भ्रस्टाचार आरोपमा भारतका पूर्वअर्थमन्त्री पी चिदम्बरम पक्राउ परेका थिए । उनलाई भारतीय प्रहरीले दिल्लीस्थित घरबाटै पक्राउ गरेको थियो ।
दिल्लीस्थित उच्च अदालतले चिदम्बरमको जमानतको प्रस्ताव अस्वीकार गरेको एक दिन पछि उनलाई पक्राउ गरिएको हो । उनका छोरासमेत मुछिएको उक्त अभियोग ‘भारतीय जनता पार्टीको राजनीतिक मनसायबाट प्रेरित रहेको’ उनका वकिलले अदालतमा बताएका थिए ।
दुईपटक भारतको अर्थमन्त्री भइसकेका उनी विपक्षी कंग्रेस पार्टीका वरिष्ठ नेता हुन् । सन् १९८४ यता भारतीय सांसदका रूपमा रहेका उनी गृहमन्त्रीसमेत भएका थिए ।
एक मलेसियाली कम्पनीले गरेको दूरसञ्चार संस्था एयरसेलको गैरकानुनी अधिग्रहणमा उनी संलग्न रहेको आरोप लगाइएको छ । उनीमाथि सन् २००७ मा अर्थमन्त्री हुँदा घुस खाएर विदेशी लगानीलाई बाटो खोलिदिएको आरोप उनीलाई लागेको थियो ।
नेपालमा बाबुराम भट्टराइ ले ठुलो भ्रस्टाचार लाइ संसद बाट पास गराइदिए जसको कारण अख्तियार ले समेत छानबिन गर्न पाएन । नेपालका थुप्रै नेता हरु संग अकुत सम्पति रहेको छ तर नेता हरु लाइ पक्राउ गर्न पर्ने प्रहरी उनीहरुलाई सलाम गर्दै उनीहरुको गेट खोल्न मा व्यस्त छ ।
प्रहरी को जागिर खाएका हुन् वा गुलाम को ? गेटपाले हुन् वा प्रहरी ? कुक हुन् वा सुरक्षाकर्मी आज प्रस्न उठेको छ । प्रहरी लाइ प्रहरी कै स्थानमा राखियोस् गेट खोल्न, जुत्ता पालिस गर्न, भात पकाउन, भाडा माझ्न, उनीहरुको पर्सनल असिस्टेन्ट जस्तै अन्य लाइ फोन गर्न र गाडी को ढोका खोल्न प्रहरी लाइ नलगाइयोस । जसको कारण प्रहरी को मनोबल गिरोस कठालो समात्ने बर्दिलाई गेटपाले बनाएर गेट खोल्न नलगाइयोस । म धेरै स्थान मा जाँदा प्रहरीकै ड्रेस लगाएका मानिसले गेट खोलेको देखेकी छु साच्चिकै ति प्रहरी हुन् वा प्रहरी को ड्रेस मा गेटपाले ?