएको मन्त्रालयस्रोतले साँघु प्रतिनिधिलाई जानकारी दिएको छ ।